बजेटमाथी छाँया अर्थमन्त्रीको टिप्पणी : टेक्ने ठाउँ छैन उड्ने सपना

काठमाडौ – नेपाली कांग्रेसका सांसद तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बनाएको छाँया सरकारका अर्थमन्त्री मीनेन्द्र रिजालले आरामको सिरानीमा बसेर सरकारले बजेट ल्याएको बताएका छन्।

अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को बजेट घोषणा गरेपछि बुधरबार संसद भवनमा पत्रकारहरूसँग कुराकानी गर्दै रिजालले अर्थमन्त्रीले अवसर सदुपयोग गर्न नसकेको आरोप लगाए।

बजेटमाथि प्रतिक्रिया दिँदै रिजालले भने, ‘अर्थमन्त्रीले लोकरिझाइँको बजेट ल्याउनुभयो। विकासको आधार नबन्ने बजेट आएको छ।’

सरकारले रेमिट्यान्समा टेकेर बजेट ल्याएको पनि उनले बताए। उनले बजेटमाथि टिप्पणी गर्दै भने, ‘टेकेको फलेक भाँच्चिन लाग्यो, उडेर आकाशमा पुग्ने जस्तो बजेट।’

उनले बजेटले मुल्य वृद्धिदर बढ्ने बताए। ‘मुल्यवृद्धि ६ प्रतिशत हुन्छ भनेर स्वीकार बजेटमा गरिएको छ,’ रिजालले भने।

उनले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट बढाउनु औचित्यपूर्ण नरहेको बताए। सरकारले चार करोडबाट बढाएर आफुखुसी खर्च गर्न सक्ने गरी ६ करोड बजेट सांसदलाई दिएको छ। ‘निर्वाचन क्षेत्र कार्यक्रमको कुनै जस्टिफिकेशन देख्दिन,’ रिजालले भने।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *