heading top 1

युएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा

काठमाडौं – नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलार्य डिएल मेडथमा २ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।

यूएईमाथि १७७ रनको जितसँगै नेपालले जोगायो एक दिवसीय मान्यता

काठमाडौं – यूएईमाथि १७७ रनको जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । साथै आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने संभावना पनि कायम राखेको छ । हारसँगै यूएईले ओडीआई मान्यता…

राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सघाउने बालुवाटार बैठकको निर्णय

काठमाडौं – बालुवाटारमा बसिरहेको चार दलको बैठकमा राष्ट्रपति नेपाली कांग्रेसले दिने सहमति जुटेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरुको बैठकमा राष्ट्रपतिबारे सहमति जुटेको हो । ‘राष्ट्रपति कांग्रेसले लिने सहमति भएको छ,’ स्रोतले भन्यो…

गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज

काठमाडौं – सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरिदिएको छ । लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै सर्वोच्च अदालतले उनको सांसद पद पनि खारेज गरिदिएको हो।

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधि सभाको असाधारण समर्थन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेकोसम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाको २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका छन् । आजको बैठकमा २७० जना उपस्थित थिए । प्रधानमन्त्रीलाई उनको दल नेकपा माओवादी केन्द्र,…

एमाले-माओवादी सहित चार दलको निर्णायक बैठक बालकोटमा सुरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित बालकोटमा चार दलबीच छलफल सुरु भएको छ । एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राईलगायतका…

कांग्रेस संसदीय दलको नेतामा सभापति देउवासँग महामन्त्री थापा भिड्ने

काठमाडौँ – नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ । दलको नेताका लागि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । बुधबार विहान ८ बजेदेखि १० बजेसम्म मतदानको…

विश्वकप २०२२ फाइनल: सुखद् बिदाइको खोजीमा मेस्सी, इतिहास रच्ने दाउमा एमबाप्पे

फिफा विश्वकप २०२२ अन्तर्गत आइतबार राति (नेपाली समयअनुसार ८:४५ बजे) हुने फाइनल भिडन्त अविमस्णीय हुँदैछ। विश्व फुटबलका सुपरस्टार लिओनल मेसीले आफ्नो देशका लागि अन्तिम खेल खेल्दैछन्। आफ्नो ‘फुटवर्क’ ले सारा फुटबल प्रेमीलाई रोमाञ्चित बनाउने मेसीको अन्तिम अन्तर्राष्ट्रिय खेल हेर्न जो-कोही…

प्रचण्डलाई देउवा र ओलीको पालैपालो फोन

काठमाडौंं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन् । बिहीबार फोन गरेका ओलीले चुनाव जितेकोमा बधाई दिएको प्रचण्डको सचिवालयले जनाएको छ । त्यसअघि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि…

डोटीमा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प, मृत्यु हुनेको संख्या ६ पुग्यो

धनगढी – डोटीमा भूकम्पले घर भत्काउँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । मंगलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) भोलाप्रसाद भट्टले बताए । डीएसपी…