निजीकरणका विरुद्ध सशक्त आन्दोलन गर्छौ : महासचिव दाहाल

पेशल दाहाल विद्यार्थी आन्दोलनमा परिचित नाम हो वैद्य निकट अखिल (क्रान्तिकारी)को भर्खरै सम्पन्न राष्ट्रिय सम्मेलनबाट महासचिवमा निर्वाचित दाहालले ओखलढुंगाको वरुणेश्वर मा.वि. रामपुरबाट विद्यार्थी राजनीतिको सुरुवात गरेका थिए । १५ वर्षको निरन्तर विद्यार्थी राजनीतिमा थुप्रै उकाली ओराली पार गरेका दाहलले २०६१ सालको एस.एल.सी. परीक्षाको अन्तिम दिन माओवादीलाई सहयोग गरेको भन्दै तत्कालिन शाही सेनाले गिरफ्तार गर्यो र यातना दियो । त्यो यातानाले उनलाई झनै दृढ क्रान्तिकारी बनायो । उनी २०६९ सालमा अखिल (क्रान्तिकारी) को काठमाडौं जिल्ला अध्यक्ष, २०७३ मा केन्द्रीय सचिव हुँदै हाल महासचिवको जिम्मेवारीमा पुगेका छन् । पछिल्लो समय सडक बाघको गौरवपूर्ण इतिहास बनाएको विद्यार्थी आन्दोलन दिशाविहीन र मुद्दाविहीन वर्तमानमा अलमलिनुका साथै अन्योलपूर्ण भविष्यमा गुज्रिरहेको अवस्थामा शैक्षिक क्षेत्रका समस्याहरु, विद्यार्थी आन्दोलन र समसामयिक बिषयमा ग्लोबल खबर डट कमले गरेको कुराकानीको सम्पादित अंश ।

तपाई विद्यार्थी आन्दोलन माथि नै प्रश्नचिह्न उठिरहेको अवस्थामा महासचिव निर्वाचित हुनु भएको छ कस्तो महशुस गरिरहनु भएको छ ?

पहिलो कुरा त म महासचिव नहुँदै पनि संगठनको विभिन्न कमिटीहरुमा रहेर विद्यार्थी आन्दोलनमा महत्त्वपूर्ण भुमिका निर्वाह गरिरहेकै थिए अब महासचिव निर्वाचित भएपछि अझै बढी जिम्मेवार भएको महशुस गरेको छु र तपाईंले भनेजस्तै पछिल्लो समय विद्यार्थी आन्दोलनमाथि केहि प्रश्नचिह्न उठेका छन् अब अखिल क्रान्तिकारी जिम्मेवार र रचनात्मक ढङ्गबाट विद्यार्थी आन्दोलनको गुमेको साख जोगाउन लागिपर्ने छ ।

वर्तमान विद्यार्थी आन्दोलन निकै कमजोर र दिशा विहिन बन्दै गएको जस्तो देखिन्छ नि तपाई के भन्नुहुन्छ ?

तपाईले ठिकै कुरा उठाउनुभयो । अहिले विद्यार्थाी आन्दोलन कमजोर भएकै छ । एक ताका हामी तल कार्यकर्ताको तहमा बसेर काम गर्दैगर्दा माथिल्ला नेताहरुले आन्दोलनको कासन गर्दा त्यसले देशको राजनीतिमाथि नै प्रभाव पार्ने गथ्र्यौ । धेरै परको कुरा पनि नगरौंं १९ दिने जनआन्दोलनमै पनि विद्यार्थी आन्दोलनले पार्टीलाई नै नेतृत्व गरेको जस्तो हामी देख्थ्यौं । तर पछिल्लो समय त्रिविले पिसीएल खारेज गर्दाको विषयमा पनि विद्यार्थी आन्दोलनको भूमिका कमजोर नै देखिएको हो । त्रिविमा अख्तियार छापा मारिरहेको छ तर विद्यार्थी संगठनहरु कता हराएको जस्तो भएको छ । भन्न खोजेको के भन्दाखेरी विद्यार्थी संगठनहरुको उपस्थिति हरेक शैक्षिक मुद्दामा कमजोर बनिरहेको छ ।

सिटीइभिटीका शैक्षिक मुद्दाहरुमा भन्नुस, निजी मेडिकल कलेजको सम्बन्धन दिने विषयलगायतका थुप्रै मुद्दाहरुमा विद्यार्थी आन्दोलन फितलो बन्दै गएको छ । यहाँसम्म कि विद्यर्थी संगठनहरुले उठाउनुपर्ने मेडिकल माफियाका मुद्दा डा. गोविन्द केसीले उठाइरहनु परेको छ । विद्यार्थी आन्दोलन केसीको पछि लाग्नुपर्ने अवस्थामा पुगेको छ । यो धेरै लाजलाग्दो कुरा हो । यस्तो अवस्थाबाट कसरी विद्यार्थी आन्दोलनलाई पुर्नसंगठिन गर्ने भन्ने विषय वर्तमान विद्यार्थी नेताहरुको चुनौतिको विाषय हो । मेरो राजनीतिक जीवनमा पनि त्यो चुनौति आएको छ । अहिले मेरो सबैभन्दा धेरै ध्यान त्यहि विषयमा छ । यो विषय वर्तमान विद्यार्थी आन्दोलनको मुख्य समिक्षाको विषय हो ।

विद्यर्थी संगठनहरुले उठाउनुपर्ने मेडिकल माफियाका मुद्दा डा. गोविन्द केसीले उठाइरहनु परेको छ । विद्यार्थी आन्दोलन केसीको पछि लाग्नुपर्ने अवस्थामा पुगेको छ । यो धेरै लाजलाग्दो कुरा हो । यस्तो अवस्थाबाट कसरी विद्यार्थी आन्दोलनलाई पुर्नसंगठिन गर्ने भन्ने विषय वर्तमान विद्यार्थी नेताहरुको चुनौतिको विाषय हो । मेरो राजनीतिक जीवनमा पनि त्यो चुनौति आएको छ । अहिले मेरो सबैभन्दा धेरै ध्यान त्यहि विषयमा छ । यो विषय वर्तमान विद्यार्थी आन्दोलनको मुख्य समिक्षाको विषय हो ।

पछिल्लो समय विद्यार्थी आन्दोलन सुस्ताएकै हो त ?

तपाईले भन्नुभएको कुरामा आंशिक सत्यता होला तर समग्र विद्यार्थी आन्दोलनमाथि नै यो आरोप लगाउनु न्यायोचित हुँदैन भन्ने लाग्छ यो कुरा गोविन्दा केसीले उठाएको मुद्दामा पनि हेर्न सक्छौं । तर त्यही विषय विद्याथी संगठनहरुले उठान गर्दा मिडियाहरुले पनि त्यति चासो नदिने र केसीहरुले उठाउनदा अलि बढी नै प्रचार गरिदिने पनि भएकै छ । आन्दोलन अलिकति विकेन्द्रीत पनि भएको छ । विभाजित भएको छ ।

विद्यार्थी संगठनहरु जनजिविका र राष्ट्रियताको मुद्दा भन्दापनी माउ पार्टीको एजेण्डा बोकेर हिँडेको आरोप छ नि ?

तपाईंले भनेजस्तै केहि विद्यार्थी संगठनहरु मात्री पार्टीको एजेन्डा बोकेर हिड्न थालेकाले थप समस्या बनेको छ । विगतमा विद्यार्थी आन्दोलन प्रतिपक्षीय आन्दाेनलन थियो तर अहिले सत्तापक्षीय जस्तो बन्न पुगेको छ । आफ्नो पार्टी जे गरे पनि त्यसको समर्थन गर्ने अलि अवसरवादी बन्दै गएको कुरा सत्य हो । तर यसको इतिहास त्यस्तो होइन ।

अहिले अलि बढी चर्चामा रहेको विषय डा. केसीको मेडिकल माफियाहरु विरुद्धको मुद्दामा बसिरहनुभएको सत्याग्रहको विषय छ । त्यसका पार्टीको पक्ष विपक्षको आधारमा विद्यार्थी संगनहरुको सडकमा उत्रिरहेका छन् । यसमा तपाईहरुको संगठनको धारणा चाहिँ के छ ?
उहाँले उठाएका कतिपय कुराहरु त जाहेज नै छन् । तर यसो भनिरहदा केसी कै पछि लागेर विद्यार्थी संगठन र पार्टीहरु जानुपर्छ भन्ने कुरा विल्कुलै होइन । पार्टी र विद्यार्थीले उठाएकै मुद्दा केसीले उठाइरहनु भएको छ । त्यही एजेण्डा आज कृेसीले उठाउनु भएको हो । तर पहिला त ती मुद्दा हामीले उठाएकै थियौं । तसर्थ अब यो विषय गोविन्द केसीको पाछि लागेर होइन हामी आफ्नै तरिकाले पुन प्रभावकारी ढंगले लिएर विद्यार्थी र आम जनतामा जानुपर्छ भनेर लागरिहेका छौं ।

सुस्ताएको विद्यार्थी आन्दोलनलाई प्रभावकारी बनाउन के गर्नुपर्ला ?

वर्तमान संविधानमै शिक्षा र स्वास्थ्य मौलिक हकको रुपमा राखिएको छ । यसो भनिसके पछि यी विषयमा राज्य गम्भिर हुनुपर्ने हो । समाजवाद उन्मुख भनिने सरकरले काम भने उल्टो गरिरहेको छ । समाजवादको कुरा गर्ने सरकार काम चाहिँ निजि मेडिकल कलेजहरुलाई सम्बन्धन दिने कुरामा मरिहत्ते गरेर लागेको छ । निजीको पक्षमा काम गरेर समाजवाद उन्मुख भन्ने कुरा आफैमा विवादित कुरा हो । त्यसकारण यहाँनिर अब हिट गर्नु पर्ने देखिएको छ ।

वर्तमान संविधानमै शिक्षा र स्वास्थ्य मौलिक हकको रुपमा राखिएको छ । यसो भनिसके पछि यी विषयमा राज्य गम्भिर हुनुपर्ने हो । समाजवाद उन्मुख भनिने सरकरले काम भने उल्टो गरिरहेको छ । समाजवादको कुरा गर्ने सरकार काम चाहिँ निजि मेडिकल कलेजहरुलाई सम्बन्धन दिने कुरामा मरिहत्ते गरेर लागेको छ । निजीको पक्षमा काम गरेर समाजवाद उन्मुख भन्ने कुरा आफैमा विवादित कुरा हो । त्यसकारण यहाँनिर अब हिट गर्नु पर्ने देखिएको छ ।

महासचिव जस्तो जिम्मेवार पदमा निर्वाचित हुनुभएको छ अबको विद्यार्थी आन्दोलन र अखिल क्रान्तिकारीलाई अघि बढाउन केके योजना छ ?

हामीले भर्खरै सम्मेलन सकेका छौं र नयाँ नेतृत्व आएको छ । अब तत्कालै गहन छलफल गरेर केही योजना तया गर्दै छौं । नेपालको शिक्षामा मुख्य समस्या भनेको निजीकरण कै हो । शिक्षा निजीकरण हुनु हुँदैन भन्ने कुरामा हामी प्रष्ट छौं । निजीकरणको विरुद्धमा आगामि दिनहरुमा हाम्रो संगठन योजनावद्ध रुपमा आन्दोलनलाई संगठित गर्ने दिशामा पुरै शक्तिका साथ केन्द्रीत हुन्छ ।

अब हामी तापईहरुले देख्नेगरी, साँच्चै यो विद्यार्थी संगठनले चाहीँ राम्रो काम गर्यो है भन्न कुनै कञ्नुस्याँइ गर्नु नपर्ने गरी हामी काम गरेर देखाउँछौं । अब हामी जवाफ कुरा र तर्कले होइन याक्सनबाट दिनेछौं । पछिल्लो समयमा सुस्ताएको विद्यार्थी आन्दोलनको पुरै नेतृत्व गर्नसक्ने क्षमताका साथा हामी विद्यार्थी आन्दालनलाई संगठित गर्ने छौं । यसको अर्को विकल्प हामीसामु छैन् । हराउँदै गएको विद्यार्थी आन्दोलनको सडक बाघको पहिचालनलाई पुन हामी स्थापित गर्नेछौं । सेलाउँदै र्गको विद्यार्थी आन्द्योलनलाई हामी फेरि शैक्षिक माफियाहरुलाई पोल्ने गरी तताउने छौं । शैक्षिक माफियाहरु अबकाे विद्यार्थी आन्दाेलनकाे मुख्य निशानामा हुनेछ ।

अन्त्यमा……
हामी अहिले गम्भीर अवस्थामा छौ देशमा दुइतिहाइ बहुमत प्राप्त सरकार हुँदा पनि जनताले त्यसको महशुस गर्न पाएका छैनन् , राष्ट्रियता माथि प्रश्न चिन्ह उठिरहेको छ, विद्यार्थी आन्दोलन माथि नै पनि जनविश्वास घटिरहेको छ त्यसैले अब यी सबै समस्या हरुको समाधान गर्दै विद्यार्थी आन्दोलनमाथिको आरोप चिर्दै विद्यार्थी आन्दोलन साँच्चै प्रतिपक्ष आन्दोलन हो भन्ने सन्देश प्रवाह गर्नका लागी राष्ट्रियता, जनजिविका र जनसरोकारका मुद्दाहरुमा सबै संगठनहरु एकजुट भएर लाग्नुपर्ने समय आएको छ र त्यसका लागि जनसरोकार र राष्ट्रियताका मुद्दाहरूमा अखिल क्रान्तिकारी सबै संगठनहरुसँग हातेमालो गर्न तयार छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *