प्रचण्डद्वारा गणतन्त्र दिवसको शुभकामना व्यक्त

काठमाडौ – नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले बुधबार देशमा राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ११ वर्ष पुगेर १२ वर्ष लागेको उपलक्ष्यमा शुभकामना सन्देश जारी गरेका हुन् ।

शुभकामना सन्देशमा उनले भनेका छन्, ‘सामन्ती, निरङ्कुश एवं एकात्मक व्यवस्थाको अन्त्य गर्दै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको १२ वर्ष पूरा भएको छ । सर्वप्रथम म गणतन्त्र दिवसको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

उनले गणतन्त्र दिवसको अवसरमा गणतन्त्र प्राप्तिको आन्दोलनमा ज्यान गुमाएका भावपूर्ण श्रद्धाञ्जली अर्पण व्यक्त गर्दै सम्पूर्ण बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।

साथै सम्पूर्ण घाइते योद्धाहरुको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दै गणतन्त्रको आन्दोलनमा आ–आफ्नो ठाउँबाट सहयोग र सद्भाव व्यक्त गर्नुहुने सम्पूर्ण नेपालीमा हार्दिक आभार व्यक्त गरेका छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *