रघुविर महासेठलाइ स्थायी कमिटी बाट हटाउन निवेदन

काठमाडौं – भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठलाई विधान विपरीत नेकपाको स्थायी कमिटी सदस्य बनाइएको भन्दै उनलाई सो पदबाट हटाउन निवेदन परेको छ । धनुषा ४ बाट निर्वाचित सांसदसमेत रहेका महासेठको स्थायी कमिटी सदस्य पद बदर गर्न सोही जिल्लाका नेकपाका केन्द्रीय…

चिकित्सा शिक्षा विधेक सम्झौताअनुसार नै अघि बढाउँछौ: जयपुरी घर्ती

काठमाडौं- संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले सम्‍झौता अनुसार चिकित्सा शिक्षा विधेयकमा व्यवस्था गर्नका लागि केही समय दिन डा गोविन्द केसीलाई आग्रह गरेकी छन्।  डा केसीले सरकारले विगतमा आफूसँग गरेको सम्झौता अनुसारको माग पुरा गर्न सोमबारसम्मको समय दिएका थिए।…

मनाङमा माइनस ६ डिग्री सेल्सियस तापक्रम, पानी जम्न थाल्यो

काठमाडौ – हिमाली जिल्ला मनाङमा चिसो अधिक बढेको छ। रात र बिहानको समयमा तापक्रम माइनस ६ डिग्री सेल्सियससम्म झर्न थालेपछि जनजीवन नराम्ररी प्रभावित भएको छ। चिसो बढेपछि दैनिक सम्पादन गर्नुपर्ने कार्य समेत प्रभावित बनेको मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले…

काङ्ग्रेस महासमिति बैठक : गुटका कारण हारेको सहभागी नेताहरूको आरोप

काठमाडौं- नेपाली कांग्रेसको महासमिति बैठकमा सहभागी सदस्यहरुले पार्टीको आन्तरिक कमजारीले  पार्टी पराजय भोगेको बताएका छन्। आइतबार राजधानीमा सुरु भएको बन्दसत्रमा बोल्ने महासमिति सदस्यहरूले पार्टीमा गुटबन्दी हाबी भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। शीर्ष नेताहरूको कार्यक्षमता र कार्यशैलीमा पनि सहभागीहरूले प्रश्न उठाएका…

मेलम्चीमा निःशुल्क स्तन क्यान्सर परीक्षण तथा हाडजोर्नी शिविर सम्पन्न

काठमाडौं – ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले सिन्धुपाल्चोकको मेलम्चीमा र एकदिने निःशुल्क स्तन क्यान्सर परीक्षण तथा हाडजोर्नी शिविर सम्पन्न गरेको छ । अस्पतालले संयुक्त अरब इमिरेट्सको नेपालस्थित राजदूतावास र सारजा च्यारिटी इन्टरनेशनलसँगको सहकार्यमा शिविर सञ्चालन गरेको थियो । शिविरमा हाड खिइने, जोर्नी…

प्रचण्ड जि र मेरो विच फाटो ल्याउन खोजिदै छ : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्षबीच फाटो ल्याउन प्रतिक्रियावादीहरुले कोशिस गरिरहेको आरोप लगाएका छन् । दुई अध्यक्षबीचको एकतालाई तोड्न जति प्रयास गरे पनि सफल नहुने पनि स्पष्ट पारे । देशलाई समृद्ध बनाउन…

सेरेमोनियल राष्ट्रपतिलाई सुविधाको थुप्रो, डेढ अर्ब खर्चेर हेलिकप्टर

काठमाडौ – सरकारले १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम खर्चेर राष्ट्रपति विद्यादेवी भण्डारीका लागि हेलिकप्टर खरिद गरेको छ । मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गराएर नेपाली सेनाले राष्ट्रपतिका लागि मात्रै प्रयोग हुने गरी करिब डेढ अर्ब रुपैयाँमा इटालीमा निर्मित १४ सीट…

काङ्ग्रेस महासमिति बैठक उद्घाटनमा नै आरोप/प्रत्यारोप

काठमाडाैं – निर्वाचनमा पराजयपछि गुटगत आरोप–प्रत्यारोपमा उत्रिएका कांग्रेस नेताहरूले शनिबारदेखि सुरु महासमिति बैठकको उद्घाटन समारोहमा पनि गुटबन्दीकै विषय जोडतोडले उठाए । पार्टी एकजुट भएर अघि बढ्ने अपेक्षासहित देशभरबाट भेला भएका महासमिति सदस्यहरूमाझ शीर्ष नेताहरूले फरक गुटतर्फ इंगित गर्दै पार्टीमा अन्तर्घात हुने गरेको…

वामदेवको फरक मत (पुर्णपाठ)

दुई ठूला कम्युनिष्ट पार्टी नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकृत भएपछि विभाजित नेपाली कम्युनिष्ट आन्दोलन मुलतः एकीकृत भएको भन्न सकिन्छ । आम निर्वाचनमा कम्युनिष्ट पार्टीको विजय सुनिश्चित गर्ने उद्देश्यका साथ दुई पार्टी वीच एकीकरण गरिएको थियो । दशक पहिलेदेखि पार्टी…

कतार जाने कामदारमाथि सिन्डिकेट लगाउन बिचौलिया सक्रिय

काठमाडौ – सरकारले श्रम सम्झौता नवीकारण गर्ने लागेको देश कतार जाने कामदारको स्वास्थ्य परीक्षणका नाममा सिन्डिकेट लगाउन बिचौलिया सक्रिय भएको खुलासा भएको छ। बिचौलियाले कतार जाने कामदारका हकमा पनि स्वास्थ्य परीक्षणमा सिन्डिकेट खडा गर्नकै लागि ठुला राजनीतिक शक्तिकेन्द्र धाइरहेको पाइएको…