सामुदायिक बिद्यालय लाई हेर्ने दृष्टिकोण बदल्छौ : प्रधानाध्यापक राई

वि स २०२० सालमा खोटाङमा जन्मनु भएकी कुमारी कमला राई श्री जनकल्याण माद्यामिक बिद्यालय काठमाडौको प्रधानाध्यापक हुनुहुन्छ । उहाँले श्री भगवती मा बि खोटाङ बजार बाट एस एल सि गर्नुभएको हो । आइ एड , विएड महेन्द्ररत्न क्याम्पस ताहाचल बाट गर्नुभएकी राईले एम एड पद्मकन्या बहुमुखी क्याम्पस बागबजार बाट गर्नुभयो । राई जनकल्याण मा वि को प्रधानाध्यापकको भुमिकामा हुनुहुन्छ । उनै राई सँग ग्लोबल खबरले गरेको कुराकानीको सम्पादित अंश :

जनकल्याण मा वि बारे संक्षिप्तमा बताइदिनोस न ?
श्री जनकल्याण माद्यामिक बिद्यालय वि . स २०१० सालमा स्थापना भएको हो । लामो समयसम्म पाटीमै रहेको रहेको थियो । वि स २०५१ सालमा जनकल्याण मा वि मा काम गर्ने अबसर मिल्यो । त्यो बेलाको हेड टिचर नानू शर्मा हुनुहुन्थ्यो । त्यसपछिका प्रअ सँग हातेमालो गर्दै अगाडी बढ्यौं । यो बिद्यालय वि स २०५८ मा पहिलो पटक एस एल सि मा सहभागी भयो । वि स २०६४ देखि ११-१२ संचालन गर्यौ । बिद्यालयमा २२ जनाको दरबन्दी छ । जम्मा पन्ध्र सय विद्यार्थी अध्यनरत छ्न । भुकम्पपछि मित्ररास्ट्र चीनको सहयोगमा बिद्यालयको भौतिक संरचना सम्पन्न भएको छ । विद्यार्थी लाई अगाडि बढाउनका निमित्त अतिरिक्त क्रियाकलाप , अतिरिक्त परिक्षा चलाइरहेका छौँ ।

अहिले सम्म के कस्ता अनुभव सँगाल्नु भएको छ ?
प्रअको पद चुनौतीपुर्ण नै हुन्छ । आफ्नो मन परेको पेसा र दायित्व बुझिसकेपछी चुनौतीलाई पार गर्न त्यति धेरै कठिनाइ हुदैन रिजल्ट सुधार र गुणस्तरका लागी टिममा एकजुट भएर काम गरिरहेका छौँ । अहिले पनि त्यही आशा गरेका छौँ । बिद्यालय प्रती समुदायले हेर्ने दृस्ठिकोण पनि बदलिएको छ । अहिले सबैले जनकल्याण मा बि राम्रो छ भनेर प्रसंसा गर्न लायक स्कुलमा परिणत भएको छ ।

सरकारी स्कुलको नतिजा , गुणस्तर खस्कनुका कारण के के होलान ?
राज्यले दिएको दरबन्दी , बिद्यालयको भौतिक संरचनाको आधारमा फरक फरक किसिमका समस्याहरु भोगेका छौँ । त्यस अर्थमा भन्नुपर्दा २२ वटा दरबन्दीमा पन्ध्र सय विद्यार्थी अध्यनरत छ्न । जनकल्याणको अबस्थालाई हेर्दा आफुले अनुभव गरेको भनाईलाइ भन्दा सामुदायिकमा पढाउने विद्यार्थीका अभिभावकमा  अलि चेतनाको अभाव , गरिबीपन छ । बिद्यालयको गेट भित्र पुर्याइदिएपछि सम्पुर्णता हुन्छ भन्ने बुझाइका कारण पनि  जति गुणस्तरमा फड्को मार्न पर्ने हो त्यसमा असम्भव भएको महशुस हुन्छ । सरकारी बिद्यालको गुणस्तर कसरी वृद्धि गर्ने , शिक्षक , विद्यार्थी र अभिभावकमा कसरी उत्प्रेरणा जगाउने भन्ने तर्फ सबै पक्ष लाग्नु पर्दछ ।

महिला प्रअ हुँदै गर्दा के कस्ता समस्या र चुनौती  भोग्नुभयो?

महिला प्र अ भएको दृस्ठिकोणबाट त्यस्तो चुनौतीको अनुभव त गरेको छैन । केही अर्थमा कार्यलय समस्या हेर्दा पुरुषको तुलनामा महिलाले भिन्न किसिमको अनुभव बेला बेलामा गर्ने गरिन्छ । किनभने हामीमा आफ्नो समस्यालाई सिधा रुपमा राख्ने प्रवृत्ति पनि हुन्छ । त्यो प्रवृत्तिमा कहिले काहीं ठेस लागेको अनुभव हुन्छ । तर त्यति धेरै प्र अ कै नाताले भिन्न अनुभव भोग्नुपरेको अहिलेसम्म छैन।

देशको समग्र छात्रा, महिलाको शैक्षिक अवस्था कस्तो देख्नुहुन्छ ?

अहिलेसम्म पनि हरेक हिसाब बाट छात्राहरु प्रताडित छ्न । पहिलो कुरा चेतनाको कमि हो । दोस्रो कुरा गरिबी र तेस्रो कुरा संस्कार संस्कृती हो । छोरीलाई किन पढाउने भन्ने किसिमको सोचाइ वातावरण छ । अभिभावकहरु छोरी ले रोजेको विषय लाई सजिलै स्वीकार गर्नुहुन्न । जति परिवर्तन हुनुपर्ने त्यति भएको छैन । एउटा नारीलाई शिक्षा दिनुभनेको घर , परिवार र समाज नै शिक्षित हुनु हो भन्ने चेतना जगाउन जरुर छ । कतिपय महिला नेतृत्वमा जान पनि नचाहने । डोमिनेट कल्चरमा सानै देखि हुर्कियको भएर हुनसक्छ । बाहिर निस्कन डराउनु हुन्छ , पारिवारिक वातावरणले पनि असर पारेको हुन्छ । त्यस्ता असर समस्यालाई महिलाहरुले टोड्दै , भिड्दै अगाडि बढनुपर्छ भन्ने सन्देश दिन चाहान्छु ।

अहिलेको शिक्षा प्रणाली बाट उत्पादित जनशक्ति समय अनुकुल बजारमा बिक्न सकेन भन्ने गरिन्छ , के भन्नुहुन्छ ?
नेपाल सरकारले अहिले ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशीत गर्न थालेको छ । रिजल्ट प्रणालीले विद्यार्थीको मानसिकतामा प्रभाव परेको हो कि भन्ने मलाई लाग्छ । प्राबिधिक र ब्यबहारिक शिक्षालाई जोड दिने भनेर पाठ्यक्रम परिवर्तन ल्याउछौँ , हुनुपर्छ भन्ने मान्यता छ । त्यो मान्यता अनुसार पाठ्यपुस्तक , पाठ्यक्रम , बिद्यालयको भौतिक संरचना , शिक्षकको मानसिकता नहुनुले पनि परिवर्तन हुन सकेको छैन। जस्तो किसिमको भौगोलिक स्थिती , हावापानी ,आदिलाई मध्यनजर गर्दै पाठ्यक्रम ल्यैजान सकेको खण्डमा सिपमुलक विद्यार्थी उत्पादन हुनसक्छन ।

जनकल्याण मा बि को आगामी योजना के के छ्न ?

गत फागुन देखि दैनिक रुपमा शिशु कक्षा देखि दश कक्षा सम्मका अभिभावक सँग बसे । हामी पढेका छैनौं ,बच्चाले भनेको मान्दैनन् , कतिपयका श्रीमानले छाड्यो आदि इत्यादीका समस्या राख्नुभयो । यस्तो समस्याले विद्यार्थी र बिद्यालयको नतिजामा प्रत्यक्ष प्रभाव पारिरहेको छ । मैले यो समस्या ब्यबस्थापन समितीमा राखे । राखेको एजेन्डा पूरा भएमा जनकल्याण मा १० बजे छिरेका विद्यार्थी साँझ ६ बजे मात्रै घर पठाउछौँ । विद्यार्थी कुन विषयमा कमजोर छ्न पहिचान गरेर बिशेष ध्यान दिने । अङ्ग्रेजी , गणित , बिज्ञानका साथसाथै नेलाली विषयमा ध्यान दिनुपर्ने देखिएको छ । सामुदायिक बिद्यालय भएता पनि धेरै विद्यार्थी जनजाती , आदिवासी समुदायको छन । उनिहरुमा भाषागत समस्या छ । त्यो समस्या बोली र लेखाईमा छ । त्यसकारण नेपाली विषयलाई पनि महत्त्वका साथ हेर्नुपर्दछ । तसर्थ यी चार वटा विषयलाई उपचारार्थरूपमा सुरु गर्ने । पाठ्यक्रमले तोके अनुसार अब्बल , ब्यबहारिक , अनुशासित , गुणस्तर कायम गर्ने लक्ष्य छ । कक्षा तीन सम्म विद्यार्थीलाई पर्न गएको खाजाको समस्यामा एक जना सहयोगी भावनाको दाईको सहयोगमा खाजाको ब्यबस्थापन गरेका छौँ । अहिले बालबिकास मात्रै होइन तीन कक्षा सम्मका सबै विद्यार्थीलाई खाजाको ब्यबस्थापन गरेका छौँ । अब २०७६ मा आमूल परिवर्तनको लक्ष्य सहित जाने ब्यबस्थित , गुणस्तरयुक्त बिद्यालय बनाउने लक्ष्य छ । रिफ्रेसनिस्ट , दक्ष कर्मचारी लाइब्रेरीमा राख्ने , अङ्ग्रेजी माध्यम बाट नि पढाउन सुरु गर्दा शिक्षक परिपुर्ति गर्नुपर्ने छ । सामुदायिक बिद्यालय खत्तम छ भन्ने कुरा टोड्दै , सबैको रोजाइको स्कुल बनाउने लक्ष्य छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *