सिकाइको लागी पर्याप्त वातावरण सुदेशा स्कुलमा छ : डाइरेक्टर लोहनी

मधु लोहनी सुदेशा स्कुल नख्खु ललितपुरपुरका डाइरेक्टर हुनुहुन्छ। लोहनी प्याब्सन केन्द्रका सचिब पनि हुनुहुन्छ । प्रस्तुत छ ग्लोबल खबर डटकमले लोहनी सँग गरेको कुराकानीको सम्पादित अंश :

सुदेशा स्कुलको बारेमा बताइदिनोस न ?
सुदेशा स्कुल वि स २०४१ सालमा स्थापना भएको हो । सुरुमा ललितपुरको भनिमंडलमा थियो अहिले नख्खुमा छ । आफ्नै इन्फास्ट्रक्चर सुबिधासम्पन्न पुर्वाधार सहित संचालित छौँ । नर्सरी देखि दश कक्षा सम्म पढाइ हुन्छ । विद्यार्थीहरुको विकाश प्रक्रिया प्रयत्न , दक्षता हासिल गर्न हुनुपर्दछ भन्ने हाम्रो स्कुलको मान्याता हो । सिकाइ कार्यकलापहरु विद्यार्थीको रुचिमा केन्द्रीत हुनुपर्छ । सिकाइहरु विद्यार्थी ले इन्जोय गर्ने हुनुपर्दछ ।

सिकाइका उद्देश्यहरुको कुरा गर्दा विद्यार्थीको सिकाइ र विकास उनिहरुको आघेको जिबनलाई सजिलो हुने हुनुपर्दछ भन्छौ । त्यसका लागि युनेस्कोले विशेषत 21 सेन्चुरी लर्निङ स्किल भन्छ । यो शताब्दीमा हुर्कदै गरेको बच्चालाई के चाहिन्छ बाच्नको लागि , युनिभर्सको संरक्षण गर्नको लागी , आफू र आफ्नो समाज कल्याणको लागी ,मानव हितका लागी के चाहिन्छ भन्दा बेसिकल्ली हामिले फो सि भन्छौ । क्रियटिभिटी , कृटिकल थिन्किङ , कोल्याब्ररेसन र कम्युनिकेसन यो चार वटा गुणहरुको विकाश गर्ने कुरालाई प्राथामिकतका साथ सिकाई उपलब्धिमा लैचान्छौँ। नो डाउट त्यसका लागी कन्टेन्ट थ्री आर भन्छौ अर्थोमेटिक लिक्ट्रेचर , र क्याङ्वेजका कुरा आइनै हाल्छ । समाज बुझ्न जरुरी छ । हामिले विद्यार्थी लाई पेडागोलोजिका हिसाबले फ्रेन्डी , सिकाई सीप हुनेखाले र अर्को चाहिँ डिजाइन मेकिङ भन्छौं ।

अभिभावक र विद्यार्थीको रोजाईमा सुदेशा स्कुल किन परेको होला ?
विद्यार्थी लाई बिद्यालय पठाउने कुनै संस्कार धान्नका लागी होईन । राज्यको कानुन मान्नका लागी पनि होइन । देखिँदा त्यस्तो देखिएला । विद्यार्थीलाई बिद्यालय पठाउने भनेको चाहिँ भोलि उस्लाई जिबनयापन गर्न सहज होस भन्नको लागी हो । त्यसलाई सूत्रबद्ध गरेर २१ सेन्चुरी लर्निङ भित्रका उद्देश्य जे हुन । सिकाइका लागी चाहिने कम्पोनेन्ट जे हुन । त्यसका लागी यो दर्शन बुझेको बिद्यालय सुदेशा स्कुल , ब्यबस्थापन , शिक्षक साथीहरू , बिद्यालय प्रसासन , सिङ्गो बिद्यालय प्रणाली यो दर्शन बाट गाइडेड छ । सुदेशा स्कुल के कुरामा बिस्वास गर्छ भने विद्यार्थीहरु बिद्यालय जादै गर्दा उनिहरु पाठ्यक्रम या सिकाइको परम्पराको लागी या घरमा राख्दा चकचक गरे स्कुल पठाउदा सेटल हुन्छन् भन्नका लागी न कानुन पालना गर्न लागी यी यस्ता कुराका लागी विद्यार्थी बिद्यालय जाने होइन । आगेको जीवन सहज बनाउन हो । त्यो सजिलो बनाउनका लागी वातावरण निर्माण गर्ने काम सुदेशा स्कुलले बुझेको छ । त्यसमा कार्यरत छ । त्यतातिर प्रयत्नरत छ । त्यतातिर अभिभावक , विद्यार्थी र सिङ्गो समाजसँग सहकार्य गर्ने बिधि स्थापित गरेको छ । त्यसका लागी सुदेशा स्कुलमा विद्यार्थी आइरहेका छ्न भन्ने मेरो बुझाइ छ ।

आजभोलिका विद्यार्थी क्रियटिभ भएनन भन्छ्न नि ?
मानिसको पोट्यान्सियालिटिलाइ सहि ढंगले प्रयोग हुन दिएनौँ । या भएको कुरालाई अनुसन्धान गर्न सकेनौं । अबलोकन गर्न सकेनौं । बुझ्न सकेनौं । प्रकृति बाट वातावरण बाट सिक्ने हो । बक्ताले भनेको कुरा बाट श्रोताले सिक्ने होइन । सुन्ने मात्र हो । सुन्नु र सिक्नु फरक हो । श्रोताले सुन्नु भनेको सिक्नु होइन । बच्चाले सिक्ने भनेको गुरुबाट सुनेर होइन । बच्चाहरुले आफ्नो ढंगले सिकिरहेका हुन्छ्न । हो अब यहाँ सिकाउछु भनेर लागेका मान्छेले चाहिँ सिकाइरहेको छैन । सुनाई रहेको छ । सिक्छु भनेर जो लागेको छ उसले त्यो कारणले गर्दा नसिकेको जस्तो देखिया छ । त्यसमा बच्चाको दोष देख्दिन । ठुलो मानिसहरुले शिक्षक, अभिभावकले आफ्नो भुमिका परिवर्तन गर्न जरुरी छ । बच्चाले के सिक्न आबस्यक छ । त्यो हामिले पहिचान गर्नुपर्छ । र त्यसका लागी वातावरण मिलाइदिनु पर्यो । बच्चा सँग के सिक्न सक्ने क्षमता छ । रुचि के छ । त्यो हामिले छुट्याउन सक्नु पर्छ । बच्चा सँग प्रचुर क्षमता छ ।

अभिभावकले स्कुल रोज्दै गर्दा के के कुरामा ध्यान दिनुपर्छ होला ?
अभिभावकले हेर्दा विद्यार्थी डन्दित हुने खालको लानु भएन । विद्यार्थीको राम्रो हेरचाह हुने ठाउँमा लानु पर्यो । विद्यार्थीको सुक्ष्म ढङ्गले सहि मुल्यांकन गर्ने शिक्षक , ब्यबस्थापन भएको ठाउँमा ल्यैजानुपर्दछ । जहाँ जिम्मेवार पुर्वक ढंगले विद्यार्थीका गतिविधि हेरुन । र त्यो गतिविधिहरुमा चित्त बुझेन भने ठाडो हस्तक्षेप गर्ने या बल प्रयोग गर्ने होइन कि छलफल गरेर अनुपयुक्त कसरी भयो भनेर छलफल गर्ने वातावरण सिर्जना गरून् त्यस्ता ठाउँ रोज्नु पर्दछ ।

न्युनतम पुर्वाधार चाहिन्छ । सुरक्षीत वातावरण चाहिन्छ । धेरै टाढाको दुरिमा लानु हुदैन । ब्रान्डिङ्का नाममा , हल्लाका पछि लागेर भिडका पछि दौडिन जरुरी छैन । शौचालय राम्रो हुनु पर्यो । धेरै अभिभावक ले बिद्यालयको फोटो या बाहिर बाट बिल्डिङ मात्रै हेर्नू हुन्छ । त्यो बिद्यायको सौचालय कस्तो छ । नियमित सरसफाई हुन्छ कि हुदैन । खाना खाजा पकाउने ठाउँ कस्तो छ । खाजाको के व्यवस्था छ । बस्ने बेन्च , कार्पेट कस्तो छ । खेल्ने ठाउँ पर्याप्त छ कि छैन । त्यो ठाउँ भित्र आफ्नो बच्चालाई खेल्न उपयुक्त छ कि छैन ।

बिद्यालय प्रशासन , ब्यबस्थापन , शिक्षक कतिको जिम्मेवार , जवाफदेही छ्न कि छैनन त्यो हेर्नू पर्दछ । निजि स्कुल रोज्दा आफ्नो आर्थिक हैसियत हेर्नुपर्छ । किताबको बोझ बोकाउने होइन । समग्र बिकास गर्ने ठाउँ खोज्नुपर्छ । त्यसैगरि सिकाईको दर्शन त्यो बिद्यालयको ब्यबस्थापन र शिक्षकहरुले के बुझेका छ्न । त्यो बुझेर मात्रै बिद्यालय रोज्नु पर्छ ।

निजि बिद्यालय ले प्रत्येक शैक्षिकसत्रमा शुल्क वृद्धि गरेर अभिभावकको ढाड सेक्ने गर्दछ्न भन्ने आरोप छ , के भन्नू हुन्छ ?
मलाई कस्तो लाग्छ भने सतहमा त जे जे बुझेपनी हुन्छ । तर शिक्षण कार्यकलापमा पनि अरु क्षेत्रको जस्तै लागत लाग्छ । त्यो लागत बिद्यालय शिक्षामा पनि छ । हामिकोमा विद्यालय शिक्षामा लागतको हिसाबले तीन खालको स्थितिको परिकल्पना गरिएको छ । सब्सिडाइज यसमा सरकारी बिद्यालय पर्दछ्न । जति लागत लागेको छ त्यो सरकारले बेहोर्छ । अर्को कस्ट रिकभर जति लागत लाग्छ त्यो हिसाब गर्ने हो । त्यो लागत अभिभावक सँग जोडिन्छ । यो लागत परिपुरन को सिद्धान्त हो । अर्को कस्ट प्लसको सिद्धान्त यसमा अभिभावकमा जति लागत पर्न आउँछ । स्कुल र विद्यार्थीको अन्य वृद्धि बिकासको लागि थप केही लागत अभिभावकले ब्यहोर्नुपर्छ ।

मलाई के लाग्दैन भने जथाभावी शुल्क अशुलेका छ्न , अभिभावक को ढाड सेकेका छ्न । यस्ता खालका कुरा सान्दर्भिक लाग्दैन । बिद्यालयले पनि त्यस्ता कुरा गर्नु हुदैन । अर्को कुरा खुला बजारमा कसैले बढी शुल्क लिगेको छ भने अभिभावकमा रोजाईको थुप्रै अप्सन हुन्छ । महङ्गो स्कुल नलगी आफ्नो पहुँचमा आफ्ना बच्चा भर्ना गर्नुपर्दछ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *