नेपालभुमिमा वृन्दावन र वृन्दावनमा ज्येष्ठ नागरिक आश्रम हाम्रो प्रमुख लक्ष्य हो- रेखा अर्याल

रेखा अर्याल सामाजिक क्षेत्रमा सक्रिय नाम हो प्राध्यापन पेशामा समेत संलग्न अर्याल समाजका हरेक गतिविधिमा चासो र चिन्ता गर्नुहुन्छ अहिले त्रीनेत्र अध्यात्म चिन्तन केन्द्रको अध्यक्ष समेत रहनुभएको अर्याल सँग ग्लोबल खबर का लागि गरिएको कुराकानीको अंश

तपाई त्रीनेत्र अध्यात्म चिन्तनको केन्द्रको अध्यक्ष हुनुभएको एक बर्ष पुग्न लाग्यो अहिलेसम्म केके गर्नु भयो ?
त्रीनेत्र अध्यात्म चिन्तन केन्द्र धार्मिक उदेश्य लिएर स्थापना भएको संस्था हो हामीले नेपालभुमिमा वृन्दावन र वृन्दावनमा ज्येष्ठ नागरिक आश्रम भन्ने मुल उदेश्य लिएर अघि बढेका छौ र मैले म निर्वाचित भएपछि यो वृन्दावन निर्माणको लागी भक्तपुरमा भएको सामुदायिक वनलाई हामीले धार्मिक वनको रूपमा रुपान्तरण गरेका छौ हामीले हाम्रो आजिवन सदस्य संख्या बढाइरहेका छौ यसको प्रचारप्रसार मा पनि काम गरिरहेका छौ ।

नेपालभुमिमा वृन्दावन र वृन्दावनमा ज्येष्ठ नागरिक आश्रम भन्ने महत्वाकांक्षी उदेश्य लिएर हिड्नु भएको छ सहयोग कहाँबाट छ ?
एकदमै महत्त्वपूर्ण प्रश्न सोध्नुभयो हाम्रो संस्थालाई अहिलेसम्म संस्थागत सहयोग कतैबाट पनि छैन हामी अहिले करिब २६ सय भन्दा बढी आजिवन सदस्य रहेका छौ र हामीले प्रत्येक आजिवन सदस्यबाट शुल्क लिएका छौ ।

 

तपाइहरु प्राइभेट क्षेत्रको समन्वयमा अघि बढ्नुभएको छ कि सरकारी क्षेत्रसँग ?
अहिलेसम्म त प्राइभेट र सरकारी कुनै क्षेत्रको समन्वय छैन अहिलेसम्म हामीले हाम्रो आजिवन सदस्य हरुबाट ११११ का दरले उठाएको शुल्कबाट जम्मा भए २५ लाखको पुजिँ छ र अब हामीले स्वीकृति लिन सक्यौं भने हामीले बर्षैपिच्छे विभिन्न ठाउँहरुमा यज्ञहरु आयोजना गर्छौ साथसाथै हामीले स्वीकृति लिएर अघि बढिसकेसि हामीले प्राइभेट र सरकारी क्षेत्रबाट पनि सहयोग माग्नेछौ त्यसबाट नै अघि बढ्नेछौ ।

तपाइहरु जस्तो वृन्दावन बनाउँछौ भनेर धेरै आए र बिस्तारै सेलाए तपाईंहरु पनि त्यस्तै होकि ?
पक्कै पनि अहिलेसम्म नेपालमा वृन्दावन बनाउँछौ भनेर धेरै संघ संस्था र ब्यक्तिहरु आए र सेलाए किनकि यो धेरै महत्वाकांक्षी र चुनौतीपूर्ण काम हो खरबौ को योजना छ तर हामी धेरै अघि बढिसकेका छौ धेरै ठाउँबाट स्वीकृति प्राप्त हुँदैछ सहयोग हरु जुट्ने क्रममा छन् त्यसैले अब हाम्रो लक्ष्य धेरै टाढा देखेको छैन मैले ।

तपाई आफुले गरेको कामबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
मानिस कहिल्यै पनि सन्तुष्ट हुँदैन यदि उ सन्तुष्ट भयो भने अरु थप प्रगति गर्न पनि सक्दैन मैले जति गर्नुपर्ने हो त्यति नै त गर्नसकेको छैन तर आफ्नो क्षमताले भ्याएसम्म जति गरे त्यसमा आत्मसन्तुष्टि मिलेको छ थोरै नै भएपनि समाजका लागि केहि गर्न सकेको छु ।

तपाई एउटा शैक्षिक क्षेत्रमा पनि आवद्ध हुनुहुन्छ अहिलेको शिक्षा पद्धतिले अबको शैक्षिक भार धान्न सक्दैन भन्छन् नि ?
केहि कमि कमजोरी हाम्रो शिक्षा पद्धतिमा छ त्यसलाई सुधार र समयानुकूल बनाउनु आवश्यक छ साथसाथै हाम्रो सोचमा पनि परिवर्तन गर्नु जरुरी छ अहिलेको पुस्ता बाहिर जान मात्रै खोज्छन् तर हामी विदेश गएर जे काम गर्छौ त्यही काम आफ्नो देशमा बसेर गर्न लाज मान्छौ तर हामीले विदेशमा गएर गर्ने काम र बगाउने पसिना यहीँ बगायौ भने त्यहाभन्दा राम्रो गर्न सक्छौ हाम्रै देशमा यति धेरै अथाह स्रोत र संभावनाहरु छन् बरु विदेशी हरु आएर विभिन्न पेशा ब्यबसाय गरेर हाम्रो देशको पुजिँ देश बाहिर लगिरहेका छन् हामीले बेलैमा बुझ्नु आवश्यक छ ।

धेरै प्राध्यापक र समाजसेवी हरु बिस्तारै राजनीतिक क्षेत्रमा आइरहेका छन् तपाईंको पनि त्यस्तो उदेश्य केही छ ?
अहिले तत्कालै त मैले केहि सोचेको छैन तर एउटा शिक्षित ब्यक्ति भएकाले राजनीति सम्बन्धि धेरथोर ज्ञान मसँग पनि छ त्यसैले राजनीति पनि देश विकासको लागि मेरुदण्ड हो राजनीतिक क्षेत्रबाट अझ बढी योगदान पुर्याउन सकिन्छ भन्ने मलाई लाग्छ त्यसैले भोलिका दिनमा त्यस्तो अवसर आयो भने राजनीतिक क्षेत्रमै पनि देख्न सक्नुहुन्छ ।

आगामी लक्ष्यहरु केके छन् ?
आगामी लक्ष्यहरु भन्नुपर्दा अब १ बर्ष समय बाँकी छ र यो एक बर्षमा मैले एउटा धार्मिक पुस्तकालय निर्माण गर्ने सोच बनाएको छु जहाँ विभिन्न धर्म ग्रन्थ र धार्मिक पुस्तकहरू हुनेछन् र हामीले चाहेको बेलामा त्यसको अध्ययन गर्न सक्छौ अर्को अहिलेसम्म संस्थाको आफ्नै भवन छैन हामी निजि घर भाडामा लिएर कार्यालय संचालन गरिरहेका छौ त्यसैले अब संस्थाको एउटा आफ्नै भवन निर्माण गर्ने सोचिरहेका छौ त्यसका लागी जग्गा पनि खोज्दैछौ हेरौं कतिसम्म सकिन्छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *