कांग्रेस संसदीय दलको नेतामा सभापति देउवासँग महामन्त्री थापा भिड्ने

काठमाडौँ – नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ । दलको नेताका लागि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । बुधबार विहान ८ बजेदेखि १० बजेसम्म मतदानको कार्यक्रम छ ।

सभापति देउवा आफ्नो समूहबाट सर्वसम्मत उम्मेदवार छन् । १४ औँ महाधिवेशनमा देउवासँग सभापतिको प्रत्यासी रहेका नेता शेखर कोइराला नेतृत्वको समूहले पनि महामन्त्री थापालाई सर्वसम्मत उम्मेदवार बनाएको छ ।

नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहले आफैँ उम्मेदवार बन्ने वा कसलाई सघाउने भन्ने यकिन गरेका छैनन् । अनामनगरस्थित एक होटलमा बसेको कोइराला समूहको बैठकमा नेता कोइरालालाई महामन्त्री थापालाई संसदीय दलको नेताको उम्मेदवार बनाउन प्रस्ताव गरेका छन् ।

बैठकपछि उपसभापति धनराज गुरुङले महामन्त्री थापालाई संसदीय दलको नेताको उम्मेदवार बनाउन सर्वसम्मत निर्णय गरेको बताए । त्यही बैठकमा पुगेका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि बदलिएको परिस्थिति र समयलाई मध्यनजर गर्दै थापालाई संसदीय दलको नेता बनाउन आव्हान गरे ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *