उनको याद

सबिन खड्का

लाग्छ उनको याद चुरोट जस्तै हो
जति सम्झियो त्यति
मन जलिरहन्छ
उनको याद धुवा बनेर उडिरहन्छ ।

म त्यही धुवाको पछि पछि
दौडिरहन्छु
उनको याद छाया बनी
मेरो पछि पछि लम्किरहन्छ
म बस्न खोज्छु उनको याद पनि बस्छ
म हिड्छु,
उनको याद पनि मै संग हिडिरहन्छ ।
उनको याद बिएरको नसा जस्तै हो
जति सकाउ भन्यो त्यति मात लागिरहन्छ  ।

उनको याद आझभोलि
बाइकको एक्सिलेटर जस्तै लाग्छ
जति बटार्यो त्यति कुदिरहन्छ
उनको याद लालिगुरास जस्तै हो
उजाड मेरो जिबन को जङ्गलमा फुलिरहन्छ
उनको याद मेरो मनको बगैंचामा फक्रीरहन्छ
गुलाफको फुल जसरी ।

उनको याद तामाकोसी जस्तै हो
निरन्तर मेरो जिबनको नदिमा
अबिरल बगिरहन्छ
सायद मेरो यात्रा रोकिएको दिन मात्रै
उनको याद समुन्द्र जसरी स्थिर रहनेछ !!!

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *