गोकर्णेश्वर लाइट एकेडेमीले शिक्षा सँगै असल संस्कार पनि दिइरहेको छ : प्रीन्सिपल आचार्य

प्रत्येक शैक्षिकसत्रको सुरुवातमा बिद्यालयहरुले विद्यार्थी भित्र्याउन आकर्षक बिज्ञापन र ठुला ठुला नारा लगाउने गर्छन् । अभिभावकहरुलाई बिद्यालय छनोट गर्न दोधार हुने गर्छ यिनै बिषयका साथै बिद्यालयको बारेमा केन्द्रित रहेर गोकर्णेस्वर लाइट एकेडेमीका प्रेन्सिपल सौर्य आचार्य सँग ग्लोबल खबर डट कमले गरेको कुराकानीको सम्पादित अंश –

गोकर्णेस्वर लाइट एकेडेमीको संक्षिप्त पृष्ठभुमि बताइदिनुस न

गोकर्णेश्वर लाइट एकेडेमीको स्थापना २०६४ सालमा भयो सुरुमा हामीले नर्सरी बाट सुरुवात गरेका थियौ । बिस्तारै हामीले माथिल्लो तहसम्म ल्यायौ । २०७१ सालबाट हामीले एसईई परिक्षामा सहभागी भयौ । सुरुमा बिद्यालय सुरुवात गर्दा बस्ती पनि पातलो थियो । वरिपरि धेरै बिद्यालयहरु पनि थिएनन् र हामीले स्थानीय स्तरमा नै गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले सुरु गर्यौ । सुरुमा थोरै विद्यार्थीहरु र सिमित स्रोत साधन बाट सुरु भएको बिधालय अहिले हरेक हिसाबले अब्बल भएको छ ।

बिद्यालयले गरेका राम्रा अभ्यासहरु केके हुन् ?

राम्रा अभ्यास भन्दाखेरी हामी जहिलेबाट बिद्यालय सुरुवात गर्यौ त्यही बेलादेखि मुख्य रूपमा विद्यार्थीहरुलाइ पढाइका साथसाथै नैतिक रूपमा कसरी सबल बनाउने र सामाजिक व्यबहारमा समाजमा कसरी घुलमिल गराउने भनेर विभिन्न अतिरिक्त क्रियाकलाप शैक्षिक गतिविधि, खेलकुद सँगै समुहमा मिलेर काम गर्ने बानिको बिकास गर्छौ र शिक्षा सँगसँगै असल संस्कार र आचरण पनि गोकर्णेस्वर लाइट एकेडेमीले विद्यार्थीहरुलाइ दिइरहेको छ ।

अभिभावकहरुले विद्यार्थीका लागी चाहिने शैक्षिक सामाग्री देखि पोसाक सबै बिद्यालय बाट नै खरिद गर्नुपर्ने किन ?
यो काम हामीले गरेका छैनौं हामीले प्रत्येक बर्ष विद्यार्थीहरुको लागि आवश्यक पर्ने शैक्षिक सामग्री हरु र त्यसको मापदण्ड तोकिदिन्छौ त्यसपछि उक्त सामग्रीहरु अभिभावकले आफ्नो अनुकूलता अनुसार जहाँबाट पनि खरिद गर्न स्वतन्त्र हुनुहुन्छ । तर केहि केही सामाग्रीहरु चाहिँ बिद्यालयले नै ब्यबस्था गरिदिनुपर्ने हुन्छन् त्यो पनि चाहिँ विद्यालयको स्वार्थका लागि होइन अभिभावक हरुलाइ नै सहज होस् भनेर हो । केही  शैक्षिक सामग्रीहरु अभिभावकलाई  जुटाउन नै मुस्किल पर्छ । भनेको बेला पाइँदैन पाए पनि एकै ठाउँमा पाइँदैन अर्डर दिन पर्ने हुन्छ धेरै समय कुर्नुपर्छ त्यसो गरिरहनु भन्दा विद्यालयले आफैले आफ्ना विद्यार्थीहरुको लागि चाहिँने सामग्रीहरु खरिद गर्दा केहि सस्तो पनि पर्न जान्छ अभिभावकहरुलाइ अन्त भौतारिरहनु पनि पर्दैन त्यसैले यो विद्यालयले नाफा खानका लागी होइन अभिभावक हरुलाइ नै सजिलो होस् भनेर गरिएको हो र उहाँहरूले बाहिरै बाट ल्याउनु हुन्छ भने पनि विद्यालयले आफुसँगै किन्नुपर्छ भन्दैनन र भन्न मिल्दैन पनि ।

अभिभावकहरु गोकर्णेस्वर लाइट एकेडेमी प्रति विश्वसनीय हुने आधारहरू केके हुन् ?

हुन त सबैले राम्रा राम्रा आकर्षक नारा दिने गर्छन् तर मुख्य त ब्यबहारिक पक्षलाई ध्यान दिनुपर्ने हुन्छ । अभिभावकहरु गोकर्णेस्वर लाइट एकेडेमी प्रति बिस्वस्निय हुने आधार भन्नुपर्दा हामीले अहिलेसम्म प्राप्त गरेका नतिजाहरु हुन जहिले बाट हामीले एसईई परिक्षामा सहभागी भयौं हामीले प्रत्येक बर्ष उत्कृष्ट नतिजा प्राप्त गरेका छौं । अतिरिक्त क्रियाकलापको कुरा गर्दा अहिलेसम्म हामी जति पनि प्रतियोगिता हरुमा सहभागिता जनाएका छौ पदक विहिन हुनुपरेको छैन। त्यसैले अभिभावकहरुले हामी प्रति विश्वास गरेर आफ्नो बालबालिका हामीलाई जिम्मा लगाउनु भएको छ र हामीले अहिलेसम्म त्यो विश्वासलाई जोगाउँदै आइरहेका पनि छौ त्यसैले नै अहिलेसम्म उहाँहरुले हामीलाई यतिधेरै माया र विश्वास गर्नुभएको छ विश्वास जितेर नै हामी चलिरहेका छौ ।

अभिभावकहरुले बिद्यालय छनोट गर्दा कुनकुन पक्षमा ध्यान दिनुपर्छ ?

बिद्यालय छनोट गर्ने कुरामा हाम्रो एउटा गलत प्रवृत्ति छ कि हामी बिद्यालयको भौतिक संरचनाको आधारमा बिद्यालयको मुल्यांकन गर्छौ । भौतिक संरचना राम्रो हुन साथ राम्रो भन्ने सोच्छौ हुन त भौतिक संरचना पनि उपयुक्त हुनुपर्छ तर भौतिक संरचनाको आधारमा मात्रै मुल्यांकन गर्नु गलत हुन्छ कतिपय भौतिक संरचना राम्रो भएका बिद्यालय हरुमा पनि शैक्षिक क्रियाकलाप र अन्य गतिविधि हरु राम्रो नहुन सक्छ कतिपय भौतिक संरचनाका हिसाबले मध्यम भएका बिद्यालयहरुमा पनि त्यसभित्र हुने शैक्षिक क्रियाकलाप र अन्य गतिविधिहरु उत्कृष्ट हुनसक्छन् । त्यसैले अभिभावकले बिद्यालय छनोट गर्दा त्यसभित्रको वातावरण शैक्षिक क्रियाकलाप अतिरिक्त क्रियाकलाप हरुको सहभागिता सबै हेर्नुपर्ने हुन्छ ।त्यस्तै बिद्यालय संचालकहरुको पृष्ठभुमि बुझ्नुपर्यो, बिधालयले अभिभावकहरुको गुनासो सम्बोधन कत्तिको गर्छ यी आधारलाई हेरेर छनोट गर्दा उपयुक्त हुन्छ ।

बिद्यालयका आगामी योजनाहरु केके छन् ?
आगामी योजनाहरुको कुरा गर्दा अहिले जे छ र जे गतिविधिहरु भइरहेका छन् त्यसलाई अझै परिस्कृत गर्दै र बढाउँदै लैजाने हो । अबको शैक्षिकसत्रदेखि हामीले विद्यार्थीहरुलाइ अझै बढी ब्यबहारिक पक्षमा केन्द्रित गरेर लैजाने योजना बनाएका छौं। विद्यार्थीहरुले बिद्यालयमा पाठ्यपुस्तकमा पढेका धेरै कुराहरू ब्यबहारिक जिवनमा अनुभुती गर्न पाइरहेका हुँदैनन् । जस्तै कृषि सम्बन्धि पाठ्यपुस्तकमा धान खेतीको बारेमा पढेको छ भने उसलाई धान खेतिको बारेमा सैद्धान्तिक ज्ञान हुन्छ तर ब्यबहारिक रूपमा केही जान्दैन । त्यसैले हामीले आउने बर्षदेखी थप जग्गा लिएर विद्यार्थी हरुले पढेका कुराहरुलाइ त्यहाँ ब्यबहारिक रूपमा सिक्ने वातावरण निर्माण गर्दैछौ ।

अन्त्यमा…………
अन्त्यमा सम्पुर्ण शिक्षक, विद्यार्थी, अभिभावक र समस्त नेपालीहरुमा नयाँ बर्षको शुभकामना । बिद्यालय छनोट गर्दा लहडमा लागेर आकर्षक बिज्ञापनको आधारमा छनोट नगर्नुहोला ।बिद्यालयको पृष्ठभुमि, शैक्षिक क्रियाकलाप, नतिजा सबै विचार गरेर आफ्नो अनुकूल र उपयुक्त हुने बिद्यालय रोज्नुहोला ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *