चीनबाट सामान बोकेर तातोपानी नाकामा आइपुगे कन्टेनर

काठमाण्डौ – २०७२ सालको भूकम्पपछि पहिलोपटक चीनबाट सामान बोकेर नेपाली कन्टेनर नेपाल आइपुगेका छन् ।

भन्सारको औपचारिक उद्घाटन बुधबार भए पनि मंगलबार नै ४ वटा नेपाली कन्टेनर सामान ल्याउन चीनको खासाबजार गएका थिए ।

४ वटै कन्टेनर दिउँसो १ बजेतिर लार्चामा रहेको सुख्खा बन्दरगाहमा आइपुगेको तातोपानी भन्सार कार्यालयको इन्टरमोडल क्वारेनटाइन कार्यालयका वरिष्ठ अधिकृत कमल ज्ञवालीले जानकारी दिनुभयो ।

‘हिजो चीन गएका ४ वटा कन्टेनर उन बोकेर आज नेपाल आइपुगेका छन्, कन्टेनर नेपाल प्रवेश गरेसँगै स्थानीय बासिन्दा निकै खुशी छन्’, ज्ञवालीले भन्नुभयो । ताताेपानी भन्सार पूर्ण रुपमा सञ्चालनमा आउने भएपछि स्थानीय हाेटल तथा बजारमा चहलपहल बढ्न थालेकाे छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *