मनकामनालाई राष्ट्रिय स्तरको बिद्यालय बनाउन लागिरहेका छौ : जनन देवकोटा

मनकामना स्कुल काठमाडौको पुर्वी भेगमै अग्रणी बिद्यालयको रूपमा रहेको छ । आफ्नो यही पहिचानलाई राष्ट्रिय स्तरमा परिचित गराउने उदेश्यका साथ लागिरहनु भएको छ जनन देवकोटा । २०४३ सालमा जन्मिनु भएको देवकोटाले बिद्यालय लेभलको अध्ययन मनकामना स्कुलबाट पुरा गर्नुभयो , सेन्ट जेभियर कलेजबाट प्लस टु र युके बाट एसिसीए गर्नुभएका देवकोटा अहिले सिफए गर्दै हुनुहुन्छ । उनै देवकोटा सँग मनकामना स्कुल र देशको समग्र शैक्षिक स्थितिको पेरिफेरिमा रहेर ग्लोबल खबर डट कम ले गरेको कुराकानीको सम्पादित अंश –

मनकामना स्कुलको संक्षिप्त पृष्ठभुमि बताइदिनुस न
मनकामना स्कुलको २०३८ सालमा स्थापना भएर अहिले पुर्वी भेगमा उत्कृष्ट स्कुल भएको छ अहिले स्कुल लेभलमा १२०० विद्यार्थी छन् । प्लस टु, ब्याच्लर र मास्टर्स मा १५०० विद्यार्थी छन् र सबै गर्दा २७०० बढी विद्यार्थी छन् । र नर्सरी देखि मास्टर्स सम्म पढाइ हुने अग्रणी संस्थाको रूपमा मनकामना रहेको छ ।

अहिलेसम्म आइपुग्दा के कस्ता चुनौतीहरु सामना गर्नुपर्यो ?
सुरुवाती चरणमा मनकामना स्कुललाई स्थापित गर्नु नै चुनौती थियो । ती सबै चुनौतीहरु सामना गर्दै यहाँसम्म आइपुगियो । पछिल्लो समयमा अझै बढी चुनौती बढ्दो छ प्रतिस्पर्धा बढी छ सरकारको तर्फबाट नै पनि निजि क्षेत्रलाई त्यति राम्रो सहयोग छैन । यी सबै चुनौतीहरु सँग लड्दै भएपनि सबैको बिश्वास जित्न सकेका छौ ।

विद्यार्थी र अभिभावकहरुले मनकामना रोज्ने कारण किन ?
मैले एक वाक्यमा भन्नुपर्दा विद्यार्थी र अभिभावकहरुले मनकामना रोज्ने कारण स्तरीय शुल्कमा गुणस्तरीय शिक्षा हो । हामीले सबै खाले अभिभावकहरुले धान्न सक्ने शुल्क छ । मनकामना जहाँ तपाइँहरूको अभिभावक र विद्यार्थीहरुको मनको कामना पुरा हुन्छ । पढाइ सँगसँगै हामीले विभिन्न अतिरिक्त क्रियाकलापहरु संचालन गरिरहेका छौ । हामीले पढाई सँगसँगै संस्कार र ब्यबहारिक ज्ञान पनि दिइरहेका छौ ।

जोरपाटी भेगमा मनकामना स्कुलको प्रभाव कस्तो छ ?
मनकामना स्कुल यो भेगकै पुरानो स्कुल हो । आज मनकामना मा पढाउने र पढ्नेहरुले नै वरिपरि धेरै बिद्यालयहरु संचालन गर्नुभएको छ त्यस अर्थमा मनकामना स्कुल अग्रणी शैक्षिक संस्था हो । यो कुरालाई स्वयं उहाँहरुले नै स्विकार्नु भएको छ । त्यसबाट नै यसको प्रभाव मुल्यांकन गर्न सकिन्छ जस्तो लाग्छ । अर्को कुरा मैले अघि पनि भनिसके मनकामना त्यस्ता थोरै शैक्षिक संस्थाहरुमा पर्छ जसले नर्सरी देखि मास्टर्स लेभल सम्मको शिक्षा प्रदान गरेको छ । त्यसैले जोरपाटी क्षेत्रमा मनकामनाको प्रभाव एकदम राम्रो छ ।

आजभोलिका विद्यार्थीहरु क्रीएटिभ भएनन् भन्छन् नि ?
तपाईंको कुरामा आंशिक सत्यता छ । कतिपय अवस्थामा विद्यार्थी शिक्षकहरु परिक्षा केन्द्रित भएको देखिन्छ । विद्यार्थीलाई पढाइरहँदा कहिलेकाही उसले पहिल्यै परिक्षामा आउँछ कि आउँदैन भनेर सोध्छ । तर त्यति मात्र पनि होइन कतिपय अवस्थामा फेरि नयाँ पुस्ता धेरै सक्रिय र जिज्ञासु अनि प्रविधिसँग परिचीत छन् ।

निजि बिद्यालयहरुलाइ प्रत्येक शैक्षिकसत्रको सुरुवातमा शुल्क बढाएको आरोप लाग्ने गरेको छ नि ?
अब यो कुरा बिद्यालयहरु अनुसार फरकफरक हुनसक्छन् । मासिक ३० हजार बढी लिने बिद्यालय पनि छन् र मासिक ३ हजारमात्र लिने बिद्यालय पनि छन् । हाम्रो बिद्यालयको कुरा गर्दा हामी प्रत्येक २ बर्षमा एकपटक शुल्क बढाउँछौ । हामीले शुल्क कति लियो भन्दापनी शुल्क अनुसारको उपलब्धि प्राप्त भएको कि भएन भन्नेकुरामा चाहिँ बढी ध्यान दिँदा राम्रो हुन्छ जस्तो लाग्छ । पछिल्लो समयको कुरा गर्दा सरकारले सामाजिक सुरक्षा नीति ल्याएको छ ।त्यसले पनि खर्च बढेको छ । प्रत्येक बर्ष शिक्षकहरूको सेवा सुबिधा बढाउन पर्ने हुन्छ । अन्य खर्चहरु पनि बढ्छन त्यसैले पनि अलिअलि शुल्क बढ्नु अस्वभाविक होइन जस्तो लाग्छ ।

मनकामना स्कुलको आगामी योजनाहरु केके छन् ?
मनकामना स्कुल आगामी योजनाहरुको कुरा गर्दा अहिले भइरहेका शैक्षिक गतिविधि र अन्य क्रियाकलापहरुलाइ समयानुकूल र परिस्कृत गर्दै लैजाने कुरा त छँदैछ । त्यो बाहेक यो भेगमा त हामीलाई सबैले चिन्छ्न सबैले पहिलो नम्बरको रूपमा स्वीकार गरेका पनि छन् । तर हाम्रो उदेश्य यतिमात्र होइन अबको योजना राष्ट्रिय स्तरमा नै आफ्नो एउटा पहिचान र स्थान बनाउने रहेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *