उपराष्ट्रपतिका बुवा किमुको रुखबाट खसेपछी

काठमाडौ – जनयुद्धका जनसेनाका प्रमुख कमाण्डर नन्द बहादुर पुन ‘पासाङ’ उपराष्ट्रपति बनेपछि अहिले काठमाडौमा हुनुहुन्छ । तर उहाँको बुबा रामसुर पुनको बसाइँ अझै पनि पुर्ख्यौली घर रोल्पाको राङसिमा नै रहेकोे छ ।

उपराष्ट्रपतिको काठमाडौको सरकारी निवासको बसाइ कहिले जेलजस्तो छ । र कहिले छोरालाई भेट्न म काठमाडौ आउने होइन मलाई भेट्न छोरो रोल्पा आउने हो भनेर बेला बेलामा चर्चामा आउने उपराष्ट्रपतिका उनै बुवा यसपटक भने बाध्यताले काठमाडौ आएका छन् ।

जेठ १२ गते घरमा आफैले पालेको गोरुलाइ घाँस काट्न घर मुनिको किम्बुको रुखमा चढेछन । घाँस झारी सकेपछि रुखबाट आफू झर्न खोज्दा खुट्टा खुस्किएपछी बारिको पाटोमा झर्दा उहाँको देब्रे हात खुस्किएको थियो । उनी उपचारका लागि काठमाडौ आउँदै गर्दा १३ गते विप्लव समुहको नेपाल बन्द रहेको थियो । भने यता १३ गते नै उपराष्ट्रपतिको सप्ताहव्यापी अष्ट्रीया भ्रमण रहेको थियो । बन्दकै दिन रातिराती काठमाडौं आउनु परेपछि ८४ बर्षका वृद्ध लोकल रात्री बसमा आउनुपर्दा सार्‍है नै सास्ती परेको थियो । हाल काठमाडौंको चाबहिलस्थित ॐ हस्पिटलमा उहाँको उपचार भइरहेको छ । सिनियर अर्थोपेडिक सर्जन डाक्टर सरोज कृष्ण श्रेष्ठ र अन्य डाक्टरहरुबाट उहाँको उपचार भइरहेको छ ।

सुनौँ केही प्रश्नहरुको उत्तर उहाँकै मुखबाट :

बा ! काठमाडौ कसरी आउनु भयो त ?

मेरो साइलो छोरा र काइलो छोरा गाउँतिरै छ्न । साइलो छोरा भिम प्रकाश पुन माध्यामिक विद्यायको प्राचार्य छ । काईलो छोरा दिपक पुन घर धन्दामा यताउता गर्छ । म रुखबाट खस्दा घरमा काईली बुहारी मात्र थिइन । उनले नाइट बसमा राखेर काठमाडौ पठाइन  ।

बिप्लवको बन्द हुँदा पो आउनु भएछ त ?

यस्तै छ के गछ्न । केटाहरू पनि ! बिप्लव मेरो साइलो छोराको मिल्ने साथी हो । माइला छोरा पासाङसँग साथै लडेका हुन । अब मिलेर जनतालाई सु- ब्यबस्था गरे हुने थियो। मै पनि बसमा बममा पर्न सक्थे । यता कोको मरे भन्छ्न के गर्छ्न के !

यहाँ कसले उपचार गराउदै हुनुहुन्छ त ?

माइला छोरा उपराष्ट्रपति बाहिर गएको रहेछ । उसको जेठा छोरा नाती जितेन्द्र पुनले मलाई उपचार गराइराखेको छ । जेठा छोरा वीर बहादुर पुन इन्जिनियर हो । उ पोखरामा ब्रिटिस वयलफरमा काम गर्छ । बन्दले एक दिन रोकिएर उ पनि आज बल्ल काठमाडौ आउपुगेको छ । छोराहरु सबैले खर्चपर्च हेर्छन । अस्पतालमा म बिहानै ८ बजे पुगेको थिए । डाक्टरहरु साढे १० मा मात्र आए । पछि भने फटाफट काम गरेर मेरो खुस्केको हात ठाउँमा ल्याइएका छ्न । सन्चो हुन ३ महिना जति लाग्छ होला भन्छ्न ।

आज जेठ १५ गते गणतन्त्र दिवस हो , के भन्नू हुन्छ बुवा ?

गणतन्त्र ल्याउन मेरो कान्छो छोरा कमल पुन पनि सहिद ( सहादत ) भएको छ । अरु कतिले ज्यान गुमाए कुन्नी ! अबको दिन राम्रो होस। सरकारले हामी जस्ता बुढाबुढिहरुको लागी हेर्ने ब्यबस्था गरोस । म सवैको राम्रो होस भनेर कामना गर्दछु ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *