प्रत्येक बर्षहरु जस्तै यो बर्ष पनि शैक्षिकसत्र २०७६ को सुरुवात सँगसँगै निजि बिद्यालयहरु प्रति गुनासाहरु आइरहेका छन् । यिनै गुनासा, देशको शिक्षा प्रणाली र लिबर्टी एकेडेमीको बिषयमा केन्द्रित रहेर राष्ट्रिय संस्थागत बिद्यालय संघ (निशान) का अध्यक्ष तथा लिबर्टी एकेडेमीका प्रीन्सिपल ओम प्रसाद ढकाल सँग ग्लोबल खबर डट कम ले गरेको कुराकानीको सम्पादित अंश :
संक्षिप्तमा बिद्यालयको पृष्ठभुमि बताइदिनोस न
लिबर्टी एकेडेमी २०६० सालमा स्थापना भएको बिद्यालय हो र हामीले २०६७ सालदेखि आफ्नो म्यानेजमेन्टमा लिएका हौ । हामीले लिनुभन्दा पहिलो विद्यार्थी संख्या पनि निकै कम थियो । भौतिक संरचनाहरु पनि प्रभावकारी थिएनन् । हामीले ब्यबस्थापन सम्हालेदेखी अहिलेसम्म दिनप्रतिदिन हामी ब्यबस्थित गर्दै आइरहेका छौ । अहिले भौतिक संरचना देखि विद्यार्थी संख्या पनि एकदमै राम्रो छ ।
बिद्यालयला यहाँसम्म ल्याउन के कस्तो संघर्ष गर्नुपर्यो ?
यहाँसम्म आउँदा धेरै संघर्ष गर्नुपर्यो पहिले नेपाल सरकारले अनुमती दिँदा एकपटकमा एउटा तह बढाउने अनुमति दिन्थ्यो त्यसपछि हामिले यो बिद्यालय लिने बेलादेखि एकपटकमा एउटा कक्षा मात्रै बढाउने अनुमति दिने नियम बनायो ।त्यसबाट देशभर धेरै बिद्यालय हरु प्रभावित भए त्यसपछि त्यसको नेतृत्व म आफैले लिएर सबै प्रभावित बिद्यालयहरुलाइ एकताबद्ध गरेर सरोकारवाला निकाय सँग छलफल गरेर एकपटकको लागी हामीले एक तह नै बढाउन पाउने निर्णय मन्त्रीपरिषद बाट गराउन सक्यौं । साथ साथै बिद्यालय भित्र हुने विभिन्न समस्याहरू त धेरै झेलेर यहाँसम्म आइपुगियो ।
अभिभावकहरुले लिबर्टी एकेडेमीलाई के आधारमा बिश्वास गर्ने ?
अभिभावकहरुले हामीलाई बिश्वास गर्ने धेरै आधारहरु छन् । हामी कहाँ शैक्षिक वातावरण छ । अहिलेसम्मका एसएलसी/एसइइ को रिजल्ट हेर्ने होभने पनि उत्कृष्ट रिजल्ट आइरहेको छ । पढाइका साथ साथै हामीले विभिन्न अतिरिक्त क्रियाकलापहरुमा विद्यार्थीहरुलाइ सहभागी गराइरहेका छौ । निशानको अध्यक्ष म आफै छु त्यसमार्फत पनि हामीले विभिन्न कार्यक्रम गरेर विद्यार्थीहरुलाइ सहभागी गराउँछौ । पढाइ सँगै हामी विद्यार्थीहरुलाइ ब्यबहारिक ज्ञान र संस्कार पनि सिकाइरहेका छौ ।
अभिभावकहरुले विद्यार्थीका लागी चाहिने शैक्षिक सामाग्री देखि पोसाक सबै बिद्यालय बाट नै खरिद गर्नुपर्ने किन ?
यो काम हामीले गरेका छैनौं हामीले प्रत्येक बर्ष विद्यार्थीहरुको लागि आवश्यक पर्ने शैक्षिक सामग्री हरु र त्यसको मापदण्ड तोकिदिन्छौ त्यसपछि उक्त सामग्रीहरु अभिभावकले आफ्नो अनुकूलता अनुसार जहाँबाट पनि खरिद गर्न स्वतन्त्र हुनुहुन्छ । तर केहि केही सामाग्रीहरु चाहिँ बिद्यालयले नै ब्यबस्था गरिदिनुपर्ने हुन्छन् त्यो पनि चाहिँ विद्यालयको स्वार्थका लागि होइन अभिभावक हरुलाइ नै सहज होस् भनेर हो । केही शैक्षिक सामग्रीहरु अभिभावकलाई जुटाउन नै मुस्किल पर्छ । भनेको बेला पाइँदैन पाए पनि एकै ठाउँमा पाइँदैन अर्डर दिन पर्ने हुन्छ धेरै समय कुर्नुपर्छ त्यसो गरिरहनु भन्दा विद्यालयले आफैले आफ्ना विद्यार्थीहरुको लागि चाहिँने सामग्रीहरु खरिद गर्दा केहि सस्तो पनि पर्न जान्छ अभिभावकहरुलाइ अन्त भौतारिरहनु पनि पर्दैन त्यसैले यो विद्यालयले नाफा खानका लागी होइन अभिभावक हरुलाइ नै सजिलो होस् भनेर गरिएको हो र उहाँहरूले बाहिरै बाट ल्याउनु हुन्छ भने पनि विद्यालयले आफुसँगै किन्नुपर्छ भन्दैनन र भन्न मिल्दैन पनि ।
निजि बिद्यालयहरुमा प्रत्येक शैक्षिकसत्रको सुरुवातमा शुल्क सम्बन्धि विवाद किन आउँछ ?
यो शुल्क सम्बन्धि विवाद चाहिँ आउन नपर्ने हो जस्तो लाग्छ एकाध रूपमा कहिँ कतै त्यो विवाद जायज रूपमा पनि आएको होला तर समग्रतामा हेर्दा बर्सेनि देशमा हरेक कुरामा कर वृद्धि हुन्छ । महँगी बढ्छ । महँगी बढेपछि त्यही अनुसार बिद्यालयले शिक्षक तथा कर्मचारी हरुको तलब बढाउनुपर्ने हुन्छ । प्रशासनिक खर्च वृद्धि हुन्छ ।त्यसलाई बिद्यालय संचालकले घरजग्गा बेचेर तिर्न त सक्दैन त्यसैले केही मात्रामा शुल्क बढ्नु स्वभाविक हो । तर कहिँ कतै अस्वभाविक वृद्धि भएको छ भने त्यसलाई एउटा दायरामा ल्याउन चाहिँ पर्छ ।
अहिलेको शिक्षा प्रणालीले बेरोजगार मात्रै उत्पादन गर्यो भन्छन् नि ?
तपाईंको कुरामा आंशिक सत्यता छ । अझैपनी समयानुकूल शिक्षा प्रणाली लागु गर्ने कुरामा कहिँ कतै चुकेका छौ । जति हुनुपर्ने हो त्यति ब्यबहारिक र प्राविधिक शिक्षा छैन । तथापि शिक्षाले बेरोजगार उत्पादन गर्यो भन्ने कुरा चाहिँ गलत छ । बेरोजगार शिक्षाले भन्दापनि हाम्रो सोचले उत्पादन गरिरहेको छ । हामी देशमा आफ्नो क्षमताले सक्ने काम गर्न लाज मान्छौ तर विदेश गएर जस्तोसुकै काम पनि गर्छौ । देशमा यत्रो स्रोत साधन र सम्भावनाहरु छन् हामी त्यसलाई वास्ता गर्दैनौं हाम्रो कमजोरी यहीँ हो जबसम्म हामीमा देशभित्रै केही गरौं भन्ने सोचको बिकास हुदैन तबसम्म यो समस्या रहिरहन्छ ।
अभिभावकहरुले बिद्यालय छनोट गर्दा कुनकुन पक्षमा ध्यान दिनुपर्छ ?
अभिभावकले बिद्यालय छनोट गर्दा धेरै कुरामा ध्यान पुर्याउनु पर्छ बिद्यालय संचालक तथा बिद्यालय भित्रको टिम कस्तो छ र उहाँहरुको पृष्ठभुमि कस्तो छ । बिद्यालयको भौतिक संरचना शिक्षामैत्री र सुरक्षित छ कि छैन । बिद्यालय व्याबसायिक रूपमा मात्रै संचालन भइरहेको छ कि सेवाको हिसाबले पनि अघि बढिरहेको छ । ब्यबहारिक ज्ञान र संस्कार सिकाइन्छ कि सिकाइँदैन, रिजल्ट कस्तो आइरहेको छ । यी कुराहरूलाई ध्यान दिनुपर्छ ।
बिद्यालयका आगामी योजनाहरु केके छन् ?
आगामी योजनाहरुको कुरा गर्दा हामीले हालै कक्षा ११ सुरुवात गरेका छौ अब आगामी शैक्षिकसत्रदेखि कक्षा १२ मा पनि विज्ञान संकाय, कानुन, ब्यबस्थापन, मानविकी लगायत विभिन्न संकाय थप्ने योजना छ । भौतिक संरचनाहरुको बिकास द्रुत गतिमा गरिरहेका छौ । बिद्यालयलाइ सबै कोणबाट समयानुकूल बनाउँदै लैजाने हाम्रो योजना छ ।
अन्त्यमा…………
अन्त्यमा आगामी शैक्षिकसत्र २०७६ सबैको लागि उपलब्धीमुलक बनोस् । अध्ययनकै लागि विदेशिने परिपाटीको अन्त्य होस् । सम्पुर्ण शिक्षक, विद्यार्थी, अभिभावक र समस्त नेपालीहरुमा नयाँ बर्षको शुभकामना व्यक्त गर्न चहान्छु ।