प्रचण्डको प्रतिबद्धता अनुसार चितवनमा बिकासको लहर

काठमाडौं – नेकपाका अध्यक्ष एवंम् चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा चितवनको विकास निर्माणका कार्यले गति लिएको छ ।चुुनावी प्रतिबद्धतापत्र अनुसार जिल्लामा विकासको लहर चलिरहेको छ ।
विकास र समृद्धिको नमुना चितवनबाट देशैभर फैलाउनले दावी समेत गरेको पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डकै कारण यतिवेला चितवन पश्चिम क्षेत्रमा परेको अर्बौ बजेटकै कारण विकासको लहर तीव्र छ । उक्त अभियान अन्तर्गत विभिन्न चरणको काम भईरहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्डको निर्वाचन क्षेत्र माडीको रिउदेखी बगहीसम्म १५ किमी भन्दा बढी सडक कालोपत्रेको लागि बिनियोजित रकमबाट सडक निर्माणको काम द्रुत गतिमा जारी छ । बगहीदेखी बसन्तपुरसम्म सडकको करिब ८ किमी बेस निर्माण कार्य सम्पन्न भएको माडी नगरले जनाएको छ । दशै अगाडि नै कालोपत्रे गरिसक्ने निर्माण कम्पनीको दाबी छ । प्रचण्डको पहलमा रिङरोड, लिङ्करोड र प्रचण्ड मार्गका लागि २ अर्ब विनियोजन गरि काम जारी छ ।अध्यक्ष प्रचण्डले अव्यवस्थित बसोबास र सुकुमबासी समस्याको उचित समाधान गर्न सरकार गम्भीर भएर लागेको पनि बताए ।

यस्तै भरतपुर महानगरकि मेयर नमुना रेनु दाहालले ‘भरतपुर महानगरपालिका महत्वकांक्षी योजनाका साथ अगाडि बढिरहेको छ, ती योजनाहरुलाई सम्पन्न गर्न  अग्रसर भएर लागिरहेका बताइन् ।

प्रचण्डको पहलमा चितवनमा निम्न सडक निर्माणाधीन छ : 
१. महेन्द्रचोक तेलौली सडक खण्डमा १८ करोड ३३ लाख ४० हजार ९४ रुपैयाँ ।
२. मुक्तराज चोकदेखि भरतपुर महानगरको २५ नम्बर वडा कार्यालयसम्मको सडकखण्डका लागि २७ करोड ३५ लाख ७ सय ९८ रुपैयाँ ।
३ पुल्लरदेखि गंगा नगर विद्यालयसम्मको सडकखण्डका लागि ८ करोड २२ लाख ७८ हजार ५ सय ८८ रुपैयाँ ।
४. पारिजात चोकदेखि उज्वल नगर जंगल सिमानासम्मको सडकखण्डका लागि ११ करोड २३ लाख ७ सय ७८ रुपैयाँ ।
५. कैलाश चोकदेखि चनौली बजारसम्मको सडकखण्डका लागि ११ करोड १४ लाख ९१ हजार १५ रुपैयाँ ।
६. गोन्द्राङदेखि वडा नम्बर २२, २३ को सिमाना जोड्ने सडकखण्डका लागि २४ करोड ४ लाख १ हजार ४ सय ७८ रुपैयाँ ।
७. महेन्द्र चोक तेलौली सडकको प्रचण्डमार्ग पहिलोका लागि ३६ करोड ५९ लाख २१ हजार ५ सय १२ रुपैयाँ ।
८. महेन्द्र चोक तेलौली सडकको प्रचण्ड मार्ग दोश्रोका लागि ९ करोड ६९ लाख ११ हजार ४ सय ६६ रुपैयाँ ।
९. डेरिचोक पुल्लर सडक (अतिथि सडक) का लागि २ करोड ८७ लाख ६७ हजार ५ सय ३६ रुपैयाँ ।
१०. दियालो रोड (दुई नम्बरबाट ३ नम्बर जोड्नका लागि) ३ करोड ४२ लाख ७६ हजार ६ सय २ रुपैयाँ ।
११. पुलचोकदेखि राघाटसम्मको सडकका लागि १२ करोड १० लाख ५३ हजार ७ सय ७० रुपैयाँ ।
१२. शिवघाट, सुन्दर कुमारचोक, सापकोटा चोक हुँदै पकौडी रोडसम्मका लागि १६ करोड २३ लाख ९४ हजार ९ सय ९९ रुपैयाँ ।
१३. सहिद चोक, धर्मचोक हुँदै कचकचेसम्मको सडकका लागि १८ करोड ६३ लख ७९ हजार ७ सय ८१ रुपैयाँ ।

सडक डिभिजन मार्फत निर्माणाधीन सात सडक योजना
१. रामपुर-मेघौली सडक (१३ करोड)
२. भरतपुर ठोरी हुलाकी सडकको (पटेहानीदेखि जगतपुर पुल) सम्म (१० करोड ७२ लाख)
३. वडा नम्बर १४ को बरको बोटबाट प्रचण्डमार्ग जोड्ने सडक (५ करोड)
४. शितामाई सडक खण्ड (५ करोड ६३ लाख)
५. पकौडी विशालचोकदेखि प्रचण्डमार्ग जोड्ने सडक (१ करोड ५० लाख)
६. मदन स्मृति पार्क भरतपुर (१ करोड)
७. भरतपुर १६ शिवराम चोकदेखि जानकी चोकसम्मको सडक (१ करोड)
जंगलपारीको नगरपालिकाको रुपमा रहेको माडी नगरपालिकामा पनि प्रचण्डको पहलमा ९ वटा पुल निर्माण भइरहेका छन् ।

मुख्य राजमार्गमा पर्ने विभिन्न ९ वटा खोलामा ६४ करोड ११ लाख ३५ हजारको लागतमा पुल निर्माणाधीन छन् ।

माडीमा नै हुलाकी सडक खण्डअन्तर्गत २१ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेर १५ किलोमिटर सडकखण्ड निर्माण भइरहेको छ ।

प्रचण्डकाे पहलमा निर्माणाधीन पुलहरु 
१. पतरी खोला पुल, ३ करोड ८४ लाख २५ हजार
२. रिमाल खोला पुल, ३ करोड ६५ लाख ५४ हजार ७ सय ८६
३. बाँदरमुढे पुल,  ४ करोड ९१ लाख ८६ हजार ६ सय ८०
४. बगई पुल,  ९ करोड ३१ लाख ५८ हजार ९ सय ८१
५. मुगई पुल,  ७ करोड ३५ लाख २५ हजार ३ सय ८१
६. परवी पुल, ४ करोड ३६ लाख २५ हजार ४ सय १
७. धाँगर पुल, ९ करोड ५१ लाख ५२ हजार ६ सय ४८
८. टुनामुना पुल, ५ करोड ९८ लाख ५९ हजार ५ सय २६
९. रिउ पुल, १५ करोड १६ लाख ५१ हजार ६ सय ६३

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *