काङ्ग्रेसका कान्छा नेता राजु सुनारको देउसी भैलो गित

 

भैली/देउसी खेल्न आएका हामी
नाचौ गाऔं लाज नै नमानी

बर्ष दिनको चाहाना दिर्घायुको कामन
हामी देउसे भैलो बाट धेरै शुभकामना

पुर्खाजनको यो रिति, रमाइलो यो थिती
नाच्दै गाउँदै आयौं जोगाउँदै संस्कृति

जोर बत्ति पालैमा झिलिमिली रातैमा
डम्फू, मादल सारङ्गी र भाषा आफ्नो साथैमा

जोर कम्मर भाँचेर छमछमी नाचेर
दुख पीर भुलौ यहाँ भविष्यलाई साँचेर

सलसल बगिजाने छहराको त्यो खोला
नाचौ गाऔ हाँसौ खेलौ जिन्दगीको यो चोला

मरिलानु के छ र जिन्दगीको के भर
साथी सँगी नाचौ यहाँ पुरा गरौं रहर

बाँची रहौ नाची रहौ सधैं हामी यसरी
बर्षैपिच्छे लाउन पाउ सप्तरंगी केसरी

भैली/देउसी खेल्न आएका हामी
नाचौ गाऔं लाज नै नमानी

यसपालिको चाडले खुशियाली ल्याओस है
दुख, पिडा पिर-चिन्ता सदासदा जाओस् है

सुन, चाँदी, हिरा मोती असर्फिले भरियोस
यो घरमा लक्ष्मिले बास सदा गरियोस्

लेखून पढुन छोराछोरी बा-आमालाई सघाउन
पढी गुनि ठुलो बनी इज्जतलाई जोगाउन

टीका निधार जोर बत्ति नटुटोस है पालैमा
यसपालिलाई यत्ति रह्यो बाँकी अर्को सालमा

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *