‘ठग्स अफ हिन्दोस्तान’ फ्लप भएपछि दर्शकसँग आमिरले माफी मागे

काठमाडौ- अभिनेता आमिर खानले ‘ठग्स अफ हिन्दोस्तान’बाट दर्शकलाई निराश पारेकोमा पूर्ण जिम्मेवारी लिएका छन्। उनले दर्शकलाई फिल्मबाट मनोरञ्जन दिन नसकेको स्वीकार समेत गरेका छन्।

आमिरले भारतको एक स्क्रिप्ट प्रतियोगिताको पुरस्कार वितरण समारोहमा यस्तो बताएका हुन्।

दिपावलीमा रिलिज भएको फिल्मले ५० करोड भारूको कीर्तिमानी सुरूवाती व्यापार गरे पनि फिल्म त्यसपछि सोही शैलीमा वक्सअफिसमा ओरालो लागेको थियो। फिल्मको दर्शक र समीक्षक दुबैबाट नराम्रो आलोचना खेप्यो।

‘म त्यसको लागि पूरा जिम्मेवारी लिन चाहन्छु। हामीले सक्दो प्रयास गरेकोमा ढुक्क हुनुहोस्। फिल्मलाई मनपराउनेहरूलाई धन्यवाद छ। उनीहरूले मनपराइदिएकोमा खुशी छ तर त्यसरी मनपराउनेहरू थोरै थिए। बहुसंख्यक मानिसहरूले फिल्म मनपराएनन्, हामी त्यसका बारेमा सचेत छौं’, आमिरले भने, ‘त्यसकारण हामीले गलत गर्यौं त्यसमा कुनै शंका छैन्। म मनोरञ्जन लिन आएका दर्शकको अपेक्षा पूरा गर्न नसकेकोमा माफी माग्छु, भलै हामीले सक्दो प्रयास गरेका थियौं। त्यस्तो भएकोमा म नराम्रो महशुस गरिरहेको छु।’

फिल्मले पाउने प्रतिक्रियाको बारेमा सोधिएको प्रश्नमा आमिरले ‘म सार्वजनिक रूपमा यी चिजहरूका बारेमा बोल्न सहज भइरहेको छैन् । मेरो फिल्म मेरो बच्चा जस्तै हो। त्यसैले त्यसको असफलता मेरो पनि हो।’ भनेर जवाफ दिए।

त्यसैगरी फिल्म चीन रिलिजका बारेमा त्यहाँ दर्शक पनि उनी र उनको फिल्मका बारेमा उनीहराई लागेको कुरा भन्न स्वतन्त्र रहेको बताए।

फिल्म चीनमा आगामी महिना रिलिज हुँदैछ। ३०० करोड भारूमा बनेको फिल्मले ११ दिनमा १३९.४० करोड भारू मात्र कमाउन सकेको छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *