मेलम्चीमा निःशुल्क स्तन क्यान्सर परीक्षण तथा हाडजोर्नी शिविर सम्पन्न

काठमाडौं – ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले सिन्धुपाल्चोकको मेलम्चीमा र एकदिने निःशुल्क स्तन क्यान्सर परीक्षण तथा हाडजोर्नी शिविर सम्पन्न गरेको छ । अस्पतालले संयुक्त अरब इमिरेट्सको नेपालस्थित राजदूतावास र सारजा च्यारिटी इन्टरनेशनलसँगको सहकार्यमा शिविर सञ्चालन गरेको थियो ।

शिविरमा हाड खिइने, जोर्नी दुख्ने र कतिपयमा ढाडको नसा च्यापिएर हुने समस्याहरु देखिएको, कतिपएको अप्रेशन बिग्रिएर र संक्रमण भएको समेत पाइएको अस्पतालका मेडिकल डाइरेक्टर तथा अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डेले बताए ।

त्यसैगरी, शिविरमा आएका महिलाहरुको स्तन क्यान्सरको परीक्षण गनुका साथै उनीहरुलाई हरेक महिना आफ्नो स्तनको परीक्षण आफैं गर्ने विधिबारे प्रशिक्षण दिएको अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. साधुराम पाण्डेले बताए । शिविरमा अस्पतालका मेडिकल डाइरेक्टर तथा अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डेको नेतृत्वमा अर्थोपेडिक सर्जनहरु डा. सुनित दाहाल, डा.रामकृष्ण दाहाल, डा. राम थापाको टोली सेवा दिएको  थियो भन्ने स्तन क्यान्सर रोग विशेषज्ञ डा. साधुराम पाण्डे र  डा. आबिस अधिकारीको टोलीले सेवा दिएको थियो । शिविरमा सिन्धुपाल्चोक आसपासका जिल्लाकाले समेत नि.शुल्क सेवा लिएका थिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *