पेट्रोलियम पदार्थको मुल्यवृद्धि कर घटाएर भएपनि खारेज गर्नुपर्छ : युवा नेता बस्नेत

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का युवा नेता सुरेन्द्र बस्नेतले जनताको अभिभावक हुनुपर्ने दायित्ववाट विमुख भई पटकपटक पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेर सरकारले जनताको ढाड सेक्ने काम गरेको आरोप लगाएका छन्।

बस्नेतले सरकारले पेट्रोलियम पदार्थमा लगाएको चर्को कर घटाएर भएपनि जनतालाई राहत दिनुपर्ने वताएका छन्। उनलेे भनेका छन् -‘ निगम भित्रको चुवावट र भ्रष्टाचार नियन्त्रणदेखि लिएर आवश्यक परे कर छुट नै गरेर भएपनि सवैतिर प्रत्यक्ष प्रभाव पार्ने पेट्रोलियम पदार्थको मुल्यवृद्धि नियन्त्रणमा राख्नु आवश्यक छ।’

सरकार केवल नाफा नोक्सानको हिसाब मात्र गर्ने ब्यापारी हुन नसक्ने जिकिर गर्दै बस्नेतले भने – ‘ जनताको करमा वांचेको सरकार अभिभावकीय दायित्वबाट विमुख भई केवल नाफा नोक्सानको हिसाब गर्ने ब्यापारी मात्र हुन सक्दैन। ‘

बस्नेतले भनेका छन् – ‘ लामो लकडाउन , अत्यासलाग्दो कोभिड कहर र आर्थिक मन्दीले थलिएका जनतालाई पटकपटक पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेर चुलो चौकोमा प्रहार गर्ने काम निन्दनीय छ। ‘ उनलेे अबिलम्ब मुल्यवृद्धि फिर्ता गर्न माग गरेका छन्।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *