कोभिड परिक्षण नि:शुल्क गर्छौ, ५०० दक्ष जनशक्तिलाई राज्यले प्रयोग गरोस: अध्यक्ष धिताल

हाल विश्व कोरोना भाइरस महामारीले व्यप्त छ, नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन । कोरोना भाइरस परिक्षणको दायरालाई अझै बढी फराकिलो बनाएर लग्नु पर्ने बेला भएको छ । प्रयोगशालामा नमूना परीक्षण देखि रोगको निदान, इपिडिमियोलोजी अध्ययन, रोकथाम, नियन्त्रण, भ्याक्सिन उत्पादन र गुणस्तरियताको अनुसन्धान गर्न माइक्रोबायोलोजिस्टको भूमिका अहमं मानिन्छ । यसै सन्दर्भमा माइक्रोबायोलोजी सङ्घर्ष समितीका अध्यक्ष सन्जिब धितालसँग ग्लोबल खबरले गरेको कुराकानीको सार संक्षेपः

हाल नेपालमा कोभिडको परिक्षणको अवस्था कस्तो छ ?
देशभर २० ठाउँमा कोभिड प्रयोगशाला स्थापना भए पनि अहिले १८ मात्रै सञ्चालनमा छन् । कोभिड संक्रमण फैलिए पनि परीक्षणको गति भने सन्तोषजनक रूपमा बढेको छैन । हाम्रा प्रयोगशालाको सीमित क्षमताले असीमित परीक्षण थेग्न सकेका छैनन् । शनिबारसम्म देशभर नौ हजार चार सय ३० नमुना प्रयोगशालामा ‘होल्ड’ भएका छन भन्ने खबर आएको छ । दैनिक रूपमा नयाँ आउने नमुनाको संख्या धेरै छ, तर परीक्षण गरेर रिपोर्ट दिने संख्या सीमित छ । त्यसैले प्रयोगशालामा नमुना थुप्रिँदै जान लागेको प्रयोगशाला प्रमुखहरूले बताउन थालेका छन् । सीमित स्रोत र जनशक्तिका कारण अहिलेको माग थेग्न नसकिने प्रयोगशाला प्रमुखहरूको भनाइ छ ।

प्रयोगशाला नमुना थन्किनुको कारण के हो ? यसले पर्ने प्रभाव के होला?
किट र कर्मचारी अभाव हुँदा समयमै परीक्षण गर्न सकिएको छैन । क्षमताभन्दा बढी नमुना आउँदा आधा जति थन्किने गरेका छन् । अहिले अन्य रोगका बिरामीको उपचार गर्दा अस्पतालले पिसिआर रिपोर्ट खोज्न थालेका छन् । अदालतले कैदीलाई अदालतभित्र प्रवेश गराउनुअघि पनि पिसिआर परीक्षणको रिपोर्ट खोज्ने, नाकाबाट आएका सबैको पिसिआर परीक्षण अनिवार्य गर्ने, राजनीतिकर्मीहरू, सञ्चारकर्मी, सुरक्षाकर्मी, भाडामा बस्ने सबैको पिसिआर परीक्षण नै गर्नुपर्ने दबाबले तत्काल परीक्षण गर्नुपर्ने नमुनासमेत ओझेलमा परेका छन् । कतिपय सन्दर्भमा कोरोना सङ्क्रमितको मृत्यु पछि कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ जसले गर्दा सङ्क्रमण खतरा बढेको छ। कोरोना परीक्षणको रिपोर्ट नआउँदा आइसोलेसन र क्वारेन्टाइनको बसाई लम्बिरहेको छ । जसले गर्दा आइसोलेसन र क्वारेन्टाइन भिडभाड हुन थालेको छ। कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएकाहरुलाई घर पठाउन सकिएको छैन।
PCR चलाउन सक्ने जनशक्ति कति छन् नेपालमा र ती कता छन् ?
हाल कोभिड-१९ प्रयोगशालामा काम गरिरहेका बाहेक PCR प्रविधि प्रयोग गरि रिपोर्टिङ्ग गर्न सक्ने जनशक्ति त्रि वि केन्द्रिय माइक्रोबायोलोजी बिभागबाट उत्पादित माइक्रोबायोलोजिस्ट हुन्। माइक्रोबायोलोजीको पढाई नै रोग लगाउने भाइरस, ब्याक्टेरिया, फंगास, प्यारासाइट आदिको बारेमा अध्ययन, अनुसन्धान तथा निदान गर्ने भएकोले भाइरसको बारेमा यथेष्ट जानकारी राख्ने जनशक्ति हो यो । हाल नेपालमा ५०० जनाको माइक्रोवायोलोजी कोभिड-१९ ब्याक अप टिम बनेको छ। जसमा अधिकांस मलिकुलर लेभलमा PCR को प्रयोग गरि थेसिस गर्नेहरु छन्। ती जनशक्तिहरुलाई २-३ दिनको तालिम दिएर प्रयोगशालामा खटाउन सकिन्छ। हामी कोभिड परिक्षण नि:शुल्क गर्न तयार छौ तर राज्यले प्रयोग गर्नु पर्यो। हामीलाई स्वास्थ्य ब्यबसायी परिषदको लाइसेन्स नभई काममा लाग्ने कानुनी आधार नभएकोले, हामी प्रति पूर्वाग्रही भई गरिएको बिना परिषदको बोर्डको निणर्य, मैखिक आदेशको भरमा रोकि राखेको लाईसेन्स प्रक्रिया तत्काल सुचारु गर्न हामी जोडदार माग गर्दछौ । परिषदले २०६८ सालमा जारि गरेको अस्थाई लाईसेन्स रोकेर राखेकोले यो समस्यालाई तत्काल स्वास्थ्य मन्त्रालय मार्फत अस्थाई लाईसेन्स दिएर काममा लगाउदा पछि आउन सक्ने कानुनी झण्झट बिना काम गर्न सकिन्छ।

विश्वको अनुभव कस्तो छ ?
अमेरिका,बेलायत लगायत युरोपका देशहरुमा र भारतमा पनि Clinical/ Medical Laboratory Scientist को योग्यता भएका प्राविधिकहरुले आफ्नो विधाका रोग निदान सम्वन्धि कार्य गर्न सक्ने व्यवस्था छ। हाम्रो छिमेकी देश भारतमा सोही कार्यको थप प्रष्टताका लागि गत फेव्रुअरिमा नैदानिक स्थापना संसोधन २०२० राजपत्रमा M.Sc, Ph.D in Medical Microbiology स्नातकोत्तर गरेका प्राविधिकहरुले आफ्नो विधाका रोग निदान सम्बन्धि गरि सोको प्रतिवेदन दिन सक्ने उल्लेख भएको छ। साथै स्वास्थ्य मन्त्रालयले अन्तरिम Guideline मा माइक्रोबायोलोजिस्टलाई प्रयोगमा ल्याउन परिपत्र गरेको छ तर हाम्रो देशमा TU-IOST बाट उत्पादन भएको जनशक्ति लाई भेदभाब गर्न खोजिएको छ । संसारका विभिन्न विश्वविद्यालयहरूमा, निदान तथा अनुसन्धान केन्द्रमा काम लाग्ने तर आफ्नै देशमा दक्ष जनशक्ति उपयोग हुन नसक्नु दुरभाग्यपूर्ण छ ।

हाल त्रि वि को माइक्रोबायोलोजिस्टहरु के गर्दै छन् ?
नेपालमा कोभिड १९ संक्रमण देखिएपछि माइक्रोबायोलोजिष्टको भूमिकाहरू यसप्रकारका छ्न।
• यहिक्रममा मिती २०७६/१२/२३ गते NPHL टेकुको अगुवाईमा NHRC, EDCD, स्वास्थ्य मन्त्रालयको पत्रानुसार कोविड १९ को Rapid Test किटको Validation परिक्षण गर्न माइक्रोबायोलोजिस्टहरुको टोली सुदुरपश्चिम प्रदेशमा कैलाली क्वारेन्टाइनमा गई नमुना संकलन गरि फर्किनु भएको छ।
• मिती २०७७/१/११ बाट MOHP को पत्रानुसार त्रि.वि माइक्रोबायोलोजी बिभाग किर्तिपुरमा रहेको RT-PCR लिई कोभिड-१९ को प्रयोगशाला परिक्षण सुरु गर्न कर्णाली प्रदेश अन्तर्गत प्रदेश अस्पताल सुर्खेतमा बिभागीय प्रमुख सह-प्रा.डा मेघराज बन्जराको नेतृत्वको माइक्रोबायोलोजिस्टहरुको टोली प्रयोगशाला optimize गरेर, त्यहा रहेका जनशक्तिलाई प्रशिक्षण गराएर फर्किनु भएको छ ।
• साथै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रदान गरेको RT-PCR सम्बन्धि ३ दिने तालिम लिएर त्रि.वि माइक्रोबायोलोजिस्टहरुको टोली हाल जनकपुर प्रदेशिक अस्पतालमा हाल काममा खटिरहनु भएको छ।
• इपिडियमोलोजी रोग नियन्त्रण महाशाखाबाट पनि त्रिवि माइक्रोबायोलोजिस्टहरुको टोली हाल काठमाण्डौको विभिन्न स्थानमा नमुना संग्कलन कार्यमा खटिरहनु भएको छ।
नेपाल सरकारको निर्देशन आउने बित्तिकै हिजो हामी फिल्डमा खटियौ, फेरि निर्देशन आउने बित्तिकै उपस्थित हुने जानकारी गराउन चाहन्छौ ।

देशभर २१ ठाउँमा कोभिड प्रयोगशाला स्थापना भए , PCR चलाउने जनशक्ति पनि छ र पर्याप्त PCR किट पनि छ। तर तत्काल ल्याब बिस्तार गर्न , जनशक्ति परिचालन गर्न के ले रोकेको छ ?
हाल नेपालको प्रयोगशाला हेर्ने मुख्य निकाय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य मन्त्रालय, प्रदेश कार्यालय तथा सबै स्वास्थ्य जनशक्तिको नियमक निकाय नेपाल स्वास्थ्य व्यवसायी परिषद बिचको समन्वयको कमि भएको देखिन्छ भने मन्त्रालयको राजनीतिक नेतृत्वलाई उचित कदम चाल्न सहि सल्लाह दिने विज्ञहरुको टिमको अभाव देखिन्छ। मलेरिया, डेंगु, इन्फ्लुएञ्जा जस्ता रोगको नियन्त्रणमा WHO र नाष्टमा रहि काम गरेका त्रिवि का माइक्रोबायोलोजी विज्ञहरुलाई हाल राज्यले पहिचान गरि परिचालन गर्न सकेको छैन। साथै स्वास्थ्य मन्त्रालय र स्वास्थ्य व्यवसायी परिषद अन्तर्गत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काम गर्ने सिमित मानिसहरुको निहित स्वार्थको कारण PCR चलाउन सक्ने, भाइरसको बारे विज्ञता भएको २००० जनशक्तिलाई लाईसेन्स नदिएर भूमिका विहिन बनाएको छ। यी समस्या तत्काल समाधान गरि चुस्त टिम बनाएर आपसी समन्वय बढाई तत्काल टेस्टको दायरा र दर बढाउनु आवश्यक छ।

त्रि वि माइक्रोबायोलोजीको मुख्य समस्या के हो ?
कुनै व्यक्ति वा संस्थाको पूर्वाग्रहले बिषयगत ज्ञान भएका माइक्रोबायोलोजिस्टहरु कोभिड-१९ को निदान, रोकथाम, नियन्त्रण र अनुसन्धानमा सामेल हुन पाउने अवसरबाट अवरोध पुगेको छ । यसको जवाफ म बुदागत रुपमा दिन चाहन्छु।
• मिति २०६७/८/२२ गते परिषदबाट पाठ्यक्रम प्रमाणित गरिदिनु हुन भन्ने आसयको पत्र त्रि.वि. बिज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयलाई पठाएकोमा सोही मितिमा डिनको कार्यालयबाट पाठ्यक्रम प्रमाणिकरण सहित दर्ता प्रक्रिया अघि बढाउन अनुरोध सहितको पत्र परिषदमा पठाईएको ।
• मिति २०६७/८/२२ मा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट माईक्रोवायोलोजीको मात्र काम गर्न पाउने गरि परिषदमा नाम दर्ता प्रकृया अघि बढाउन अनुरोध सहित सिफारिस पठाईएको ।
• बिज्ञ समुहको सुझाव ।
• मिति २०६८/९/५ गते बसेको परिषदको बैठकको निणर्यबाट सबै समुहको सिफारिसलाई अनुमोदन गरी अस्थायी नाम दर्ता गर्ने निणर्य ।
• परिषदको बोर्डको निणर्य र उक्त निणर्यलाई मन्त्रीस्तरिय निणर्यबाट अनुमोदन गरेको ।
• १२० जनालाई २०६८/९/११ सालमा स्नाकोत्तर गरेको दक्ष जनशक्तिलाई अस्थाई दर्ता दिईएको ।
• बिना परिषदको बोर्डको निणर्य, मैखिक आदेशको भरमा दर्ता नविकरण रोकि राखेको ।
• नेपालकै अन्य विश्वविद्यालय, त्रि.वि कै केही क्याम्पस तथा भारतबाट स्नाकोत्तर माइक्रोबाइलोजी अध्ययन गरि फर्केकालाई त्रिवि कै समकक्षता प्रमाणपत्रको आधारमा दर्ता दिई रहेकाले ।
• माइक्रोबायोलोजी संघर्ष समितिको आन्दोलन र निरन्तर ताकेतापछि परिषद, त्रि.वि, र संघर्ष समिति सम्मेलित कार्यदल गठन ।
• कार्यदलको सुझावको आधारमा क्याम्पसहरुको स्थलगत निरिक्षण गर्न प्रत्येक क्याम्पसले रु ८०,००० शुल्क समेत परिषदमा दाखिला गर्दा पनि, हाल सम्म पनि परिषद निरीक्षण गर्न नआएको अवस्था ।
• समस्या समाधानको उचित विकल्प सहितको प्रतिवेदन पेश गर्दा पनि परिषद मौन ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *