दोलखाबाट प्रतिनिधिसभामा एमालेका सिवाकोटीलाई हराउँदै माओवादीका कार्की निर्वाचित

काठमाडौं – दोलखाबाट प्रतिनिधिसभा सदस्यमा गठवन्धनका उम्मेदवार   बनेका नेकपा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् । एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै कार्की दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

कार्कीले ३६ हजार नौ सय ९५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी बालकृष्ण शिवाकोटीले ३६ हजार चार सय ७७ मत पाएका छन् । क्षेत्र नम्बर १ मा पछि परेका शिवाकोटीले क्षेत्र २ मा कार्कीको भन्दा राम्रो मत पाएपनि जित्न सकेनन् । उनलाई बैतेश्वर र तामाकोशीको भार घटाएर थप मत प्राप्त गर्न सकस भएको हो ।

प्रदेशसभातर्फ भने आइतवार नै क्षेत्र १ मा कांग्रेसका केन्द्रीय सदस्य कुण्दनराज काफ्ले र २ बाट एमालेका भरत केसी निर्वाचित भइसकेका छन् । काफ्लेले भारी मतान्तरले एमालेका नरबहादुर श्रेष्ठलाई पराजित गरेका छन् भने केसीले कांग्रेसका बर्मा लामालाई पछि पार्दै जित निकालेका हुन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *