सामुदायिक बिद्यालयलाई हेर्ने दृष्टिकोण नै बदल्नु आवश्यक छ : प्रधानाध्यापक कोइराला

वि स २०१७ सालमा भोजपुरमा जन्मनु भएकी मिना कुमारी कोइराला श्री पद्मोदय  माद्यामिक बिद्यालय काठमाडौको प्रधानाध्यापक हुनुहुन्छ । सरकारी मातहतका बिद्यालयहरुको गुणस्तर निरन्तर खस्किरहेको अवस्थामा पद्मोदयले गरेका प्रयास र समग्र देशको शैक्षिक अवस्थाको पेरिफेरिमा रहेर उनै कोइराला सँग ग्लोबल खबरले गरेको कुराकानीको सम्पादित अंश :

पद्मोदय मा वि बारे संक्षिप्तमा बताइदिनोस न ?
श्री पद्मोदय माद्यामिक बिद्यालय एउटा इतिहास बोकेको बिद्यालय हो राणाकालीन अवस्थामा पदम शमशेरको पालामा ईश्वर राज अर्यालको अगुवाइमा स्थापना भएको बिद्यालय हो ।
अहिले सम्म के कस्ता अनुभव सँगाल्नु भएको छ ?
प्रअको पद चुनौतीपुर्ण नै हुन्छ । आफ्नो मन परेको पेसा र दायित्व बुझिसकेपछी चुनौतीलाई पार गर्न त्यति धेरै कठिनाइ हुदैन रिजल्ट सुधार र गुणस्तरका लागी टिममा एकजुट भएर काम गरिरहेका छौँ । अहिले पनि त्यही आशा गरेका छौँ ।
सरकारी स्कुलको नतिजा , गुणस्तर खस्कनुका कारण के के होलान ?
गुणस्तर खस्किनुको प्रमुख कारण सरकारी पक्षकै कमजोरी हो । राजनीतिक हस्तक्षेप सरकारी बिद्यालयहरुमा बढी भयो । अर्को कुरा अभिभावक हरुको सामुुदायिक बिद्यालयप्रतिको दृष्टिकोण पनि गलत छ अहिले सरकारी बिद्यालयमा निशुल्क शिक्षा छ । हामिमा एउटा गलत मान्यता के छ भने महंगो भयो भने चाहिँ गुणस्तर हुन्छ र निशुल्क भन्नासाथ गुणस्तर हुँदैन भन्ने हाम्रो सोचाइ छ यो गलत हो । कतिपय सरकारी बिद्यालयहरुमा पनि निजि बिद्यालयहरुमा भन्दा राम्रो गुणस्तर र नतिजा छ तैपनि हामी बिश्वास गर्दैनौ । अलिकति शिक्षित अभिभावकले सरकारी बिद्यालयमा आफ्नो बच्चा भर्ना नै गर्दैन सामुदायिक बिद्यालयमा पढ्ने विद्यार्थीका अभिभावकमा  अलि चेतनाको अभाव , गरिबीपन छ । बिद्यालयको गेट भित्र पुर्याइदिएपछि सम्पुर्णता हुन्छ भन्ने बुझाइका कारण पनि  जति गुणस्तरमा फड्को मार्न पर्ने हो त्यसमा असम्भव भएको महशुस हुन्छ । सरकारी बिद्यालको गुणस्तर कसरी वृद्धि गर्ने , शिक्षक , विद्यार्थी र अभिभावकमा कसरी उत्प्रेरणा जगाउने भन्ने तर्फ सबै पक्ष लाग्नु पर्दछ ।
महिला प्रअ हुँदै गर्दा के कस्ता समस्या र चुनौती  भोग्नुभयो?
महिला प्र अ भएको दृस्ठिकोणबाट त्यस्तो चुनौतीको अनुभव त गरेको छैन । केही अर्थमा कार्यलय समस्या हेर्दा पुरुषको तुलनामा महिलाले भिन्न किसिमको अनुभव बेला बेलामा गर्ने गरिन्छ । किनभने हामीमा आफ्नो समस्यालाई सिधा रुपमा राख्ने प्रवृत्ति पनि हुन्छ । त्यो प्रवृत्तिमा कहिले काहीं ठेस लागेको अनुभव हुन्छ । तर त्यति धेरै प्र अ कै नाताले भिन्न अनुभव भोग्नुपरेको अहिलेसम्म छैन।
देशको समग्र छात्रा, महिलाको शैक्षिक अवस्था कस्तो देख्नुहुन्छ ?
पहिलेको तुलनामा त धेरै सुधार भएको छ तर जति हुनुपर्ने हो त्यति चाहिँ भएको छैन । अझै पनि हाम्रो समाजमा पृतिसत्तात्मक सोच नै हावी छ । छोरीलाई किन पढाउने भन्ने किसिमको सोचाइको वातावरण छ । अभिभावकहरु छोरी ले रोजेको विषय लाई सजिलै स्वीकार गर्नुहुन्न । जति परिवर्तन हुनुपर्ने त्यति भएको छैन । एउटा नारीलाई शिक्षा दिनुभनेको घर , परिवार र समाज नै शिक्षित हुनु हो भन्ने चेतना जगाउन जरुर छ । कतिपय महिला नेतृत्वमा जान पनि नचाहने । डोमिनेट कल्चरमा सानै देखि हुर्कियको भएर हुनसक्छ । बाहिर निस्कन डराउनु हुन्छ , पारिवारिक वातावरणले पनि असर पारेको हुन्छ । त्यस्ता असर समस्यालाई महिलाहरुले तोड्दै , भिड्दै अगाडि बढनुपर्छ ।
अहिलेको शिक्षा प्रणाली बाट उत्पादित जनशक्ति समय अनुकुल बजारमा बिक्न सकेन भन्ने गरिन्छ , के भन्नुहुन्छ ?
नेपाल सरकारले अहिले ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशीत गर्न थालेको छ । रिजल्ट प्रणालीले विद्यार्थीको मानसिकतामा प्रभाव परेको हो कि भन्ने मलाई लाग्छ । प्राबिधिक र ब्यबहारिक शिक्षालाई जोड दिने भनेर पाठ्यक्रम परिवर्तन ल्याउछौँ , हुनुपर्छ भन्ने मान्यता छ । त्यो मान्यता अनुसार पाठ्यपुस्तक , पाठ्यक्रम , बिद्यालयको भौतिक संरचना , शिक्षकको मानसिकता नहुनुले पनि परिवर्तन हुन सकेको छैन। जस्तो किसिमको भौगोलिक स्थिती , हावापानी ,आदिलाई मध्यनजर गर्दै पाठ्यक्रम लैजान सकेको खण्डमा सिपमुलक विद्यार्थी उत्पादन हुनसक्छन । अर्को कुरा भनेको फेरि हाम्रो सोचले पनि समस्या ल्याएको छ हामी आफुले गर्नसक्ने काम नै पनि आफ्नो देशमा गर्न अप्ठ्यारो मान्छौ विदेश गएर जस्तो काम पनि गर्छौ अरुको देशमा गएर गर्ने काम आफ्नो देशमा गर्न हामीलाई लाज हुन्छ ।
पद्मोदय मा बि को आगामी योजना के के छ्न ?
पहिलो कुरा त शैक्षिक गुणस्तर सुधार गर्ने नै हो । त्यसको लागि अतिरिक्त कक्षा संचालन गर्ने, प्रोजेक्टर मार्फत पनि शिक्षण गर्ने, नेट इन्टरनेटबाट विद्यार्थीहरुलाइ विश्व परिवेश सँग घुलमिल गराउने लगायतका क्रियाकलाप गर्ने योजना सहित अघि बढिरहेका छौ । अब २०७६ मा आमूल परिवर्तनको लक्ष्य सहित जाने ब्यबस्थित , गुणस्तरयुक्त बिद्यालय बनाउने लक्ष्य छ । इ-लाइब्रेरी स्थापना गर्ने । सामुदायिक बिद्यालय खत्तम छ भन्ने कुरा टोड्दै , सबैको रोजाइको स्कुल बनाउने लक्ष्य छ।
अन्त्यमा ………
सामुदायिक बिद्यालय भन्नासाथ सबैमा गुणस्तर छैन भन्ने हुँदैन । सामुदायिक बिद्यालयको बिकासका लागि कुनै एक पक्षले मात्रै चाहेर हुँदैन । पहिलो कुरा सरकारी निकायबाट नै एउटा स्पष्ट शिक्षा निति निर्माण गरेर त्यसको कार्यान्वयनमा लाग्नुपर्छ । त्यसपछि प्रधानाध्यापक, शिक्षक, विद्यार्थी र अभिभावक सबैले आफ्नो भुमिका पुरा गर्नुपर्छ । र सबैले चाहेमा सामुदायिक बिद्यालयहरुलाइ नै उत्कृष्ट बनाउन सकिन्छ यसको लागि सबै आ-आफ्नो स्थानबाट लाग्न जरुरी छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *