साङ्ग्रीलाले शिक्षा सँगै असल संस्कार पनि दिइरहेको छ : प्रधानाध्यापक घिमिरे

कुमार घिमिरे नेपालको शिक्षा क्षेत्रमा एउटा परिचित नाम हो उहाँले लामो समयदेखि शिक्षा क्षेत्रको विकासमा योगदान दिँदै आउनुभएको छ । हाल निजि तथा आवासीय बिद्यालयहरुको छाता संगठन प्याब्सन नेपालको महासचिव रहनुभएका घिमिरे काठमाडौको गोकर्णेश्वर नगरपालिका स्थित साङ्ग्रीला बिद्यालयका प्रधानाध्यापक पनि हुनुहुन्छ उनै घिमिरे सँग देशका पछिल्लो शैक्षिक घटनाक्रम र साङ्ग्रीला बिद्यालय सँग सम्बन्धित रहेर ग्लोबल खबर टिमले गरेको कुराकानीको सम्पादित अंश ।

साङ्ग्रीला बिद्यालयको बारेमा संक्षिप्तमा बताइदिनुस न

साङ्ग्रीला बिधालयको स्थापना २०५४ सालमा भयो सुरुमा टंक कार्की र टेकबहादुर कार्की मिलेर संचालन गर्नुभयो त्यसपछि २०६७ सालदेखि हामी थप ३ जना गरि अहिले हामी ६ जना संचालक छौ सुरुमा थोरै विद्यार्थीहरु र सिमित स्रोत साधन बाट सुरु भएको बिधालय अहिले हरेक हिसाबले अब्बल भएको छ ।

बिद्यालयलाई समुदायको सहयोग कस्तो छ ?

अब समुदायको सहयोग बिना त कुनै पनि संघ संस्था चल्न सक्दैनन । म्यानेजमेन्टको सिद्धान्तमा पब्लिक रिलेसन भन्ने हुन्छ । हाम्रो बिधालयलाई समुदायले आफ्नै सोचेर साथ सहयोग दिँदै आइरहेको छ हामी आफै पनि हरेक हिसाबले समुदाय सँग जोडिएका छौ । उहाँहरुले बेला बेलामा हामीलाई गाली पनि गर्नुहुन्छ, सुझाव दिनुहुन्छ त्यो भनेको उहाहरुको हामिप्रतीको विश्वास र मायाले गर्दा हो ।

अभिभावकहरु साङ्ग्रीला सामुदायिक बिद्यालयप्रती विश्वसनीय हुने आधारहरु केके छन् ?

पहिलो कुरा त बिश्वास हो । पहिलो कुरा सुरक्षाको हिसाबले हाम्रो बिद्यालय प्रति अभिभावकहरु ढुक्क हुनुहुन्छ । दोस्रो सानो तहका बालबालिकाहरुलाइ पनि राम्रो हेरचाह छ । कतिपय कमजोर विद्यार्थीहरुलाइ अलि केन्द्रित गरेर पढाइरहेका छौ । तेस्रो कुरा हामी शिक्षण क्रियाकलापका अलवा अतिरिक्त क्रियाकलाप हरुमा पनि उत्तिकै महत्त्व दिइरहेका छौ । अर्को कुरा भनेको हामी अभिभावक हरुको सुखदुःख का साथी बनिरहेका छौ उहाँहरुको पिर ब्यथा सँगसँगै छौ त्यसैले एउटा भावनात्मक सम्बन्ध पनि छ । अर्को कुरा हामी लामो समयदेखि शिक्षा क्षेत्रमा क्रियाशिल एउटा टिम छौ । म आफै पनि शिक्षा क्षेत्रमा लागेको २५ बर्ष भइसक्यो एउटा आधार त्यो पनि हो । उहाँहरूले हामी प्रति विश्वास गरेर आफ्नो बालबालिका हामीलाई जिम्मा लगाउनु भएको छ भने हामीले उहाँहरूको विश्वासलाई तोडनु हुँदैन र हामीले अहिलेसम्म त्यो विश्वासलाई जोगाउँदै आइरहेका पनि छौ त्यसैले नै अहिलेसम्म उहाँहरुले हामीलाई यतिधेरै माया र विश्वास गर्नुभएको छ विश्वास जितेर नै हामी चलिरहेका छौ ।

बिद्यालयले अहिलेसम्म गरेका राम्रा अभ्यासहरु केके हुन् ?

राम्रा अभ्यास भन्दाखेरी हामी यहाँ विद्यार्थीहरुलाइ ज्ञान मात्रै होइन असल संस्कार पनि दिइरहेका छौ । हामी हाम्रा विद्यार्थीहरुलाइ फगत किताबी ज्ञान मात्रै दिइरहेका छैनौ तल्लो कक्षाहरुमा बालमनोविज्ञान अनुसार मन्टेश्वरी पद्धतिबाट पढाइरहेका छौ त्यस्तै सबै कक्षाका विद्यार्थीहरुलाइ नृत्य र योगा सिकाइरहेका छौ त्यस्तै नेतृत्व क्षमताको बिकास गर्न सहयोग पुग्ने खालका कार्यक्रम हरु गर्ने सामाजिक उत्तरदायित्व बहन गर्न सिकाइरहेका छौ । समय समयमा अभिभावकहरु साथै स्थानीय समुदाय र राजनीतिक दलहरू सँग अन्तर्क्रीया गर्ने हरेक कार्यक्रम गर्दा समुदायमा जोडिएर गर्ने लगायतका धेरै कामहरू हामीले गरिरहेका छौ

प्रत्येक बर्ष शैक्षिकसत्रको सुरुमा अभिभावकहरुलाइ बिद्यालय छनोट गर्न दोधार हुने गर्छ राम्रा बिद्यालयहरु छनोट गर्ने आधार केके हुन् ?
बिधालय छनोट गर्ने अभिभावकहरूले धेरै कुरामा ध्यान पुर्याउनु पर्ने हुन्छ । पहिलो कुरा त बिद्यालयमा आफ्नो बालबालिका सुरक्षित हुन्छन् कि हुँदैनन् । दोस्रो कुरा सकेसम्म टाढा भन्दा आफ्नो नजिकको बिधालय छनोट गर्नुपर्यो । उक्त बिधालय आफ्नो आर्थिक स्थितिले धान्ने छ कि छैन त्यसपछि बिधालय संचालकहरुको पृष्ठभुमि बुझ्नुपर्यो, बिधालयले अभिभावकहरुको गुनासो सम्बोधन कत्तिको गर्छ यी आधारलाई हेरेर छनोट गर्दा उपयुक्त हुन्छ ।

बिद्यालयले यस क्षेत्रमा के कस्तो प्रभाव पारिरहेको छ ?

एउटा बिद्यालय समाजमा स्थापित भएपछि समाजले त्यो बिद्यालयबाट विभिन्न अपेक्षा गरेको हुन्छ पहिलो कुरा हामीले निम्न आय भएका विद्यार्थीहरुलाइ छात्रवृत्ति प्रदान गरेका छौ । अर्को कुरा केही सामाजिक संस्थाहरुले असहाय र निम्न आय भएका विद्यार्थीहरुलाइ संस्थामा राखेर अभिभावकत्व प्रदान गर्नुभएको छ ती बालबालिका हामी कहाँ पढ्छन् । उहाँहरुले हामी बाट छात्रवृत्तिको अपेक्षा गर्नुहुन्छ । त्यसैले विदेशीहरुले त आएर अभिभावकत्व निर्वाह गरिरहनु भएको छ भने हामीले पनि केही गरौं भनेर छात्रवृत्ति प्रदान गरेका छौ । त्यसबाट आर्थिक रूपमा हामीलाई अलि कठिनाइ भएपनि एकखाले आत्मसन्तुष्टि चाहिँ मिलेको छ । साथै समाजमा हुने हरेक गतिविधि हरुमा बिद्यालयले पुर्याउन पर्ने भुमिका हामीले पुरा गरेका छौ ।

बिद्यालयका आगामी योजनाहरु केके छन् ?

आगामी योजनाहरुको कुरा गर्दा अब केही बर्ष भित्र हामी प्लस टु संचालनको तयारीमा छौ । दोस्रो कुरा हामी पुर्व-प्राथमिक तहमा मन्टेश्वरी प्रणालीअनुसार शिक्षण सुरुवात गर्दै छौ । बाँकी नियमित क्रियाकलापहरुमा भएका कमजोरी हरु सुधार गर्दै जाने कुरा त छँदैछ ।

अन्त्यमा…………
अन्त्यमा सम्पुर्ण अभिभावक लगायत शिक्षा सँग सरोकार राख्ने सबैलाई एउटा अनुरोध । अरुले भनेको भरमा निर्णय नगरौ बिद्यालय छनोट गर्दा बुझेर । राम्रोसँग सबै कुराको सोच विचार गरेर छनोट गरौं । बाध्यात्मक परिस्थितिमा बाहेक बिद्यालय परिवर्तन नगरौ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *