राजनीति

विष्णु​​​​​​​ पौडेलको नेतृत्वमा एमाले सरकारमा जाने

काठमाडौं – एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सामेल हुने भएको छ । सोमबार शपथसँगै नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डले सानो आकारमा मन्त्रिपरिषद् बनाउने सम्भावना रहेकाले अध्यक्ष ओलीले पार्टीका तर्फबाट पौडेललाई सरकारको नेतृत्वमा पठाउने आन्तरिक तयारी गरेका हुन् । ‘उहाँ सम्भवतः उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालय…

प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोट बैठकको निर्णय

काठमाडौँ – एमाले लगायतका दलले नयाँ सत्ता समिकरण गर्दै माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको बैठकले दाहाललाई आधा कार्यकालका लागि प्रधानमन्त्रीको रुपमा अघि सारेको हो…

एमाले-माओवादी सहित चार दलको निर्णायक बैठक बालकोटमा सुरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित बालकोटमा चार दलबीच छलफल सुरु भएको छ । एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राईलगायतका…

कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी

काठमाडौं – नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा चुनिएका छन्। बुधबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको चुनावमा देउवा ६४ मत ल्याएर संसदीय दलको नेता चुनिएका हुन्। उनको प्रतिस्पर्धामा उत्रिएका कांग्रेस महामन्त्री एवं काठमाडौं-४ का सांसद गगन थापा…

कांग्रेस संसदीय दलको नेतामा सभापति देउवासँग महामन्त्री थापा भिड्ने

काठमाडौँ – नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ । दलको नेताका लागि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । बुधबार विहान ८ बजेदेखि १० बजेसम्म मतदानको…

माओवादी पदाधिकारी बैठक आज, यी हुन् बैठकका एजेण्डा

काठमाडौं – नयाँ सरकार गठनका लागि दलहरूबीच आन्तरिक गृहकार्य भइरहेका बेला नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ । माओवादी महासचिव देव गुरुङका अनुसार बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा सरकार गठन र संसदीय दलका…

दोलखाबाट प्रतिनिधिसभामा एमालेका सिवाकोटीलाई हराउँदै माओवादीका कार्की निर्वाचित

काठमाडौं – दोलखाबाट प्रतिनिधिसभा सदस्यमा गठवन्धनका उम्मेदवार   बनेका नेकपा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् । एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै कार्की दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । कार्कीले ३६ हजार नौ सय ९५ मत प्राप्त गर्दा…

प्रचण्डलाई देउवा र ओलीको पालैपालो फोन

काठमाडौंं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन् । बिहीबार फोन गरेका ओलीले चुनाव जितेकोमा बधाई दिएको प्रचण्डको सचिवालयले जनाएको छ । त्यसअघि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि…

चितवन–२ मा रवि लामिछाने ३४ हजार बढी मतान्तरले निर्वाचित

काठमाडौं – चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् । लामिछानेले ४९ हजार २६१ मत…

दाङ २ मा एमाले महासचिव शंकर पोख्रेललाई हराउँदै मा‌ओवादीकी रेखा शर्मा विजयी

काठमाडौं – दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवारसमेत रहेका महासचिव शंकर पोखरेल पराजित भएका छन्। यहाँ नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा निर्वाचित भएकी हुन्। शर्माले २५ हजार ७ सय ९७ मत ल्याएकी छन् भने पोखरेलले २५ हजार…