अस्कल क्याम्पसलाई शिक्षा क्षेत्रको आकर्षणको केन्द्र बनाउँछु : क्याम्पस प्रमुख कर्ण

देशका सरकारी विद्यालय तथा क्याम्पस हरुको नतिजा दिनप्रतिदिन खस्किँदो छ । ब्यबहारिक र जिवनपयोगी शिक्षा प्रणाली छैन । क्याम्पसहरु राजनैतिक भागबन्डामा चलेका छन् । यिनै विषयहरूमा केन्द्रित रहेर अमृत साइन्स क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख उमाकान्त लाल कर्ण सँग ग्लोबल खबर डट कमले गरेको कुराकानीको सम्पादित अंश

क्याम्पस प्रमुखको जिम्मेवारी पाउनुभएको छ आगामी योजनाहरु केके छन् ?
सबैले विश्वास गरेर क्याम्पस प्रमुख जस्तो महत्त्वपूर्ण जिम्मेवारी प्रदान गर्नुभएको छ त्यसैले उहाँहरुको विश्वासलाई पुरा गर्नुपर्ने छ । क्याम्पसमा भइरहेका राम्रा कामहरूको निरन्तरता र केहि सुधार गर्नुपर्ने कुराहरू छन् तिनीहरुको सुधार गर्छु । समय धेरै परिवर्तन भइसक्दा पनि क्याम्पसका कतिपय भौतिक संरचना पुरानै छन् । अझ त्यसमा भुकम्पको असर पनि छ । त्यसैले भौतिक संरचना निर्माणका लागि पहल गर्नेछु र क्याम्पसलाई प्राज्ञिक थलो बनाउन लाग्नेछु ।

विज्ञान संकायको देशको पुरानो र ठुलो क्याम्पसको नतिजा सन्तोषजनक छैन नि ?
तपाईंले भन्नुभएको आशिंक कुरा सहि हो देशमा अहिले धेरैजसो सरकारी स्कुल, क्याम्पस हरुको नतिजा राम्रो छैन । त्यसको असर अमृत साइन्स क्याम्पसमा पनि छ । तर पुरै तपाईंले भनेजस्तै निराशाजनक नतिजा पनि छैन । हामी अब यसलाई सुधार गर्दै अघि बढ्नेछौ ।

उत्पादित जनशक्ति सैद्धान्तिक रूपमा सक्षम तर प्रयोगात्मक रूपमा कमजोर किन ?
अमृत साइन्स क्याम्पसमा अध्ययन गरेको विद्यार्थी प्रयोगात्मक रूपमा पनि त्यति कमजोर छैनन् । केही प्राविधिक कारणहरु, प्रयोगशालामा कहिलेकाही केही सामग्री अभाव या यस्तै यस्तै कारणहरुले गर्दा शतप्रतिशत नहुन सक्छ तर हाम्राे उत्पादन प्रयोगात्मक रूपमा पनि उतिकै सक्षम छन् ।

क्याम्पस प्राज्ञिक थलो भन्दा पनि राजनीतिक कारखाना बन्यो, नियुक्तिका लागि क्षमता भन्दापनी पार्टी कार्यालय धाउने परिपाटी बस्यो किन होला ?
यसमा सबैको दोष छ, राजनीतिक पार्टीहरु र सरोकारवाला निकायहरूले आफ्नो पार्टीको सदस्यता लिएको र नलिएको आधारमा भन्दा क्षमताको आधारमा नियुक्ति दिए र प्राध्यापक हरु आफै पनि नियुक्तिका लागि कुनै पार्टीको कार्यालय नधाउने हो भने यसको समाधान हुन्छ जस्तो लाग्छ

अबको शिक्षा कस्तो हुनुपर्छ ?
हामी एक्काइसौं शताब्दीमा आइपुग्दा पनि हाम्रा पाठ्यक्रम, शिक्षा प्रणाली र शैक्षिक क्रियाकलापहरु समयानुकूल छैनन् । अब हामीले एउटा दीर्घकालीन योजना बनाएर शिक्षालाई समयानुकूल र ब्यबहारिक बनाउँदै लानुपर्छ यसको लागि सरकार, शिक्षा मन्त्रालय, स्कुल तथा क्याम्पसहरु समन्वय गरेर एकैपटक अघि बढ्नुपर्छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *