कविता : बिश्वास

-प्रकाश अधिकारी 

फेवातालको पानी जस्तो
कञ्चन हुनुपर्छ
तिम्रो र मेरो मन पनि
उर्लिएर आएको
खहरे जस्तो होइन,
आउँने र जाँने
जाँदा बगाएर लाँने
कहिल्यै नभेटिने गरेर ।।

सधैं वसन्त बनेर
निश्छल
आँखाका नानीमा
बसिरहनु तिमी पनि
रङ् नफेरि
हिमाल झैँ अटल बनेर ।


छातीमा आगो
बोकेर हिड्दा
मनको बिछ्यौनाबाट
तिमी भागेर गयौ भनेँ
बिउँझिएर
अनिदो रात रुन सक्छ
तिम्रो अभावमा
सम्झिएर तिमीलाई ।

एउटाको श्वास रित्तिन लाग्दा
अर्कोले श्वास भर्नसक्नु पर्छ
जीवनको खोजमा ।
उदारोमा होइन
निश्वार्थ
घाउमा मलम बन्नु पर्छ
अन्तिम बिश्वास रहेसम्म
जो तिमी र म रहुन्जेल ।।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *