क्षमता हुनेहरुलाइ मोडलिङमा भविष्य राम्रो छ: मोडल शेखर सुवेदी

पछिल्लो समय नेपाली मोडलिङको क्षेत्रमा उदाउँदै गरेको नाम हो शेखर सुवेदी २०४५ सालमा काठमाडौ को जोरपाटी मा जन्मिएका सुवेदी अहिले म्युजिक भिडियो र चलचित्रमा व्यस्त छन् दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेका सुवेदीले ‘चिँमुसी चिँ’ ,निर्भय, र गाजाबाजा लगायतका फिल्महरुमा समेत अभिनय गरिसकेका सुवेदी सँग ग्लोबल खबरका लागि गरिएको कुराकानीको केही अंश

मोडलिङ क्षेत्रमा लाग्नुभएको कति भयो ?
म स्कुल पढ्ने बेलादेखि नै स्कुलमा हुने विभिन्न कार्यक्रमहरुमा नाच्ने गाउने गर्थे तर मोडलिङ क्षेत्रमै भनेर म्युजिक भिडियोहरुमा काम गर्न थालेको चाहिँ करिब ६ बर्ष जति भयो ।
मोडलिङ क्षेत्रमै किन लाग्नुभयो ?
पहिलो कुरा मेरो सानैदेखिको एउटा सपना थियो मोडलिङ क्षेत्रमा काम गर्ने अर्को कुरा यो क्षेत्रमा लागेर कलाकारिताको माध्यमबाट देशलाई चिनाउन र देशभित्रका कला र संस्कृतिलाई जगेर्ना गर्न सकिन्छ भनेर म यो क्षेत्रमा लागे ।

मोडलिङ क्षेत्रमा लाग्नको लागी सुरुमा आफै लगानी नगरी हुँदैन भन्छन् नि ?
तपाईंले भनेको कुरा सत्य हो धेरैजसो त्यसो हुन्छ पनि तर सबै होइन धेरै जना आफ्नो कला देखाएरै आउने हरु पनि हुनुहुन्छ ।

मोडलिङ क्षेत्रमा जति नव कलाकारहरूले प्रवेश गरिरहेका छन् त्यतिनै मात्रामा पलायन पनि भइरहेका छन् किन होला ?
पक्कै पनि सहि कुरा हो त्यसका २/३ वटा कारण म देख्छु पहिलो कुरा यो क्षेत्रमा जति आउनुहुन्छ सबै जानेर, बुझेर र यससम्बन्धी अध्ययन गरेर भन्दा पनि देखेको र सुनेको भरमा आउनुहुन्छ कतिपय तपाइले भनेजस्तै यसप्रतिको भित्री चाहानाले भन्दा पनि एउटा दुइटा भिडियोमा देखिउ भनेर आफै लगानी गरेर आउनेहरू पनि हुनुहुन्छ ।

मोडलिङको क्षेत्रमा टिक्न कतिको गाह्रो छ ?
सबै काम गर्दा गाह्रो त हुन्छ नै मोडलिङमा पनि दिनप्रतिदिन नयाँ नयाँ कलाकारहरू आइरहेका छन् बजार धेरै ठुलो छैन तर आफुमा कला र क्षमता छ भने टिक्नै नसक्ने स्थिति पनि छैन ।

मोडलिङ गरेर जीवन निर्वाह गर्न सक्ने अवस्था छ ?
पक्कै पनि छ हामीले हाम्रै बजारलाई कब्जा गर्न सकिरहेका छैनौं हाम्रै बजारमा नेपाली गित संगीत भन्दा हलिउड र बलिउडले कब्जा जमाइरहेका छन् हामीले हाम्रो गित संगितको बिकाश गरेर नेपाली बजारलाई मात्रै कब्जा गर्न सक्यौं भने यो क्षेत्रमा नाम, दाम र इनाम सबै छ ।

अझैपनी नेपाली समाजको मोडलिङ क्षेत्रलाई हेर्ने दृष्टिकोण राम्रो छैन यसलाई परिवर्तन गर्न के गर्नुपर्ला ?
मोडलिङ क्षेत्रमा केहि कमि कमजोरीहरु अवश्य छन् तर यो क्षेत्रमा धेरै राम्रा कुराहरु पनि छन् । धेरै क्षमतावान व्यक्तिहरु पनि छन्, देशको कला र संस्कृतिको जगेर्ना गर्न यो क्षेत्रले ठूलो मद्दत गरेको छ त्यसैले समाजले यो क्षेत्रलाई नकारात्मक रूपमा हेर्नेमात्रै भन्दापनी यो क्षेत्रमा भएका गलत कुराहरुलाइ हटाउँदै सकारात्मक कुराहरूको प्रोत्साहन गर्नुपर्छ ।

तपाईं मोडलिङको क्षेत्रमा प्रवेश गर्दै गर्दा के कस्तो कठिनाइहरुको सामना गर्नुपर्यो ?
सुरुवातमा निकै गाह्रो भयो कुनै निर्देशकहरुले चिन्दैन थिए काम पाउनै गाह्रो काम पाइहाले पनि राम्रो पारिश्रमिक पाइदैन थियो सानो रोलका लागी पनि दिनभरि कुरेर बस्नुपर्थ्यो कतिपय अवस्थामा गोजीमा सुक्को पैसा हुदैन थ्यो ।

घर परिवारको साथ कतिको छ ?
सुरु सुरुमा थिएन सबै परिवारको आफ्नो छोरा ठुलो भएर जागीर खाओस बिहे गरोस् भन्ने हुन्छ मेरो पनि त्यहीँ थियो पछिपछि आफू पनि बिस्तारै राम्रो गर्न थालियो काम पाउन थालियो अहिले कन्भिन्स हुनुहुन्छ अहिले राम्रो साथ छ ।

आगामी लक्ष्यहरु के छन् ?
आगामी लक्ष्यहरु भन्नुपर्दा म म्युजिक भिडियो बाट नेपाली कलाकारिताको क्षेत्रमा लागे त्यसपछि बिस्तारै विभिन्न सर्ट मुभी, विज्ञापन हुँदै केहि चलचित्रहरुमा पनि साइड रोल गरिसकेको छु अबको लक्ष्य भनेको मोडलिङ सँगसँगै बिस्तारै चलचित्र क्षेत्रमै स्थापित हुने हो ।

मोडल सुवेदीका  केही तस्बिरहरू  

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *