संयुक्त विद्यार्थी आन्दोलनको उपलब्धि: करारलाई स्थायी गर्ने निर्णयबाट पछी हट्यो त्रीवी

काठमाडौं– करार शिक्षकलाई स्थायी गर्ने निर्णयबाट त्रिभुवन विश्वविद्यालय पछी हटेको छ । सत्तारुढ गठबन्धमा रहेका दलनिकटका विद्यार्थी संगठनहरुले करार शिक्षकलाई स्थायी गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णय तत्काल सच्याउन माग गर्दै निरन्तर आन्दोलन गरेपछि त्रिभुवन विश्वविद्यालय आफ्नो निर्णयबाट पछी हट्न बाध्य भएको हो ।

सोमबार आन्दोलनरत विद्यार्थी संगठनका प्रतिनिधि र त्रीवी वार्ता समिति बीच बैठक बसि आन्तरिक प्रक्रियाबाट पदपूर्ति गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने, रिक्त दरबन्दीको पदपूर्तिका लागि ६/६ महिनामा खुल्ला विज्ञापन गर्ने, विद्यार्थी संगठनका केन्द्रिय नेतृत्वसँग छलफल गरि स्ववियु निर्वाचन प्रक्रिया अघि बढाउने लगायत चार बुँदे सहमति भएको अखिल (क्रान्तिकारी) कि अध्यक्ष पंचा सिंहले जानकारी दिनुभयो । करार लाई स्थायी गर्ने निर्णयबाट त्रीवी पछि हट्नु संयुक्त विद्यार्थी आन्दोलनको महत्त्वपूर्ण उपलब्धि भएको बताउँदै अध्यक्ष सिंहले नेपालको शैक्षिक सुधारका लागि संयुक्त विद्यार्थी संगठन निरन्तर लागिरहने बताउनुभयो ।

गत मंसिर १४ गते त्रीवी सभाले आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने निर्णय गरेपछि संयुक्त विद्यार्थी संगठन निरन्तर आन्दोलनमा थियो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *