उपत्यकामा १६ सय ३८ सहित शुक्रबार एकैदिन थपिए २ हजार ७२२ कोरोना संक्रमित

काठमाडौं – बितेको २४ घण्टामा देशभर थप २ हजार ७२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यससँगै देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ पुगेको जानकारी दिए ।

यस्तै आज देशभर ९ हजार ४७४ संस्थागत आइसोलेशन  र ११ हजार ७६० जना होम आइसोलेशनमा रहेका छन् । यसैगरी बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १६ सय ३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं १२८०, ललितपुरमा १६२, र भक्तपुरमा १९६ गरी कुल १६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *