ओली–प्रचण्ड भेटवार्ता सकियो, शनिबार सचिवालय बैठक बोलाउने सहमति

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भेटवार्ता सकिएको छ । दुई नेताबीच झण्डै पौने घण्टामात्र भेटवार्ता भएको थियो । भेटवार्तामा दुई अध्यक्षबीच शनिबार चार बजे बस्ने गरी सचिवालय बैठक बोलाउने सहमति भएको छ ।

सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठन र राजदूत नियुक्तिबारे छलफल गर्ने नेकपा उच्च श्रोतले जनाएको छ । आजको भेटमा अध्यक्ष प्रचण्डले पार्टीमा छलफल नै नगरी राजदूत नियुक्ति गर्न सिफरिस गरेपछि पार्टीमा असन्तुष्टि बढ्न पुगेको भन्दै ओलीको ध्यानाकर्षण गराएका थिए । जवाफमा ओलीले लामो समय राजदूत पद खाली राख्दा राम्रो सन्देश नजाने भएकाले सिफारिस गर्नुपरेको जवाफ दिएका थिए ।

मन्त्रिपरिषद पुनर्गठनमा कुरा मिल्न नसकिरहेका बेला बिहीबार सरकारले पार्टीसँग छलफल र परामर्श नै नगरी तीन देशका राजदुत नियुक्तिका लागि सिफरिस र मुख्यसचिव नियुक्त गरेपछि नेताहरुमा फेरि खटपट सुरु भएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *