भ्रष्टाचारले लथालिङ्ग बुद्ध एकडेमी बनाउदै प्रधानाध्यापक तामाङ

काठमाडौको नयाँबस्ती स्थित बुद्ध एकेडेमीले २०३६ सालदेखि गरिब, जेहेन्दार, असहाय तथा अनाथ बालबालिकाहरुलाइ निशुल्क शिक्षा प्रदान गर्दै आइरहेको छ । विभिन्न संघ संस्था तथा दातृ निकायहरूको आर्थिक सहायता बाट संचालित यस बिद्यालयमा पछिल्लो समय भ्रष्टाचार तथा अनियमितताको खबर बारम्बार बाहिर आइरहेका छन्  र  यसको समाधानका गर्दै बिद्यालय सुधार गर्न लागिपरेका छन् प्रधानाध्यापक निर्मल बहादुर तामाङ । यिनै बिषयमा केन्द्रित रहेर उनै तामाङसँग ग्लोबल खबर डट कमले गरेको कुराकानीको सम्पादित अंश

बुद्ध एकेडेमीका बारेमा संक्षिप्तमा बताइदिनोस न ?

बुद्ध एकेडेमीको बारेमा बताउनु पर्दा यो एउटा सार्वजनिक शैक्षिक गूठी २०३६ सालमा स्थापना भएको हो र यसले आफ्नो स्थापना कालदेखि नै असहाय, अनाथ, गरिब र जेहन्दार विद्यार्थी हरुलाइ निशुल्क शिक्षा प्रदान गर्दै आइरहेको छ ।

बिद्यालयले समाजमा कस्तो योगदान पुर्याएको छ ?
बिद्यालयले समाजमा राम्रो प्रभाव र योगदान पुर्याएको छ । हामीले देशका विभिन्न ठाउँका असहाय, अनाथ, गरिब र जेहेन्दार विद्यार्थीहरु जो विभिन्न कारणले शिक्षाबाट बन्चित छन् उनीहरुलाई निशुल्क शिक्षा प्रदान गरिरहेकाले हामीले सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेका छौ ।

बिद्यालयमा ठुलो भ्रष्टाचार छ भन्छन् नि ?
यो बिद्यालय विभिन्न सहयोगी संघ संस्था तथा दातृ निकायहरूको सहयोग बाट चलिरहेको छ र बिद्यालयका गुठियार हरु पनि पटकपटक अख्तियारले समातेको छ र अझै पनि अदालतमा मुद्दा चलिरहेकै छ । बिद्यालयको स्रोत साधन पनि धेरै भएकाले भ्रष्टाचार नहोला भन्न सकिन्न ।

नियुक्ति नै नदिएको र हाजिर नै नभएका कर्मचारीहरुलाइ पनि तलब निकासी चाहिँ गरिरहनु भएको छ नि ?
म नियुक्ति भएर आएको करिबकरिब एक बर्ष भयो म आउँदा बिद्यालयको बैंक खाता समेत बन्द थियो शिक्षक तथा कर्मचारीहरुले लामो समयदेखि तलब पाएका थिएनन् । म आफैले पहलकदमी लिएर बैंक खाता सुचारु गरे ।त्यसपछि तलब खुवाउने बेला कतिपय नियुक्ति नै नभएका र हाजिर नभएका मान्छेहरुलाई पनि तलब दिनुपर्छ भन्ने कुरा आयो त्यसपछि मैले त्यि कुरा कुनैपनी हालतमा मान्दिन भनेपछि लेखापालले काम गरिरहेका शिक्षक तथा कर्मचारीहरुको तलब खुवाउन समेत चेकमा हस्ताक्षर गर्दिन भनेपछि सबैतिरबाट दबाब आयो र म आफैले पनि लामो समयदेखि कार्यरत शिक्षक कर्मचारीले समेत तलब नपाउने अवस्था आएपछि हस्ताक्षर गर्न बाध्य भए ।

बिद्यालयको नाममा आएको सहयोग बिद्यालयको नाममा नराखी ब्यक्तिको नाममा राखेको घटना बाहिरिएको छ नि ?
बुद्ध एकेडेमी बौद्ध जस्तो ठाउँमा ४० रोपनी भन्दा बढी जग्गा र त्यही अनुसारको भौतिक संरचना भएको त्यस्तै परे विश्वविद्यालय नै संचालन गर्न मिल्ने बिद्यालय हो । बिद्यालयको नाममा विभिन्न संघ संस्था तथा दातृ निकायहरू बाट आर्थिक सहयोग आउने गरेको छ र पछिल्लो समय पुर्व प्रधानाध्यापक दोर्जे नाम्गेलको मृत्यु पश्चात् कर्मचारीहरुमा पनि विभिन्न स्वार्थ देखियो र उनिहरुले दातृ निकायहरूलाई प्रभावमा पारेर उक्त आर्थिक सहयोग ब्यक्तिगत खातामा लगेको र आफ्नै हिसाबले घरमै बिद्यालय खोलेको पनि देखिन्छ त्यसको छानबिन गरिनुपर्छ । अहिले ब्यबस्थापन समिति पनि पुर्ण छैन यसको पुर्णता भएपछि छानबिन गरिन्छ ।

लामो समयदेखि बिद्यालयको अडिट हुन सकेको छैन नि ?
बिद्यालयको अडिट हुन नसकेको सत्य हो यो हाम्रो निर्देशक र लेखापालको कुरा नमिलेर हो अडिट गराउनेले निर्देशक र पुरानो प्रधानाध्यापकको हस्ताक्षर बिल भौचरमा चाहिन्छ भन्नुभयो र त्यो आजसम्म लेखापालले बुझाउन सक्नुभएन र अडिट नहुनुको कमजोरी लेखापाल गोविन्द पौडेलको हो । मैले यसको पहलका लागी पनि पटकपटक नगरपालिकाका मेयर सन्तोष चालिसे वडा अध्यक्ष रमेश अर्याल सँग पनि छलफल गरेको छु खै के कारणले उहाँहरुले दबाब दिन सक्नुभएको छैन ।

बिद्यालयको बैठक बिद्यालयमा भन्दा पनि क्याफे र रेष्टुरेन्टहरुमा मात्रै हुन्छ भन्छन् नि ?
बिद्यालयको बैठक बिद्यालयमै बस्नुपर्छ भनेर मैले पटकपटक भनेको छु तर बिद्यालयको अस्थाई ब्यबस्थापन समितिको अध्यक्ष वडा अध्यक्ष स्वयम हुनुहुन्छ तर उहाँ बिद्यालयमा बैठक बस्न आउँदिन भन्नुहुन्छ र शिक्षक प्रतिनिधि ल्याए बैठक नै राख्दिन भन्नुहुन्छ । यहाँ ३०० विद्यार्थी छन् उनिहरु यहीँ बस्छन् त्यसकारण खाद्यान्न लगायतका सामग्रीका लागि नियमित खर्च चाहिने भएकोले खाता चलाउनै का लागि भएपनि मन नहुँदा नहुँदै पनि म बिद्यालय बाहिर बैठक बस्न बाध्य छु ।

अन्त्यमा
बुद्ध एकेडेमी गरिब, जेहेन्दार र असहाय बालबालिकाहरुको शिक्षाको लागी खुलेको बिद्यालय हो यहाँ केही कमि कमजोरीहरु पनि भएका छन् त्यसको छानबिन गर्नु जरुरी छ म आफै पनि दोषी भए कारबाहीको भागिदार बन्न तयार छु र अन्तमा बुद्ध एकेडेमीमा भएका गलत क्रियाकलापहरुको भण्डाफोर गर्दै बिद्यालय सुधार गरेर अघि बढ्न सबैको साथ र सहयोगको अपेक्षा गर्दछु ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *