कविता : खुम्चिन दिन्न-मेरो देश

-प्रकाश अधिकारी

लक्ष्मण रेखा तोडेर
रामणले सीता हरे जस्तो
म मेरी आमा हर्न दिन्न
मातृत्व उनको
छाती भरी छचल्किन्छ मेरो ।

तिमी सँगको लडाईँमा
फाटेका पैताला
टाउकाका टुटुल्काहरु
दुख्दैन मेरो
मातृत्व भन्दा बढी ।

छिमेकी भएर
छिमेकीकै घरको
छानो भत्काउँदै छौ तिमी
तोडेर हुँदैन सम्झौता ।

वीरहरुको रगत
र पसिना पोखिएको छ
मैले टेकेको माटोमा,
यही माटोमा
फुल्छु फल्छु
यही माटो प्रिय लाग्छ ।।

खुम्चिन दिन्न
आमाको छाती,
तिमीले लछारेर
पछारिने छैन
सगरमाथाको छोरो हूँ
पशुपतिको आशीर्वाद
बुद्धको ज्ञान
लिएर बाँचेको
म एउटा नेपाली ।।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *