– सुनिता किराँति
पहाड छोप्ने हिउंजस्तै
तिम्रो स्निग्ध मुस्कान
तिम्रा ती बदामी नयन
अनि मुन्धुमको धूनसंगै
नाचिरहेका तिम्रा सुन्दर औंला ,
विहानको सुनौंला
घामका किरणजस्तैं
तिम्रो न्यानोपनको आभाषले
हावाको झोक्कासंगै
उडीरहेको मेरो मन
अल्झिएको थियो
कही तिमीतिरै !
तिम्रो सुवास र स्पर्शले
म आफैं हराएथे ,
मदहोस भइ तिमीतिरै !!