कविता : सहयात्री

-मिना श्रेष्ठ (सबि)

तिमी मेरै लागि
जन्मिएकी थियौ
यो धर्तिमा।
भगवान ले पनि
मेरै लागि बनाइ
दिएका रहेछन्
जति बेला।
दु:खको महसुस हुन्छ
तिम्रो अनुहार सम्झन्छु
दु:ख बाट थोरै
सहज भए झै लाग्छ।

हो
मैले चालेका पाइला
सगै तिम्रा पनि चालिरहेको छौ
साथमा साथ हातमा हात
आँसुमा आँसु
हाँसोमा हाँसो
सबै सबै
तेहि भएर त
म तिम्रो
पछिपछि लागिरहन्छु
हरपल हरक्ष्ण
तिमीले नदेख्दा पनि
तिम्रै साथमा हुन्छु

तर
तिमीले नदेखेको पनि त
हुन सक्छ नि मलाई
जहाँ जहाँ तिमी हुन्छौ
त्यही त्यही म पुग्छु
म एक्लो महसुस
कहिले गर्दिन
किनकी
तिम्रो माया मेरो साथमा छ

तेसैले
मेरो जिबनमा तिमी
सहयात्री बनेर
हिडिरहेको छौ
तेसैले म एक्लो
कहिले हुने
छैन।।।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *