ओमेगा सिकीका प्रोडक्टहरु, कम्पनि एक प्रोडक्ट अनेक

पछिल्लो हप्ता मात्र नेपालमा सार्बजनिक भएको ओमेगा सिकी छोटो समयमा धेरै प्रोडक्ट उत्पादन गर्नेमा पर्छ, उसो त विश्वकै ठुलो फ्याक्ट्रीका लागि प्रस्तावित भएको ओमेगा विश्वका धेरै देश हरुमा विक्री वितरण भैरहेका छन्

एमएडब्लू भृद्धि कमर्सियल भेहिकल प्रालिले पछिल्लो हप्ता मात्र सार्बजनिक गरेको ओमेगा सीकीका प्रोडक्ट यस्ता छन्

रेज प्लस

तिन पांग्रेमा रेज प्लस, रेज प्लस र्यापीड, रेज प्लस फर्स्ट, रेज स्वाप, रेज ट्रीपर जस्ता प्रोडक्ट रहेका छन् यी कार्गो गाडीहरु रिसर्च को एउटा नवीनतम उदाहरण हुन् । ६०० भन्दा वढी भार क्षमत भएका यी तिन पांग्रे कार्गो विश्वका विभिन्न बजारमा अन्तन्तै रुची र आकर्षणको विषय बनेका छन् , यी भ्यान हरु एक सिंगल चार्जमा १२० किलोमिटर भन्दा बढी कुद्न सक्छन , टप स्पिड ४५ किलोमिटर प्रति घण्टा रहेका यी कार्गो घर मा चार्ज गर्दा तिन देखि ४ घण्टा लाग्छ ।

स्ट्रिम 

रेज जस्तै यो  पनि सिंगल चार्जमा १२०  किलोमिटर प्रति घण्टा, ४५ किलोमिटर प्रति घण्टाका दरले कुद्न सक्छन। ६ जना सम्म बसेर यात्रा गर्न सकिने स्ट्रिम यस सेग्मेंटमा सबसे आरामदाइ छन् भनेर कम्पनीको दावी रहेको छ । भाइब्रेसन र गाडी वाट आउने हल्ला मात्र हैन मुनाफा पनि राम्रो दिलाउन सक्ने कम्पनिको दावी छ ।

 

इलेक्ट्रिक टु व्हिलर 

आकर्षक माइलेज र पावरका साथ छिटै बजार मा लन्च गर्ने तयारी गरिरहेको इलेक्ट्रिक स्कुटर तिन भेरियन्टमा आउने कम्पनिले जनाएको छ । फाइरे, जोरो र मोपिडो तिनै  भेरियन्टम बजारमा ब्यग्र प्रतिक्क्षाको विषय बनेको छ ।

 

इलेक्ट्रिक फोर व्हिलर मिका 

मिका १ र मिका १.० दुइ भेरियन्टमा आएका यी मिनी ट्रक हेर्दा अत्यन्त आकर्सक र अत्यन्त पावरफुल रहेका छन् । ९०  किलोमिटर प्रति घण्टाका दरले कुदन सक्ने यी मिनिट्रकको gradability ३० % रहेको कम्पनिले जनाएको छ, ४१५ nm टर्क रहेको यो गाडी सिंगल चार्जमा १८० किलोमिटर कुद्न सक्छन  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *