आदिवासी जनजातिहरूले आफ्नो अधिकार प्राप्तिका लागि फेरि संघर्ष गर्ने बेला आएको छ: पेमा ह्योल्मो

पेमा ह्योल्मो सामाजिक तथा राजनीतिक क्षेत्रमा क्रीयाशिल नाम हो सिन्धुपाल्चोकको हेलम्बुमा जन्मिनुभएका ह्योल्मो वैचारिक रूपमा नेपाल कम्युनिस्ट पार्टीमा आवद्ध हुनुहुन्छ केही समय अघिमात्र नेपाल ह्योल्मो समाज सेवा संघको पाँचौ अधिवेशनबाट अध्यक्ष निर्वाचित हुनुभएको ह्योल्मो सँग ह्योल्मो समुदायको संस्कृति र पहिचान साथै समसामयिक विषयमा ग्लोबल खबरले गरेको कुराकानीको अंश ।

तपाई नेपाल ह्योल्मो समाज सेवा संघको अध्यक्ष निर्वाचित हुनुभएको छ तपाईंको अबको योजनाहरु केके छन् ?
सर्वप्रथम त नेपाल ह्योल्मो समाज सेवा संघको पाँचौ अधिवेशनबाट सम्पुर्ण ह्योल्मो समुदायका बुद्धिजीवी, राजनीतिक नेतृत्व, समाजसेवी र सम्पुुर्ण साथीहरूले मलाई विश्वास गरेर नेपाल ह्योल्मो समाज सेवा संघलाई राम्रोसँग अगाडी बढाउन सक्छ भनेर सर्वसम्मत रूपमा अध्यक्ष निर्वाचित गर्नुभयो त्यसको लागि म सबैलाई धन्यवाद दिन चाहान्छु र मेरो अबको योजना अहिलेसम्म नेपाल ह्योल्मो समाज सेवा संघको आफ्नै भवन छैन हामी भाडाको घरमा कार्यालय संचालन गरिरहेका छौ अब हामी ह्योल्मो समाज सेवा संघको आफ्नै कार्यालय भवन निर्माण गर्न लागिपरेका छौ अर्को हाम्रो ह्योल्मो समुदायको संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धन गर्दै ह्योल्मो समुदायको पहिचान स्थापित गराउन लागिरहेका छौ र ह्योल्मो समुुदायको भाषा, धर्म, संस्कृति ,भेषभुसा, रितिरिवाज र परम्पराको संरक्षण र प्रवर्द्धन गर्नु नै हाम्रो प्रमुख उदेश्यको रूपमा लिएका छौ

पछिल्लो समय ह्योल्मो समुदायको संस्कृति र परम्परामा पनि पश्चिमा प्रभाव बढ्दैछ ह्योल्मो समुदायको संस्कृति र परम्परा लोप हुनबाट बचाउन के कस्तो योजना छ ?

एकदमै सान्दर्भिक प्रश्न गर्नुभयो नेपालको समग्र संस्कृति र परम्परा मा विदेशी प्रभाव बड्दो छ यसले हाम्रो कला, संस्कृति, परम्परा र पहिचानमा नकारात्मक असर पारिरहेको छ त्यसमा ह्योल्मो संस्कृतिमा पनि त्यो असर परेको छ र हामीले अहिले ह्योल्मो समुदायको समग्र संस्कृति र परम्परा समेटेर ह्योल्मो समुदायको जन्मदेखी बिवाहा, मृत्यु लगायत सम्पुर्ण चाडपर्ववहरुमा गरिने कार्यहरूलाई समेटेर डकुमेन्ट्री निर्माणमा लागेका छौं अब एक बर्षभित्र त्यो बनिसक्छ र त्यो निर्माण भएपछि हामी देशको विभिन्न ठाउँहरुमा यसको प्रदर्शन गर्छौ साथै विदेशमा पनि जहाँ जहाँ ह्योल्मो समुदायहरु छन् त्यहाँ पनि प्रदर्शन गर्छौ साथै यो डकुमेन्ट्री निर्माण गरेपछि अभिलेखको रूपमा रहने हुँदा हाम्रा पछिल्लो पुस्ताहरु र ह्योल्मो समुदायको बारेमा जानकारी लिन चाहाने सबैले त्यसबाट जानकारी लिन सक्छन् त्यसकारण यसले ह्योल्मो समुदायको संस्कृति र पहिचानलाई जोगाउन महत्वपूर्ण भुमिका खेल्नेछ ।

नेपाल ह्योल्मो समाज सेवा संघको संगठन कति जिल्लाहरुमा छ ?
ह्योल्मो समुदायको बसोबास चाहिँ धेरै जिल्लाहरुमा छ उपस्थितिको हिसाबले सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, काठमाडौ, रामेछाप मा चाहिँ अन्य भागको तुलनामा बढी बसोबास छ । संगठन चाहिँ सिन्धुपाल्चोक, नुवाकोट, चितवन, गोर्खा, रामेछाप, रसुवा, लमजुङ, इलाम, कास्की, काठमाडौ लगायत १० भन्दा बढी जिल्लाहरुमा छन् र हामी बिस्तारै देशको अन्य जिल्लाहरुमा पनि संगठन विस्तार गर्दैछौं ।

आजभोलि आदिवासी जनजाति आन्दोलन सेलाउँदै गएको हो ?
आन्दोलन सेलाउँदै गएको भन्ने कुरा गलत हो समय र आवश्यकता अनुसार आदिवासी जनजाति आन्दोलन उठेकै छ हामी हाम्रो पहिचान र अधिकारका लागि सधै सचेत छौ र लागिरहेका पनि छौं।

तपाईं पुर्व माओवादी र अहिले नेकपाको युवा नेता पनि हुनुहुन्छ माओवादीले आफ्नो पहिचानको मुद्दा छाडेर एमालेसँग एकता गर्यो भन्ने आरोप छ नि ?
तपाईंले भनेको कुरामा आंशिक सत्यता छ तर अहिले के बुझ्नुपर्छ भने पहिलो कुरा देश हो देशको बिकास भयो र देश बलियो भयो भनेमात्र यहाँभित्र जातजाति संस्कृति र पहिचानको कुरा रहन्छ त्यसैले अहिलेको यो एकता देशको बिकासको लागि हो देश बलियो बनाउन हो त्यसका लागि एकजुट हुँदा केहि माओवादीका मुद्दाहरू ओझेलमा परेका होलान् केही एमालेका मुद्दा ओझेलमा परेका होलान् तर धेरै कुराहरू पुरा भएका छन् र केही बाँकी रहेका मुद्दा  र अधिकारहरु बिस्तारै पुरा हुँदै जानेछन् ।

पछिल्लो समय प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेस लगायत केहि पार्टीहरुले हिन्दुराज्यको मुद्दा  उठाउन खोजिरहेका छन् नेपाललाई हिन्दुराज्य बनाउन  सम्भव छ ?
सहि प्रश्न राख्नुभयो पछिल्लो समय नेपाली काङ्ग्रेस, राप्रपा लगायत पार्टीहरुले हिन्दुराज्यको मुद्दा उठाउन खोजेको देखिन्छ । नेपाली काङ्ग्रेसका महामन्त्री शशांक कोइरालाले कतिपय सार्वजनिक कार्यक्रमहरुमा नै भन्दै हिड्नुभएको पनि छ तर अब नेपाललाई हिन्दुराज्य बनाउने कुरा सम्भव छैैन । यदि नेपाली काङ्ग्रेसले हिन्दुराज्यको मुद्दा  साँच्चै उठायो भने त्यो नेपाली काङ्ग्रेस र समग्र देशको लागि नै प्रत्युत्पादक हुन्छ ।नेपाली जनताको लामो त्याग, तपस्या र बलिदान पछि धर्मनिरपेक्षता आएको हो त्यसकारण समग्र देश, जनता र समयको मागलाई नजरअन्दाज गरेर देशलाई पुनः पछाडी धकेल्न खोज्यो भने त्यसले देशमा अर्को द्वन्द्व निम्त्याउँछ यो कुरा बेलैमा बुझ्न जरुरी छ ।

२०७२ को भुकम्पले ह्योल्मो संस्कृति झल्काउने गुम्बा, विहार र भवनहरुमा पनि ठुलो क्षति भयो अहिले पुनर्निर्माणका क्रममा आधुनिक शैलीका भवनहरु बन्दैछन यसले संस्कृतिमा असर पार्दैन ?
अवश्य पार्छ केही ठाउँहरुमा आधुनिक शैलीका भवनहरु बन्दैछन यसले संस्कृतिमा असर पार्छ नै तर तपाइले भनेजस्तो सबै ठाउँमा त्यस्तो पनि छैन हामीले पुनर्निर्माण गर्दा पुरानै संस्कृति झल्काउने गरि गर्नुपर्छ भनेर अभियान नै चलाएका छौ र त्यसले राम्रो नतिजा पनि दिएको छ हेलम्बु मै पनि ह्योल्मो संस्कृति झल्काउने एकीकृत बस्ती नै बन्दैछ र गुम्बाहरुको पुनर्निर्माण गर्दा त झन् परम्परा र संस्कृति लाई असर पर्नेगरी निर्माण गर्न नपाउने भन्ने मापदण्ड नै छ ।

सरकारले केहि समय अघि सार्वजनिक गरेको पर्यटकीय गन्तव्यमा हेलम्बु पनि अग्रस्थानमा परेको छ हेलम्बु क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि के गर्नुपर्ला ?

पहिलो कुरा हेलम्बुमा आउने पर्यटकहरु प्रमुख २ वटा कुराहरू अवलोकन गर्न आउँछन् एउटा यहाँको प्राकृति सुन्दरता दोस्रो यहाँ रहेको संस्कृति र परम्परा त्यसकारण सबैभन्दा पहिले यहाँ आउने पर्यटकहरुका लागि यातायात देखि बसोबासको लागि उचित सुबिधा उपलब्ध गराउनुपर्यो अर्को यहाँ भएको प्राकृतिक र साँस्कृतिक सुन्दरताहरुलाइ जोगाएर राख्नुपर्यो त्यसका लागि यहाँ भएका गुम्बा विहार हरुको संरक्षण र नयाँ निर्माण गर्नुपर्यो अनि तेस्रो कुरा प्रचारप्रसार गर्नुपर्छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *