सेन्ट्ररल कलेजमा वैज्ञानिक अनुसन्धान लेखन तथा प्रकाशन सम्बन्धि ५ दिने तालीम सम्पन्न

काठमाडौ – सिनामंगलस्थित सेन्ट्ररल कलेजले मिति २०७९ असार १५ गते देखि १९ गते सम्म शिक्षकहरुका लागी “शिक्षा क्षेत्रमा वैज्ञानिक अनुसन्धान, लेखन तथा प्रकाशन” सम्बन्धि ५ दिने तालीम सम्पन्न गरेको छ ।

सेन्ट्ररल कलेजको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको प्रायोजनमा सम्पन्न तालिममा ५ दिनसम्म संचालन भएको तालीम कार्यक्रममा २८ जना शिक्षक शिक्षिकाहरु सहभागी भएका थिए। उनीहरुलाई प्राध्यापक डाक्टर विद्यानाथ कोइराला, प्राध्यापक डाक्टर देवराज अधिकारी, प्राध्यापक डाक्टर श्रीकृष्ण श्रेष्ठ, उपप्राध्यापक पुर्ण बहादुर लामिछाने, उपप्राध्यापक विश्वराज जोशी र उपप्राध्यापक नारायण थापाले तालिम प्रदान गर्नुभएको थियो ।

उक्त तालिमको उदघाटन कार्यक्रमका प्रमुख अतिथि तथा कलेजका संस्थापक अध्यक्ष गोपाल कृष्ण श्रेष्ठले यस्ता तालिमले शिक्षकहरुको ब्याक्तित्व बिकास हुने र कक्षा कोठामा बिद्यार्थीहरुको सिकाई क्रियाकलापमा पनि अनुसन्धानात्मक बिधिले गर्दा पठनपाठन पनि प्रभावकारी हुने हुँदा समग्र शिक्षा क्षेत्रको बिकासमा नया आयाम थप्ने छ भन्ने कुरा व्यक्त गर्नु भयो भने कार्यक्रमको समापन गर्दै कलेजका प्रबन्ध निर्देशक एव प्राचार्य पारस श्रेष्ठले यस तालिमपछि कक्षा कोठाको सिकाईमा तत्काल प्रभाव देखिने बताउनुभयो । तालीमको समापन गर्दै प्राचार्य श्रेष्ठले शिक्षामा परिवर्तन ल्याउन र उत्कृष्ट नतिजा प्राप्त गर्नका लागी शिक्षकहरुलाइ यस्ता तालीम तथा प्रशिक्षणले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।उहाँले तालीममा सहभागीहरुलाइ प्रमाणपत्र प्रदान गर्दै बधाई ज्ञापन गर्नुभयो ।

कार्यक्रममा कलेजका सह -प्राचार्य गणेश बुढाथोकीले सेन्ट्ररल कलेजले व्यवस्थापन संकायमा सक्षम र योग्य जनशक्ति उत्पादनका लागि व्यबहारिक र प्रयोगात्मक पक्षलाई बढी महत्त्व दिएको र क्षमता बिकासका लागि निरन्तर विभिन्न तालीम तथा प्रशिक्षण कार्यक्रम गर्दै आइरहेको बताउनुभयो ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सेन्ट्ररल कलेजले स्नातक तहमा BBA, BHM र BHCM लगायतका विषयहरूमा लामो समयदेखि उत्कृष्ट शिक्षा प्रदान गर्दै उत्कृष्ट नतिजा प्राप्त गर्दै आइरहेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *