सेन्ट्रल फुड इभेन्ट्स तथा न्यु-इअर्स कार्यक्रम भव्य रूपमा सम्पन्न

काठमाडौ – सिनामंगलस्थित सेन्ट्रल कलेजमा न्यु-इअर्स तथा सेन्ट्रल फुड इभेन्ट्स भव्य रूपमा सम्पन्न भएको छ ।

सेन्ट्रल कलेजकै बिएचम पाचौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा भएको फुड इभेन्ट्समा विद्यार्थीहरु आफैंले तयार गरेको विभिन्न परिकार तथा पेय पदार्थहरुको स्टल रहेको थियो

त्यस्तै नयाँ बर्ष २०२३ को कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन, कविता, गजल लगायतका विभिन्न प्रतिभाहरु प्रस्तुत गरेर मनोरञ्जनात्मक बनाएका थिए ।

कार्यक्रममा शुभकामना दिँदै प्रमुख अतिथि तथा कलेजका संस्थापक अध्यक्ष गोपाल कृष्ण श्रेष्ठले सेन्ट्रल कलेजले अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै शिक्षा आर्जनका लागि विदेश जान चाहानेहरुलाइ पनि आकर्षण गरिरहेको र छिट्टै स्नातकोत्तर तह पनि सुरु गरिने बताउनुभयो ।

कार्यक्रममा नयाँ बर्ष २०२३ को शुभकामना दिँदै  कलेजका प्रबन्ध निर्देशक एव प्राचार्य पारस श्रेष्ठले विद्यार्थीहरुले विद्यार्थी जिवन देखि नै सामाजिक क्रियाकलापमा सहभागी हुनुपर्ने बताउँदै फुड इभेन्ट्स बाट संकलित रकम दुखी तथा पीडितहरु समक्ष पुर्याउन आग्रह गर्नुभयो ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सेन्ट्ररल कलेजले बिबिए,  बिएचम र बिएचसिएम अध्यापन गराउँदै आइरहेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *