यस्तो छ १५ खर्ब ३२ अर्बको बजेटको लक्ष्य

काठमाडौं – सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्बको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले आउँदो आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन्। सङ्घीय संसद्को संयुक्त बैठकमा…

बजेट गुणात्मक नभएको समाजवादी पार्टीका अध्यक्ष भट्टराईको टिप्पणी

काठमाडौ – पूर्वअर्थमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले बुधबार सार्वजनिक भएको बजेट गुणात्मक परिवर्तनका लागि नभएको दाबी गरेका छन्। बजेट घोषणापछि संचारकर्मीहरूसँग कुराकानी गर्दै भट्टराईले विगतकै संरचनालाई बजेटले निरन्तरता दिएको आरोप लगाए। ‘संरचनागत परिवर्तनका लागि जुन गुणात्मकता बजेटमा…

बजेटमाथी छाँया अर्थमन्त्रीको टिप्पणी : टेक्ने ठाउँ छैन उड्ने सपना

काठमाडौ – नेपाली कांग्रेसका सांसद तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बनाएको छाँया सरकारका अर्थमन्त्री मीनेन्द्र रिजालले आरामको सिरानीमा बसेर सरकारले बजेट ल्याएको बताएका छन्। अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को बजेट घोषणा गरेपछि बुधरबार संसद भवनमा पत्रकारहरूसँग कुराकानी…

बजेट : चार लाखसम्मको आम्दानीमा कर छुट

काठमाण्डौ – आर्थिक वर्ष २०७६–२०७७ का लागि सरकारले ल्याएको बजेटमा आयकरको दर यथावत राखिएको छ । आयकरको दर नबढाए पनि सरकारले व्यक्तिगत आयकरको स्ल्याबमा भने परिवर्तन गरेको छ । व्यक्तिगत आयकरमा यसअघि ३ लाख ५० हजार रुपैयाँसम्म कर नलाग्ने व्यवस्था…

प्रदेश सरकारलाई साँढे ४४ अर्ब अनुदान

काठमाडौं– सरकारले प्रदेश सरकारहरुलाई ४४ अर्ब ५५ करोड शसर्त अनुदान उपलव्ध गराउने भएको छ । बुधबार नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सो घोषणा गरेका हुन् । अर्थमन्त्री खतिवडाले आगामी वर्षमा २ अंकको आर्थिक बृद्धिदर हुने समेत जनाएका छन्…

गणतन्त्र विरोधीहरु सलबलाउन थालेका छन् : प्रचण्ड

ओखलढुंगा – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा गणतन्त्र नरुचाउने शक्ति सलबलाउन थालेको बताएका छन् । ओखलढुंगाको चिशंखुगढीमा शहीद क्याप्टेन यज्ञबहादुर थापाको शालिक शिलान्यास गर्दै उनले गणतन्त्र विरोधी शक्ति विभिन्न बाहनामा सलबलाए पनि सफल नहुने जिकिर गरे ।…

नाइजेरिया आक्रमणमा २३ जनाको मृत्यु

अबुजा– नाइजेरियाको उत्तर पश्चिमी राज्य जाम्फारामा मङ्गलबार भएको आक्रमणमा २३ जना स्थानीयबासीको मृत्यु भएको प्रहरीले जनाएको छ । जाम्फाराका प्रहरी प्रवक्ता मोहम्मद शेहुले शस्त्रधारीबाट भएको आक्रमणबाट टुङ्गा र काबाजेका २३ जना गाउँलेको ज्यान गएको पुष्टी गरे । नाइजेरियाका उत्तरी भेगमा…

चीनबाट सामान बोकेर तातोपानी नाकामा आइपुगे कन्टेनर

काठमाण्डौ – २०७२ सालको भूकम्पपछि पहिलोपटक चीनबाट सामान बोकेर नेपाली कन्टेनर नेपाल आइपुगेका छन् । भन्सारको औपचारिक उद्घाटन बुधबार भए पनि मंगलबार नै ४ वटा नेपाली कन्टेनर सामान ल्याउन चीनको खासाबजार गएका थिए । ४ वटै कन्टेनर दिउँसो १ बजेतिर लार्चामा…

उपराष्ट्रपतिका बुवा किमुको रुखबाट खसेपछी

काठमाडौ – जनयुद्धका जनसेनाका प्रमुख कमाण्डर नन्द बहादुर पुन ‘पासाङ’ उपराष्ट्रपति बनेपछि अहिले काठमाडौमा हुनुहुन्छ । तर उहाँको बुबा रामसुर पुनको बसाइँ अझै पनि पुर्ख्यौली घर रोल्पाको राङसिमा नै रहेकोे छ । उपराष्ट्रपतिको काठमाडौको सरकारी निवासको बसाइ कहिले जेलजस्तो छ…

प्रचण्डद्वारा गणतन्त्र दिवसको शुभकामना व्यक्त

काठमाडौ – नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले बुधबार देशमा राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ११ वर्ष पुगेर १२ वर्ष लागेको उपलक्ष्यमा शुभकामना सन्देश जारी गरेका हुन् ।…