सलमान खानको स्वागत गर्न आतुर छौँ : मन्त्री आले

काठमाडौं – संस्कृति तथा पर्यटन मन्त्री प्रेम आलेले भारतीय कलाकार सलमान खानको स्वागत गर्न र उनको कार्यक्रम हेर्न नेपालीहरु आतुर रहेको बताएका छन् । बुधबार काठमाडौको सोल्ठी होटलमा आयोजित एक कार्यक्रममा मन्त्री आलेले बढी भन्दा बढी पर्यटक भित्र्याउने र राज्यलाई लाभ हुने काम आफ्नो समेत भएकाले नेपालमा हुने सलमान खानको कार्यक्रमले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

‘हामी आतुर भएका छौ सलमान खानलाई स्वागत गर्न र कार्यक्रम हेर्न’, मन्त्री आलेको भनाइ छ । उनले आयोजक ओडीसीएनलाई कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिदै उक्त कार्यक्रम आयोजकको मात्रै नभएर हामी सवैको कार्यक्रम भएको बताए । ‘यसलाई सफल पार्न हामी सवैले साथ दिनुपर्छ, मेरो मन्त्रालयबाट गर्नसक्ने सहयोग गर्ने विश्वास दिलाउँछु । नेपाल सरकार पनि प्रतिवद्ध छ’, आलेले कार्यक्रमबारे आफुले प्रधानमन्त्रीलाई समेत जानकारी गराएको र उहाँ सहभागी हुन इच्छुक रहेको जानकारी दिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *