बालबालिकालाई सिकाइमा जोड्न काठमाडौ ग्लोबल स्कुलले सुरु गर्‍यो फेस टु फेस कार्यक्रम

काठमाडौ – कोरोना भाइरस(COVID19) को प्रभावका कारण शैक्षिक संस्थाहरू बन्द हुँदा लाखौँ बालबालिकाहरू घरमै बस्न बाध्य भएका छन् । यस्तो अवस्थामा बाल मानसपटलमा अनेक प्रकारका सोच विचारहरू पैदा भई परिस्थिति नै असहज बन्न सक्छ । यस्तो कुरालाई रोक्न घरलाई विद्यालयको रूपमा स्थापित गरी अभिभावक उनीहरूका शिक्षक बन्नुपर्ने देखिन्छ । बालसिकाइ घरबाट पनि हुन्छ भन्ने कुरा प्रमाणित गर्न अब हामीले ढिलो गर्नुहुँदैन । त्यसै गरी हाम्रो विद्यालय काठमाडौं ग्लोवल स्कुलले पनि अनलाइन कक्षामार्फत् विविध शैक्षणिक तथा अतिरिक्त कक्षाहरू( योग, हस्तलेखन, नाच, गीत सङ्गीत, सिर्जनात्मक लेखन, वक्तृत्वकला ,कविता वाचन, वादविवाद चेस) र विविध प्रतियोगिता सञ्चालन गरिरहेको छ । घरमा बस्दा हाम्रा बालबालिकाले पढाइका अतिरिक्त विविध क्रियाकलापमा सहभागी भई देखाएको उत्साह अनुकरणीय रहेको छ।

बालबालिकामा विद्यालय जान नपाएको अवस्थामा जुन प्रकारको निराशा पैदा भएको छ त्यसलाई रोक्न विद्यालयले Face to Face कार्यक्रम मार्फत् विविध क्षेत्रमा विशिष्टता प्राप्त गरेका व्यक्तित्वहरूलाई आमन्त्रण गरी उहाँहरूका अनुभवहरूलाई बालबालिकामा पुर्‍याउने कार्य गरिरहेको छ । Zoom Class मार्फत् सुरु गरिएको यस कार्यक्रमले हाम्रा बालबालिकामा छुट्टै प्रकारको उत्साह र उमङ्ग पैदा गरेको छ । यस्तो कार्यक्रममा पहिलो अतिथिका रूपमा नेपाली चलचित्र क्षेत्रका नायक, चलचित्र निर्माता तथा साहित्यकार खगेन्द्र लामिछाने पाल्नु भई बालबालिकामाझ आफ्ना अनुभव सुनाउँदै अभाव र समस्यामा पर्दा हिम्मतले काम गर्नुपर्छ भनी फरक प्रकारको उत्साहसहितका विचारहरू प्रस्तुत गर्नुभएको थियो । त्यस्तै दोस्रो विशिष्ट व्यक्तित्वका रूपमा पत्रकार, चलचित्र समालोचक तथा साहित्यकार यज्ञश पाल्नु भई बालबालिकालाई जीवनमा आइपर्ने हरेक मोडमा आफूलाई परिवर्तन गर्दै नयाँ तर फरक कार्य गर्न हौसला प्रदान गर्नुभएको थियो । विद्यालयले प्रत्येक शनिवारआयोजना गर्ने यस्तो महत्त्वपूर्ण कार्यक्रमका तेस्रो व्यक्ति हुनुहुन्थ्यो- नेपाली गीतसङ्गीत क्षेत्रका मूर्धन्य व्यक्तित्व सञ्चय श्रेष्ठ। वहाँले अर्काले भनेर होइन आफ्नो मनले सोचेर आफ्नो चाहनाअनुरूपका क्षेत्रमा पाइला चाल्न बालबालिकाहरूलाई उत्साहित गर्नु भएको थियो ।

बालमस्तिकमा उत्पन्न भएको हैरानीलाई अन्त्य गर्दै घरबाट पनि धेरै सकारात्मक कार्यहरू गर्न सकिन्छ भन्ने कुरामा हामी विश्वस्त छौं । त्यसैको फलस्वरूप विद्यालयले प्रत्येक दिनका लागि भनी अनलाइन कक्षाको समय तालिका बनाई त्यसैअनुरूप सिकाइ क्रियाकलाप गर्दै आएको र प्रत्येक शनिवार फेस टु फेस कार्यक्रम सञ्चालन गर्दै आएकाले कुनै पनि कक्षामा अनुपस्थित हुने वातावरण नबनोस् भन्ने कामनासमेत गर्दछौँ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *