प्रचण्डलाई देउवा र ओलीको पालैपालो फोन

काठमाडौंं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन् । बिहीबार फोन गरेका ओलीले चुनाव जितेकोमा बधाई दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

त्यसअघि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि प्रचण्डलाई फोन गरेका थिए । गठबन्धनलाई मजवुत बनाउने कुरा भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

“एमाले अध्यक्षले चुनाव जितेकोमा फोन गरेर बधाई दिनुभएको छ । त्यसअघि देउवाले हिजो फोन गरेर गठबन्धनलाई बलियो बनाउने कुरा भएको हो,” प्रचण्डको सचिवालयले पुष्टि गर्‍यो ।

अघिल्लो पटकको निर्वाचनमा एमाले र माओवादी गठबन्धन गरेर चुनावमा होमिएका थिए । यसपटकको निर्वाचनमा माओवादी सत्तारुढ गठबन्धनमा रहेर चुनावमा होमिएको थियो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *