पार्टीमा बिधि र पद्धति स्थापित गर्न युवापुस्ता एकजुट हुनु आवश्यक छ

– अर्जुन पौडेल

राजनीति लाई नजिक बाट नियाल्दै गर्दा राजनीति समाज परिवर्तनको एउटा महत्वपूर्ण पाटो हो। र यसमा लागेको मानिस एउटा महत्त्व बोकेको मानिस हुन्छ भन्ने सोचेर राजनीतिक यात्रामा निरन्तर सहभागी भइयो ।

आफू भन्दामाथी समाजलाई हेरियो समाजलाई देखियो समाजका समस्या हेरियो एस्तै । स्कुल जीवन देखि हेर्दै र बुझ्दै अगाडि बढियो बुझ्न बाँकी कुरा समयको कालखण्डले बुझाउदै गयो । लामो समय एक सङ्गठनमा बसेर यस्तो विषयमा छ्लफल हुन्थ्यो बिचार बिमर्शहरु राख्न पाइन्थ्यो र राखिन्थ्यो त्यस्ता कुराहरू गर्दैगर्दा समाजमा देखिएका बिकृती बिसङ्गती हरुका बारेमा खुलेर बहस गरिन्थ्यो । राजनीति विषयमा खुलेर आफ्ना बिचारहरु राखिन्थ्यो र राखियो पनि।

जुन हदसम्म म सहिबाटोमा रहेछु भन्ने आत्माबल पनि पाइन्थ्यो ।बिधि, विचार र आदर्शको कुरा गरिन्थ्यो एउटा पार्टीभित्र चेनअफ कमान्ड हुन्थ्यो । त्यो भन्दामाथी जानूहुन्न भन्ने सामान्य कार्यकर्तासम्म सजक भएर बहस हुन्थ्यो । आज आएर नेपाली राजनीतिलाई नजिकबाट हेर्दा ती र त्यस्ता नेता कार्यकर्ताहरु एउटा बिधि र विचार माथी हुन् । राजनीतिमा अनुशासन हुन्छ र हुनुपर्छ, चेन अफ कमान्ड हुन्छ र मान्नु पर्छ भन्ने नेता कार्यकर्ता हरुलाई अहिलेको यो भद्रगोल अवस्थाले पक्कै ठुलो असर पुर्याएको छ ।

अझै केही गर्नुपर्छ भन्ने ब्यक्तिहरुको स्थिति के होला ? अब कता जालान ? के अब यो फोहोरी खेल हो भन्दै भाग्ने ? के यो परिपाटी सङ्गै मिलेर हिड्ने,लुट्ने अनि पेसामात्र बनाउने ? २/४ जना आसेपासे जम्मा गर्ने तिनैलाइ पार्टी मानेर हिड्ने ? आफ्नो भजन गाउने सिमित आसेपासेलाइ अघिपछि लगाएर पार्टी बनिहाल्छ भनेर हिँड्ने कि सबैलाई समेटेर खुल्ला मैदानमा बहस गर्दै विधि पद्धति र अनुशासनको घेराभित्र बाँधेर सबै नेता कार्यकर्तामा उर्जा भर्दै पार्टी र संगठनलाई अघि बढाउने भन्ने कुरा आज नेतृत्वले गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको छ ।

अहिलेकै जस्तो पार्टी र संगठनलाई भद्रगोल र लथालिङ्ग बनाएर सिमित समुह बटुलेर अघि बढ्ने हो भने पार्टीभित्रका इमानदार र आदर्श नेता कार्यकर्ता पलायन हुने ठुलो खतरा छ । पार्टीभित्र विधि पद्धति र अनुशासन हुनुपर्छ भनेर लाग्ने एउटा ठुलो नेता कार्यकर्ताको पंक्ति नेकपाभित्र छ अहिलेकै अवस्थाबाट अघि बढ्ने र तिनलाई पलायन हुनबाट नजोगाउने होभने त्यसले कम्युनिस्ट आन्दोलनमा नै ठुलो क्षति पुर्याउने निश्चित छ । त्यसैले राजनीतिलाई नजिकबाट बुझेका र राजनीतिमा लागेका युवा पुस्ताले पनि नहिच्किचाइ यसको नेतृत्व लिनुपर्ने देखिन्छ। युवापुस्ता एक भएर छलफल गर्ने, बहस गर्ने र नया सिद्धान्तको प्रतिपादन गर्ने जसले समाज परिवर्तनमा महत्त्वपूर्ण भुमिका खेलोस र अहिले चल्दै आएको राजनीतिक सँस्कारका बारेमा गम्भीर रुपले सोच्न बाध्य बनाओस र सुधार्नलाइ महत्त्वपूर्ण भुमिका खेलोस । माथी उठेका प्रश्नहरुको उत्तर खोज्न सहयोग मिलोस ।

युवा पुस्ताले बेलैमा सोचेर बहस नगर्ने र पहलकदमी नलिने अनि अहिलेकै परिपाटीले निरन्तरता पाउने होभने कहिले बन्छ समाज अनि राष्ट्र ? आउने पुस्ताले सिक्ने हामी बाट नै हो त्यसकारण हामी अनुकरणीय बन्न सक्यौं र भावी पुस्ताले हामिबाट राम्रो कुरा सिक्न सके भनेमात्र भोलिको गन्तव्य ठिक दिशामा जानसक्छ त्यसैले थोरै ढिला भएको छ समय गुज्रिसकेको छैन अब ढिला नगरी युवापुस्ता एकजुट हौ र पार्टी संगठनलाई स्वार्थ समुहको घेराबाट मुक्त गरौं । पार्टीलाई बिधि पद्धति र अनुशासनमा चलाउन नेतृत्वदायी भुमिका खेलौ नेतृत्वलाई झक्झकाउँदै अघि बढौ । भविष्य तपाई हाम्रै हातमा छ ।

लेखक पौडेल अनेरास्ववियू रसुवाका संयोजक हुन् 

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *