जुगल गाउँपालिका का अध्यक्ष उम्मेदवार रेशम स्याङ्बो को १० बुँदे प्रतिबद्धता

प्रिय जुगलबासी आमा बुबा दाजु भाइ तथा दिदिबहिनीहरु, नमस्कार ,लास्सो,फ्याफुल्ला,जोजोलोप्पा, टासिदेले ।
गाउँ गाउँ मा बिकास र समृधिको मुल फुटाउन ,आफ्नो भुगोल, आफ्नो सस्कृती,आफ्नो रितिरिवज र चाडपर्वको संरक्षण गर्न गाउँ गाउँ मा सिहदरबार भनेर स्थानीय सरकारको स्थापना भएको छ। जसको नीति उसको नेतृत्व हुनु जरुरी छ, स्थानीय सरकारको निति माओवादीको हो र नेतृत्व पनि यसैले गर्दा आवश्यक्ता अनुसारको प्रतिफल प्राप्त हुन्छ भन्ने बिस्वस्त छौ। थर बहादुर स्याङ्बो र कान्छीमाया दोङ को कोख बाट २० ३१ साल मा जुगल गाउपालिका को दुर्गम बस्ती गोल्चेमा जन्मिएको म रेशम स्याङ्बो ,सक्रिय राजनीतिमा भने दस बर्से जनयुद्ध र ६२/ ६३ पछिको जन आन्दोलन पछी माओवादीको गरिब,महिला, दलित, जनजाति पिछ्डा बर्गको समानुपातिक समाबेसी एजेन्डा बाट प्रभाबित भएर लागेपनी सामन्य् राजनीतिक चेतना भने ४६ साल को परिवर्तन सङ्गै रहेको थियो। पछिल्लो लामो समय देखी तामाङ् हरु को राष्ट्रिय सामाजिक संस्था नेपाल तामाङ् घेदुङ को सिन्धुपाल्चोक अध्य्क्ष्य रहदै आएकोले आम रूपमा पछाडी पारिएका र हेपियका भुइँमान्छेहरुको पिडामा सङ्सगै छु। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको तत्कालीन गोल्चे गा बि स को सह -सेक्रेटरी अध्यक्ष हुँदै ईलाका सदस्य ,पालिका अध्यक्ष सगै हाल जिल्ला समन्वय सदस्य पदमा रहेर काम गरेको लामो अनुभव छ। विभिन्न प्राकृतिक बिपत्त घटना सगै ब्यक्तिगत समस्याहरु मा पनि आम जुगलबासी सगै छौ । राजनीति सेवा कर्म हो भन्नेमा सदैब सचेत छु ,कुनै द्वुबिदा छैन्, हाम्रा गाउघरमा आमा बुवा हरुले भन्ने गर्नु हून्थ्यो ,भनी नसूनाउनु, गरी देखऊनू तेसैले म कम बोल्छु ,सक्ने बोल्छु ,धेरै गर्ने प्रयत्न गर्छु !

यहि मिति २०७९ साल बैशाख ३० गते हुने स्थानीय निर्वाचन मा नेकपा माओवादी केन्द्र र नेपाली कङ्ग्रेशको तर्फबाट जुगल गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारि पेस गरे सगै, सत्ता लिप्सा,अस्तिरता, प्रतिगमन ,भ्रष्टचार,ब्याक्तीबादी चिन्तन र असहिष्णु ब्यबहार लाई परास्त गर्दै ,”समृध जुगल हाम्रो अभियान ,समाजवाद उन्मुख समृद्दिका लागि स्थानिय सरकार भन्ने मुल मर्मलाई आत्मासाथ गर्दै !
१) सडक ,खानेपानी लगायत आधारभूत पुर्बधारको स्थायित्व गर्न,
२) जुगल को पानी जुगलकै लगानीभन्ने नारालाई कार्यन्वयन गर्न,
३) पर्यटन बिकासको लाई जुगल हिमाल आरोहण सगै नेपेमासाल को प्रबर्द्धन गर्न,
४)स्थानीय पाठ्यक्रम निर्माण गरि मातृभाशामा आधारभुत शिक्षा प्रदान गर्न,
४) वैदेशिक पलायन रोकि स्थानीय स्तरमै स्वरोजगार हुने अबसर शृजना गर्न,
५)आधारभुत स्वास्थ सेवा निसुल्क प्रभाबकारी र सर्बब्यापी पहुँच स्थापना गर्न,
६) पर्यावरण संरक्षणका लागि प्राकृतिक र जैविक बाताबरण प्रतिकुल हुने कुनैपनि क्रियाकलाप रोगी बाताबरण संरक्षण गर्न ,
७)धार्मिक स्थल मठ मन्दिर,चर्च र गुम्बाको संरक्षण र बिकास गर्न,
८)कृषि उत्पादकत्व वृद्धि गर्न आवश्यक कार्य गर्न ।
९) निशुल्क ब्याबहारिक र प्राबिधिक शिक्षा लाई कार्यान्वयन गरि प्रभाकारी बनाउन,
१०) मजदुर ,किसान ,महिला ,दलित,जनजाति र पिछडा बर्गको अधिकार संरक्षण गर्न,

गोलाकार भित्रको हसिया हथौड़ा मा मतदान गरि म लगायत गठबन्धन उम्मेदवार लाई बिजयी गराउन सम्पुर्णमा हार्दिक अपिल गर्दछु।
रेशम स्याङ्बो
गाउँपालिका अध्यक्ष पदको उम्मेदवार भनिन्छ् असफलता नै, सफलता को प्रतिक हो ! यो मेरो दोश्रो प्रयास हो शासक हैन सेवक बन्न चाहन्छु ! बाँकी सबै तपाईं जुगल बाशी को जिम्मा , धन्यवाद !!! रेशम स्याङ्बो 

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *