आजबाट सञ्चालनमा आयो तातोपानी नाका

काठमाडौ – नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच यही असोज १३ गते तातोपानी नाका पुनःसञ्चालन गर्ने सहमति भएसँगै आजदेखि चिनियाँ सामग्री आउन शुरु गरेको छ । आज ११ कन्टेनर कपडा र कच्चा पदार्थ आएको छ । तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर…

प्रधानमन्त्री ओलिका राजनीतिक र प्रेस सल्लाहकारलाई कोरोना पुष्टि

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका दुई सल्लाहकारलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ । राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण भएको शनिबार पुष्टि भएको हो । दुबैले शुक्रबार स्वाब दिएका थिए ।

शनिबार थपिए २१२० कोरोना संक्रमित, २०४४ जना निको

काठमाडौं – पछिल्लो २४ घण्टामा २१२० थप जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ९७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये ११७७ जना उपत्यकाका छन् । काठमाडौंका १००१…

प्रचण्डको प्रतिबद्धता अनुसार चितवनमा बिकासको लहर

काठमाडौं – नेकपाका अध्यक्ष एवंम् चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा चितवनको विकास निर्माणका कार्यले गति लिएको छ ।चुुनावी प्रतिबद्धतापत्र अनुसार जिल्लामा विकासको लहर चलिरहेको छ । विकास र समृद्धिको नमुना चितवनबाट देशैभर फैलाउनले दावी…

उपत्यकामा १६ सय ३८ सहित शुक्रबार एकैदिन थपिए २ हजार ७२२ कोरोना संक्रमित

काठमाडौं – बितेको २४ घण्टामा देशभर थप २ हजार ७२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यससँगै देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ पुगेको जानकारी दिए । यस्तै…

ठेकेदार कम्पनीको मिलोमतोमा हुम्ला जिल्ला अस्पतालको बोलपत्र आब्हान

सिमकोट – जिल्ला अस्पताल हुम्लाको भवन निर्माण गर्न ठेकेदार कम्पनीको योग्यताको आधारमा बोलपत्र आब्हान गरेको पाइएको छ । भवन डिभिजन कार्यालय जुम्लाले गएको भदौं १९ गते प्रकाशित गरेको बोलपत्रमाफर्त कार्यालयले निश्चित ५ वटा निर्माण कम्पनीलाई जिम्मा दिने नियतले सार्वजनिक खरिद…

ओली–प्रचण्ड भेटवार्ता सकियो, शनिबार सचिवालय बैठक बोलाउने सहमति

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भेटवार्ता सकिएको छ । दुई नेताबीच झण्डै पौने घण्टामात्र भेटवार्ता भएको थियो । भेटवार्तामा दुई अध्यक्षबीच शनिबार चार बजे बस्ने गरी सचिवालय बैठक बोलाउने सहमति…

अमेरिकी राष्ट्रपति ट्रम्प र पत्नी मेलानियालाई कोरोना संक्रमण पुष्टि

ऎजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  र फर्स्ट लेडी मेलानिया ट्रम्पलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रपति ट्रम्पले यसबारे ट्वीट गर्दै आफू र मेलानियालाई कोरोनासंक्रमण पुष्टि भएको जानकारी दिएका हुन्  । यसअघि, ट्रम्पका सहयोगी होप हिक्सलाई बिहीबार राति…