ह्योल्मो संघद्वारा भुमेश्वरी माविका ११५ विद्यार्थीलाई न्यानो कपडा तथा खेलकुद सामग्री सहयोग

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिका वडा नम्बर २ स्थित भुमेश्वरी  माविका विद्यार्थीहरुको लागि नेपाल ह्योल्मो समाजसेवा संघले न्यानोको कपडा तथा खेलकुद सामग्री वितरण गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोदनाथ भण्डारीको अध्यक्षता तथा बागमती प्रदेशका स्वास्थ, जनसंख्या तथा वातावरण मन्त्री निमा लामा को प्रमुख आतिथ्यतामा सम्पन्न विद्यालयको ४७औं वार्षिकोत्सब कार्यक्रमको अवसरमा नेपाल ह्योल्मो समाजसेवा संघका अध्यक्ष पेमा ह्योल्मो लगायतको टिमले ११५ जना विद्यार्थीहरुको लागि न्यानोको कपडा तथा खेलकुद सामग्री विद्यालयका अध्यक्ष मोदनाथ भण्डारी, प्रधानाध्यापक यमबहादुर जोति र प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ मन्त्री निमा लामा मार्फत हस्तान्तरण गरेको हो ।

कार्यक्रममा संस्थापक सदस्य, नेपाल ह्योल्मो समाजसेवा संघका अध्यक्ष पेमा ह्योल्मो लगायत विद्यालयलाइ योगदान पुर्याउने विभिन्न संघ संस्था तथा व्यक्तिहरुलाइ सम्मान गरिएको थियो भने विभिन्न साँस्कृतिक प्रस्तुति पनि रहेको थियो । विद्यालयका प्रधानाध्यापक यमबहादुर जोतिले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे ।

कार्यक्रममा विद्यार्थी, अभिभावक, विभिन्न पार्टीका नेतृत्व, ह्योल्मो समाजसेवा संघका अध्यक्ष पेमा ह्योल्मो,  कोषाध्यक्ष नुर्पु डोल्मा ह्योल्मो केन्द्रिय सदस्य पुर्णिामा ह्योल्मो, गोसेर ह्योल्मो लगायतको उपस्थिति थियो ।

ह्योल्मो समाजसेवा संघले गत असार १ गते र साउन १७ गते मेलम्ची र इन्द्रावती खोलामा आएको विनाशकारी बाढि पछि त्यस क्षेत्रका पीडितहरुलाइ निरन्तर सहयोग गर्दै आइरहेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *