कतार जाने कामदारमाथि सिन्डिकेट लगाउन बिचौलिया सक्रिय

काठमाडौ – सरकारले श्रम सम्झौता नवीकारण गर्ने लागेको देश कतार जाने कामदारको स्वास्थ्य परीक्षणका नाममा सिन्डिकेट लगाउन बिचौलिया सक्रिय भएको खुलासा भएको छ।

बिचौलियाले कतार जाने कामदारका हकमा पनि स्वास्थ्य परीक्षणमा सिन्डिकेट खडा गर्नकै लागि ठुला राजनीतिक शक्तिकेन्द्र धाइरहेको पाइएको छ।

तर सरकार भिसा सेन्टरका विपक्षमा रहेको बताइएको छ। भिसा सेन्टरले विगतमा मलेसियाको रोजगारीमा खडा भएको सिन्डिकेटकै समान संरचना खडा हुने भन्दै सरकार भिसा सेन्टरका विपक्षमा गएको हो।

श्रम सम्झौता पुनरवलोकनको प्रक्रिया चलिरहेको र शून्य लागतमा कामदार पठाउने विषयमा कतारसँग सरकारी स्तरमा छलफल चलिरहेका बेला भिसा सेन्टरका नाममा कुनै पनि संरचना मान्य नहुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ।

महाराजगञ्जमा भिसा सेन्टरको कार्यालय खडा गरी कतारले पनि मलेसिया जाने कामदारमाथि लगाइएको जस्तै सिन्डिकेट लगाउन चाहेको मन्त्रालयको बुझाइ छ। कतार जाने कामदारको सबै प्रक्रिया उक्त कार्यालयबाटै गर्ने भनेर कतारले भनिरहेका बेला श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोर्कण विष्टले आपत्ति जनाएपछि भिसा सेन्टरको प्रक्रिया श्रम नवीकरणपछि मात्र हुने गरी धकेलिएको छ।

श्रम नवीकरण नगरी कार्यालय खोल्न अमान्य हुने श्रम मन्त्रालयले धारणा राखेपछि यो प्रक्रिया रोकिएको छ। नेपालमा खोल्ने भनिएको उक्त भिसा सेन्टरमार्फत स्वास्थ्य परीक्षण्का नाममा सिन्डिकेट लगाउन व्यवसायी हेमजंग गुरुङ, भुषण राणालगायतका केही व्यक्ति सक्रिय रहेको बताइएको छ।

उनीहरुले सिंगापुरको एक आइटी कम्पनीसँग मिलेर स्वास्थ्य परीक्षणका लागि सिन्डिकेट खडा गर्ने दाउमा लागेका छन्। यसका लागि उनीहरु राजनीतिक शक्तिकेन्द्र धाउने र चलखेल गरी उक्त प्रक्रिया पार लगाएरै छाड्ने गरि लागि परेको स्रोतको भनाइ छ।

वैदेशिक रोजगारीमा जाने कामदार निःशुल्क हुनुपर्ने अडानमा सरकार छ। सरकार यो नीतिभन्दा बाहिरका कुनै पनि शर्तमा कामदार विदेश पठाउने पक्षमा नरहेको मन्त्रालयका सचिव महेश प्रसाद दाहालले बताए। मन्त्रालयलाई रोजगारीका नाममा सिन्डिकेट मान्य नहुने उनको तर्क छ।

मन्त्री विष्टले कतारसँग श्रम सम्झौता पुनरवलोकनपछि मात्र भिसा लगायतका प्रक्रिया सहज बनाउने र नेपाली कामदार शून्य लागतमा जाने ग्यारेन्टी भएपछि मात्र भिसा सेन्टर खोल्ने अडान लिएका छन्। त्यसपछि कतारको भिसा सेन्टर खोल्न काम केही समयका लागि रोकिएको पाइएको स्रोतको भनाइ छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *