कविता : समस्या र समाधान

-प्रकाश अधिकारी 

जहाँ समस्या
त्यहाँ समाधान हुन्छ
जहाँ इच्छा
त्यहाँ उपाय हुन्छ
समस्या खोज्दै आउँछ
समाधान
खोजेर ल्याउँनुपर्छ
बिना समस्या
समाधान हुँदैन ।।

समस्याले सिकाएको
समाधान सिक्दैँछौँ ,
तपाईं र मलाई पनि ।

घर भित्रै
कक्षा कोठा बनाएर
अनलाइन र टि. भीका
भित्ताहरुबाट
समाधानका
केही अंशहरू
खोजिरहेछौँ
जहाँ न तपाईं
दक्ष हुनुहुन्छ
न मनै दक्ष छु ।

मृत्यु पर्यन्त आखिरी
सिकिरहने हो
समयले के – के सिकाउँछ
सजिलो त सजिलो छँदैछ
अफ्ठ्याराहरुमा
समाधान खोज्नु पर्छ
रहर हुँदैन कसैलाई
समस्या बोकेर हिँड्न ।।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *