देउरालीको फूल

-राजेश दुलाल

अझै घाम खुलेर लागेको छैन । मनसुनी झरी ले निथुक्कै भिजाएको छ । संयोग भनौ या मन मनको कनेक्सन्स जस्तै मौसमको पनि कनेक्सन उस्तै छ । हिउँदे झरिले काठमाडौलाई भिजायो भन्ने सुने । शिबपुरी , पुल्चोकी डाडा , चन्द्रागिरीमा हिउँले मुस्कान छरिरहेको तस्बिर तिम्रो इन्स्ताग्राममा देखेँ । हिमाली बस्तिहरु त सेताम्मे भए होला है ?

लिस्बोनमा पल पल बहने बतास‍को स्वरूप अर्कैछ । गतिहरू मन्दमन्द छन् । तर यो युरोपको वातावरणमा तिम्रो चुम्बनको आवाजलाई जित्ने हावा बहेकै छैनन् । तिम्रो मुस्कान जस्तो कुनै फूल फुलेकै छैनन् । तिम्रो स्पर्शको न्यानो आभाषले अझै पनि म भित्र सागरका छालहरू तिब्र गतिमा दौडिरहेका छन् ।

फेसबुकले पुरानो स्टाटसलाई मेमोरी ब्याकमा देखाईरहेको थियो । जसमा लेखिएको थियो –

तिमी लाङटाङ जानु अघि जाँदैछु भनेर मेसेज सम्म गर्न सकिनौँ है ।” तिमी के गर्दै छ्यौ मेरी माया ? हम्म्म ।

सायद एम एसिको थेसिस रिसर्च । उसो त राम्रो भनुँ या नराम्रो,
तिम्रो त खाली हुदा साथी सङै हुदा फोन नगर्नेबानी छ।

उता
निकुञ्जमा पनि चरीहरूले भाका फेरेर गाउन थालेका
होलान् ।
तिमी त चरीहरूले गीत गाउँदै
आकाशमा उन्मुक्त उडेको हेरेर कत्ति रमाइ रहेकीछौ
हौँली । यहाँ शहरमा त त्यहाँ निकुञ्जमा जस्तो
चरीले बिहानी बोकेर आउन्न मेरी माया ।

तिमीसँगै चरीको चिरचिर मिस गरिरहेको छु। लाङटाङ हिमालको सिरेटोले हिर्काउदा अस्वस्थ हौली । न्यानो बनेर बस ल । जगलभरी फुलेका फुल सङ मलाइ दाज्दै हौली है ? मेरो माया तिमि आउदा अङालो भरी फूल लिएर आउ ल !

दुई दिन पछि फोन आयो । हेल्लो म मौसमी बोलेको । थाहा छ रिसाएको छौँ होला । सरि ल खबर नगरी आए । थाहा छ तिमिलाई ?
– अहँ भन न के हो ? ठुस्किएको स्वरमा भने ।
कस्ता डरलाग्दा कच्ची मोटर बाटो भिर , जंगल , अप्ठ्यारो बाटो रहेछ नि ? न त फोन नेट्वोर्क राम्रो सँग टिप्छ नेटको त कुरै छाडम । बिहान सन्ध्याले स्टाटस बारे भनेकी थिइन । मैले त हेर्न नि पाएको छैन ।
म काठमाडौँ मै हुर्किएको भएर होला है ? यहाँको मौसम , प्रकृति सँगै डर खुसी एक्लोपन सबै एकैपटक भैरहेको छ ।

– उम सायद ! कहाँ बसिरहेकी छौँ नि ?

रेसमी र म छौं । होटलमा रुम लिएर छौं । बिहान देखिनै प्रत्येक घरमा जानुपर्छ । आफू पुग्दा कोहि काममा कोहि खेतवारि कोहि खर्क गोठ गैसकेका हुन्छ्न । घरमा मान्छे भेट्न मुस्किल छ । गाह्रो हुने रहेछ । हिजो बुढी आमालाई पकाउन हेल्प गरेको नि । घरमा एक्लै हुनुहुदो रहेछ । छोरा छोरी कोहि सहर कोहि बिदेश । आगो फुक्न नजानेर बासको ढ्ङ्री बाट आएको धुवाँले आँसु कति धेरै आयो । तिमिले गिफ्ट दिएको पर्पल स्युइटरमा खरानीको दाग बेस्सरी बसेको छ । आसुको दाग अझै छ । त्यो पिरो धुवा भुलेर शेर्पिनी बुढी आमाको बिलौना सुनेर सम्झाउदै बिताए नि ।

– मान्छेको भावना बुझ्ने छिन जस्तो पहिल्य लागेको थिएन । आफ्नो ख्याल गर , टाइममा खाउ चिसो बाट सेफ हौ ल रिस भित्र भित्रै दबाएर भने ।

सुन न म एक महिना यहि बस्नु पर्ने भयो तिमी आउन मिल्छ ?
– लोट्री परेको भान भयो । तर पनि भने प्राक्टिकल तिम्रो अनि म किन नि ?
तिमी आउदा हेल्प हुन्छ नि रफ तिमी लेख म फिएर गर्छु नि । सँगै सँगै हिडमला । जिन्दगी नि सँग संगै बिताउनु छ । एक महिना सम्म म कसरी बसु । उकुसमुकुस हुन्छ । छट्पटी हुन्छ ।
– रेसमी छिन नि ?
उनको अलग मेरो अलग हुन्छ रिसर्च अलग थेसिस अलग ।
– म आएपछि लेख्ने र हिड्ने मात्रै कि ?
अरु के चाहियो त ?
– तिमिलाई थाहा छ्दै छ नि ।
बिहे अघि नो चान्स ।
– रुम त एउटै हुन्छ नि ?
उम बेड नि एउटै हुन सक्छ तर सबै आफ्टर म्यारिज । आइ ट्रस्ट यु डियर लभ ।
– हेल्लो बोल्दा बोल्दै फोन कट्छ । ट्राइ गरे फोन सुइजड अफ भन्यो । सोचे ब्याट्री सकियो होला । फोन हप्तौ लागेन । साथीहरु सँग कन्ट्याक गरे । पछि सुने घर आइसकिन भन्ने । भेट्ने बुझ्न खोजे तर सकिदै सकिएन । पछि हेप्पी म्यारिड लाइफ डिएर मौसमी भनेर सन्ध्याले फेसबुकमा राखे पछि आकाश खसे जस्तो भयो धर्ती फाटे जस्तो भयो ।

अनि मैले डायरीको चेपमा फूलको थुङ्गा थपक्क राखेर लेख् सुरु गरे । तल देउरालीसम्म पुर्याउन आएकी तिमीले
छुट्टिने बेला आफ्नै शीरमा सिउरेको फूल निकालेर
उपहार दिएकी थियौ । आज पनि प्रत्येक दिन
डायरी पल्टाउँदा त्यही फूल सुस्तरी छाम्छु ।
सुकिसकेको छ थुङ्गा तर पनि छाम्छु ।

डायरीको चेपमा राख्दा राख्दै रङ्गहरू उडीसकेका छन्
। तर त्यो सुकेको फूलले हाम्रो सम्बन्धको प्रतिनिधित्व गर्दैन नि । कुनैशंकाको वतासले नझार्ने तिम्रो प्यारको थुङ्गा त
मनमा फूलिसकेको छ उहिल्यै । कुनै भ्रमको असिनाले
नझार्ने डालीमा झुलिसकेकी छ्यौ तिमी । त्यसैले
आँगनभरी झरेका फूलहरू छामेर नरूनु है तिमी ।

जुन
देउरालीमा तिमीले फक्रेको फूल दिएर बिदाई
गरेकी थियौ, ऊ फर्केन आजसम्म भनेर उदास उदास
नहुनु ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *